उपेन्द्र सुब्बा
मान्छे र घाम
अंकुसेले तानी झारेर घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम ओई घाम, अलिक चाँडो हिँड्! मलाई तेरो रापले भत्भती पोल्यो। बिहान उदायो बेलुका अस्तायो रातभर हरायो तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र? तँ पो सधैँ एकै दिशा हिँड्छस् र पो सजिलो होला तेरो यात्रा तेरो त राजमार्गको यात्रा छ मान्छेले त आफ्नो बाटो आफै बनाउँदै हिँड्नुपर्छ। मेरो त जति बनाउँदै जान्छु उति मेटिँदै आउँछ बाटो ओई घाम, म थाकेको छु हारेको छु बाटोसँग मैले आशा मारेर मेरो सपनाको चिहान नजिकै गाँडे सत्य हो नपत्याए हेर मेरो नङको चेपचेपमाफुर्सदमा