चन्द्र प्रभात राई
मेरो कल्पनामा अबको नेपाल
कोरिया-एकै नासे होचा होचा घरहरु, घरको अगाडी सुन्दर फुलको बगैंचा ।घर भित्र एउटै मात्र सुन्दर परिवार ।चौबिसै घन्टा बिजुली बत्ती अनि पानी ,इन्टरनेट्को सुबिधा, फोनको त कुरै नगरौं हात हातमा स्मार्ट फोन । यो बस्ती भन्दा अलि टाढा अग्ला अग्ला घरहरु तर सबै भुकम्प निरोधित ।त्यहाँ पनि चौबिसै घन्टा बिजुली बत्ती र पानी अनि त्यो बिशाल भवन भित्र काम गर्ने मान्छेहरु अति ब्यस्त ।मानौं यि मान्छेहरु कहिल्यै काम गरेर थाक्दैनन् । धेरै फराकिलो दुर्इ तल्ले सडक गाडिको उस्तै चाप तरपनि टिंटिं र ट्वांट्वां हर्नको आवाज कतै नसुनिने । मान्छेहरु सडककोफुर्सदमा