तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
राजनिती सकस (कविता )

कता हो जेली काता हो गाठि राजनितिक गिद्दिको रेसाहरु यो अकरे पहाड चढ्नु गाह्रो छ लुलो पाउ कच्चा दिमाग र कमजोर आत्मालाई उछाल कताबाट कता बटारिन्छ कहिले कही त यो हुन्डरिको बेग देखी पनि उदेक लाग्छ कोहिलाई पछुतो कोहिलाई अछुतो वैधता र अपनत्व नभएपछी न तालु समाएर घोप्टिनु न त आकाश हेर्नु मौरिको राना छुटिएर दुई घार भएपछि छिट्पुट अलमलिएर भित्तामा टासिएर तालु जोतिरहेछ तोरी फूल्ने फाटहोईन राजनिती मैदान जहाँफुर्सदमा
मद्वारा मेरो निर्माण (कविता)

चेतना- बन्जरताले ढाकेको छ मानव -सम्पूर्णता खोज्छ युगले थिचेर ईतिहासले ढाकेर समयले चेप्टाएर सभ्यताले छोपिएर आफ्नै मष्तिकको गुलामीले थिचिएको छु,आफै भित्र पुरिएको छु, हिऊदको बदल भएको छु अनादी समयको राजदुत भएको छु सागुरो,चेप्टो, बिभाजित छन् आकाश स्वास फेर्न, पैताल राख्नै गाह्रो छ अन्ततोगत्व- मुश्लीहरूले हिर्काएर दुम्सीका काडाहरू छेडेर भगाऊनु छ,मा..थि माथिसम्म आकाश विशाल र स्वतन्त्र फराकिलो बनाऊनु छ तस्तरी नै सागुरो छन् हामीले हिड्को बाटो वासाडं् भिरेर तिन तियाली तिनफुर्सदमा
आदिवासी जनजाति साहित्यकार महासंघको कोरिया तदर्थ समिति गठन

विश्वभरी छरिएर रहेका नेपाली आदिवासी जनजाति मुलका साहित्यीक सर्जकहरुलाई समेटेर आदिवासी जनजाति साहित्यकार महासंघ, तदर्थ अन्तराष्ट्रिय समिति, दक्षिण कोरिया गठान गरिएको छ । आइतबार आदिवासी जनजाति साहित्यकार महासंघ नेपालका संयोजक सहित्यकार राजन मुकारुइ०को उपस्थितीमा सम्पन्न जुम भेलाले समितिको घोषणा गरिएको हो । नेपालको आदिवासी जनजाति सहित्यकारहरुको साझा संस्थाकोरुपमा रहेको सो समितिले आदिवासी जनजातिको इतिहासलाई उजागर गर्दै भाषा, कला, सौन्दर्य र मौलिक दर्शनलाई संरक्षण र सम्बर्धन गरी आफ्नो मुल्य र मान्यतालाईफुर्सदमा
अनेसास कोरियाले मुक्तक मेला गरी प्रणय दिवस मनाए

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरीयाले फेब्रवरी १४ तारिख प्रणय दिवसको अवसरमा अनलाईन मुक्तक मेला गरी मनाए । जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, जापान, नेपाल र कोरियाका स्रष्टाहरूले विशेष वाचकको रूपमा आआफ्ना प्रेमिल मुक्तकहरू वाचन गरेका थिए। मुक्तक प्रतिष्ठानका पूर्व अध्यक्ष रामचन्द्र शर्मा अतिथि रहनु भएको सो कार्यक्रममा सकुन ज्ञवाली,सुनिल संगम, युवराज भण्डारी, के। बि पारखी, अमृत भट्टराई, रेहित सैजु ु विकल्पु, भोजराज घोडासैनी, सुशीलफुर्सदमा
सजीव विम्बहरुको थुप्रो – “आमाको तासफोटो “

तास फोटो आहा! आज भन्दा कम्तिमा पनि डेढ दशक अघि कति ठूलो महत्त्व थियो । कति ठूलो प्रयाय थियो यादहरु संगाल्न । प्राय घर घरको सिकुवाहरु लस्करै झुण्डिएका तास फोटोको फ्रेमहरु ले सानो तिनो ग्यालरी लाग्थे । प्रत्येकको पर्स भित्रका साईड पकेटहरु मा एक दुई तास फोटो जरूर भेटिन्थ्यो । यिनै तास फोटोमा अल्झिएको याद बोकेर नेपाली साहित्यको आँगनीमा टुप्लुक्क हाजिर भएकी छिन् कवि सुष्मा रानाहमा । आँगनीमा भर्खर उनलेफुर्सदमा
“आमाको तासफोटो” र “छकालै” दुई कृतिको संयुक्त लोकार्पण सम्पन्न

