Advertisement
SKIP THIS

समिर बमजनका तीन गजलहरू – वाचन सहित (भिडियो)


गजल -१

सोच्छु यो सबथोक के के ले सिकाउछ
यस्तो लाग्दैन मान्छेलाइ मान्छेले सिकाउछ ।

कर्ममा भन्दा भाग्यमा साधना गर्नेहरुले
अर्थ लगाउँछ जिन्दगी भाग्यले सिकाउछ

बिचार भन्दा हतियार ठुलो त्यो बेला भैदिन्छ
भोको पेट नाङ्गो शरीर र समयले सिकाउछ

चुनाबमा जानु अघि सिक्नु के हो देशप्रेम
रातदिन खाडिमा पसिना बेच्नेले सिकाउछ ।

गजल – २

निरंकुश सामन्तीहरुको अत्याचार देखेपछी
शोषण दमन र अन्याय बारम्बार देखेपछी

किर्ते छाप म लाउदिन भनी बस्नुहुन्थ्यो बा
केही सीप चलेन अगाडि हतियार देखेपछि

सहज थिएन त्यो बाटोहरु मुक्ती या मृत्युको
होमिएको हु खोसिएको अधिकार देखेपछी

युद्दमैदानमा जब निशाना घुमाउछ सिपाही
आफै दुश्मनको भाषा बोल्ने गद्दार देखेपछी

मेरो सरकार छ जस्तो लाग्दैन अचेल मलाइ
हातमा राहधानी र बालुवाको संसार देखेपछी

गजल-३

सरकार आफ्नै सुरमा छ आफ्नै तालमा छ
भएन देश बिकाश जनता कुन हालमा छ

भोक तिर्खाले पनि यसरी बर्ग छुट्ट्याइदिन्छ
कुनैको टपरी त कुनै सुनको थालमा छ

युद्द जसले जोसंग गरेपनी मर्ने गरिब नै हो
शोषणको नशा शासकको खाल बगालमा छ

सन्चो बिसन्चो के छ भनी सोध्ने त आमा मात्रै हुन
अरु सबै कति कमायो भन्ने सवालमा छ

के सोचेन यो पर्देशिले पर्देश आएपछी
यो शरीर बाहेक अरु सप्पै नेपालमा छ

भिडियाे 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...