राजनिती सकस (कविता )
कता हो जेली काता हो गाठि
राजनितिक गिद्दिको रेसाहरु
यो अकरे पहाड चढ्नु गाह्रो छ
लुलो पाउ कच्चा दिमाग र कमजोर आत्मालाई
उछाल कताबाट कता बटारिन्छ
कहिले कही त यो हुन्डरिको बेग देखी पनि उदेक लाग्छ
कोहिलाई पछुतो कोहिलाई अछुतो
वैधता र अपनत्व नभएपछी
न तालु समाएर घोप्टिनु न त आकाश हेर्नु
मौरिको राना छुटिएर दुई घार भएपछि
छिट्पुट अलमलिएर भित्तामा टासिएर तालु जोतिरहेछ
तोरी फूल्ने फाटहोईन राजनिती मैदान जहाँ सधै रस पाउने
कहिले तातिन्छ सदन कहिले सडक
कहिले न्यायलय कहिले मष्तिस्क
बिछ्ट्टै रमाईलो लाग्छ होला यो घोप्टो आकाशलाई
झेल हुन्छ खेल हुन्छ
राजनिती हो दुरदर्शिता र नैतिकत्ता नभए फेल हुन्छ
ति हिमाल कति इमान्दारी छ आखाँ अगाडि
पहाडहरु कती अडिग छ छेउछाउमा
रा- रातो रगत
ज- जलन आत्मा
नि- नितान्त अडिग
ति- तिक्खर आखाँ
स- सजिलो छैन
क- कर्कस सहेर
स- सपार्नु दुनिया