इतर अभियान्ता कवि सुष्मा रानाहँमाको कविता संग्रह “आमाको तासफोटो” र कवि एवम् कथाकार दिपा मेवाहाङ राई सम्मिलित “छकालै” (२० श्रष्टाका संयुक्त कथा संग्रह) कोरियामा लोकार्पण सम्पन्न भएको छ। कोरोना महामारीको समयमा सामाजिक दूरी कायम गर्दै जनवरी २४ का दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम गरिएको थियो। लोकार्पण समारोहमा कवि सेसेफुङ सेर्मा र कवि शकुन “आँशु” वक्ताको रुपमा उपस्थित भएका थिए। पुस्तकमाथी विचार राख्दै कवि सेर्माले आमाको तासफोटोभित्र मायाफुर्सदमा
गरिमालाई चिट्ठी – पत्र साहित्य

गरिमा, सम्बोधन बिना नै लेखन सुरु । खासै के भन्ने समय आफ्नै रफ्तारमा चलिनै रहेको छ । चाहेर वा नचाहेर पनि । रोक्न र छेक्न सकिने अबस्था पनि छैन । आराम बिरामको कुरा के भन्नु यस्तै नै छ चलिरहेको जसो तसो । मैले बिगत झण्डै दुई महिना देखि सोचि राखेको कुरा भनेको एउटै हो के भएछ कुन्नि गल्ति ? उत्तर त अहिले पनि ठम्याउन सकेको छैन । जेहोस केही नफुर्सदमा
भोकसँग युद्ध

जब मैले भोकको भाषा बुझ्छु भन्ने लाग्यो मेरि आमाले एकदिन भन्नू भो- बाबू तँ जन्मिदा मैले पेटभरी खान सम्म पाएको थिँइन आधा पेट खाएरै हुर्काएको हुँ तँलाई लामो दुस्मनी छ भोकसँग मेरो आमाको आफ्नो दुष्मनसँग कुनै प्रतिरोध नगरेको देखेपछी फेरि भन्नुभो आमाले बारम्बार भनिरहनुभयो त्यसपछी- कान्छा- मैले भोकसँग लाप्पा खेलेरै यत्रो बनाएँ तँलाई हृदय भत्किएर बाँकि थिएन कुनै भग्नावशेष र पनि नयनका आलीहरु थाम्ने कोसिस गर्दै भनेँ- आमा- तपाईंको दुस्मनसँगफुर्सदमा
समिर बमजनका तीन गजलहरू – वाचन सहित (भिडियो)

गजल -१ सोच्छु यो सबथोक के के ले सिकाउछ यस्तो लाग्दैन मान्छेलाइ मान्छेले सिकाउछ । कर्ममा भन्दा भाग्यमा साधना गर्नेहरुले अर्थ लगाउँछ जिन्दगी भाग्यले सिकाउछ बिचार भन्दा हतियार ठुलो त्यो बेला भैदिन्छ भोको पेट नाङ्गो शरीर र समयले सिकाउछ चुनाबमा जानु अघि सिक्नु के हो देशप्रेम रातदिन खाडिमा पसिना बेच्नेले सिकाउछ । गजल – २ निरंकुश सामन्तीहरुको अत्याचार देखेपछी शोषण दमन र अन्याय बारम्बार देखेपछी किर्ते छाप म लाउदिन भनीफुर्सदमा
अनेसासको केन्द्रीय निर्वाचनमा कोरियाबाट कवि सारंगको उम्मेदवारी

सउल । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)को अधिवेशनमा कवि तथा गीतकार प्रमोद सारंगले उम्मेदवारी दिएका छन। विगत दुई दशकदेखि नेपाली भाषा साहित्य र सङ्गीतको उन्नयनमा उल्लेखनीय योगदान दिएका उम्मेदवार सारंगले विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका छन । अनेसास केन्द्रीय कार्यसमितिको चुनाव नजिकिदै गर्दा सदस्य पदका उम्मेदवार प्रमोद सारंगको जीत निश्चितप्राय: देखिएको अनेसास कोरियाले जनाएको छ । उनको उम्मेदवारीको पक्षमा तीब्र पारिएको प्रचारप्रसार र उनको छविलाई आ’क