नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया (नेफिन)को विशेष अधिवेशन यही मे २८ तारिख आइतबारका दिन हुने भएकाे छ । विशेष कारणले समय अगाडी नै हुन लागेकाे यस अधिवेशन राजधानी सउलकाे सदेमुनमा हुने जानकारी महासंघका महासचिव प्रीतम लिम्बुले दिएका हुन ।
“वर्तमान कार्यसमितिका अध्यक्षा नेपाल फर्किसकेका कारण संस्थाले गर्नुपर्ने गतिविधिहरू उचित रूपमा गर्न नपाएकाले विशेष अधिवेशन गर्नु परेकाे हाे ।” महासचिव लिम्बुले फाेनिज काेरियालाई बताए । साथै गर्नु पर्ने सम्पुर्ण तयारी समेत गरिसकेकाे जनाएकाे छ ।
नेफिन कोरिया यहाँ रहेका बिभिन्न जातिय संस्थाहरूकाे छाता संस्था हो । जातिय संस्थाहरुले गर्ने सबै कामहरूमा महासंघकाे सकृय भूमिका रहाँदै आएको छ । यसकाे स्थापना सन् २०८ मा भएकाे हाे ।
यस विशेष अधिवेशनमा यहाँ रहेका सम्पुर्ण जातिय संस्थाहरूका प्रतिनिधि र काेरियामा रहेका सम्पुर्ण आदिवासी जनजातिहरूलाई उपस्थित भई सफल पारिदिन नेफिन काेरियाले अनुराेध गरेकाे ।