तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चलचित्र “जारी” सुवन शो बाट साढे छयालीस लाख कोरियन वोन भन्दा बढी वचत

वन्जु मुन्माक मैत्री समाजद्धारा २०२३ मे २१ तारिक प्रदर्शन गरिएको ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोको आय व्यय सार्वजानिक गरिएको छ । समाजले ख्वाउन्दो क्षेत्रको वन्जु मुन्माक क्षेत्रबाट करिब दुई घण्टाको बाटो तय गर्दै सुवन सहर स्थित एक सुविधा सम्पन्न हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । सन् २०२२ मा स्थापना भएको समाजले आफ्नो शुरुवाती संस्थागत कार्यक्रम अन्तर्गत चुनौती मोल्दै चलचित्र प्रदर्शनको निम्ति जुटेको समाजका अध्यक्ष विष्णु खत्रीलेफुर्सदमा
तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमाफुर्सदमा
वन्जु मुन्माक मैत्री समाज मार्फत् दुई बिरामीले पाए डेढ लाख रुपैयाँ भन्दा बढीको सहयोग

कोरियामा रहेका उपचारार्थ दुई बिरामीहरु पार्वती तामाङ र लाल बहादुर बोहरा (प्रतिक) ले राहत र सान्तवना स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् । कोरियामा स्थापित नेपालीहरुको साझा संस्था वन्जु मुन्माक मैत्री समाजले आर्थिक सङ्कलन अभियान मार्फत् उठेको १६ लाख २४ हजार १ सय ५७ कोरियन वोन (डेढ लाख रुपैयाँ भन्दा बढी) दुई बिरामीलाई आधा आधा हुने गरी सहयोग प्रदान गरेको हो । समाजले आर्थिक सङ्कलनको लागि विज्ञप्ति जारी गर्दै सहयोगकोफुर्सदमा
कोरियामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब सम्पन्न

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दो आसानको युवोन युनिभर्सिटीमा आईतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा श्रीलंका बौद्धधर्म महासंघ प्रमुख धर्मगुरू माकुलेवी विमला महानायके थेरोको प्रमुख आतिथ्यता सहित विभिन्न देशका बौद्धधर्म गुरू, हजारौंको संङख्यामा बौद्ध धर्मलम्बीहरूको उपस्थिती रहेको आयोजक संस्थाका सदस्य तथा थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९फुर्सदमा
सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न भएको छ । आईतवार ख्याङ्नाममा भएको उक्त अधिवेशन बाट अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित भएको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम समाजका अध्यक्ष देव सागरको सभापतित्वमा भएको थियो भने कार्यक्रमफुर्सदमा
एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल

कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट हरि खनाल अध्यक्षमा चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष आरती हेल्मो, उपाध्यक्ष हेम पाठक, हर्क बिष्ट र मनोज कुमार सुबेदी रहेका छन् । त्यस्तै महासचिव दीपक थापा मगर, सचिव आवि (दीपक)थापा, कोषाध्यक्ष हरि थापा रहेका छन् । त्यस्तै सदस्य सिर्जना लिम्वु र दिलु गुरुङ रहेका छन् । कोरियाको पुरानो मध्येकोफुर्सदमा
नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया (नेफिन)को विशेष अधिवेशन यही मे २८ तारिख आइतबारका दिन हुने भएकाे छ । विशेष कारणले समय अगाडी नै हुन लागेकाे यस अधिवेशन राजधानी सउलकाे सदेमुनमा हुने जानकारी महासंघका महासचिव प्रीतम लिम्बुले दिएका हुन । “वर्तमान कार्यसमितिका अध्यक्षा नेपाल फर्किसकेका कारण संस्थाले गर्नुपर्ने गतिविधिहरू उचित रूपमा गर्न नपाएकाले विशेष अधिवेशन गर्नु परेकाे हाे ।” महासचिव लिम्बुले फाेनिज काेरियालाई बताए । साथै गर्नु पर्ने सम्पुर्ण तयारीफुर्सदमा
२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौंफुर्सदमा
सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ) दक्षिण कोरियाले “२५६७औं बुद्धजयन्ती” मे २८ तारिख आईतबार मनाउने भएको छ । बौद्ध धर्मको लामो समय अध्ययन गर्नुभएका धर्मगुरू लोपोन पेमा छिरिङले कार्यक्रममा बुद्ध दर्शन बारे प्रवचन गर्ने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकैफुर्सदमा
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने

कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २० शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविधफुर्सदमा