तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
गजल
हजारौंको भिडमा तिमी लाई चुन्न मन लाग्यो तिम्रो माया फुल बनाई माला ऊन्न मन लाग्यो । जवानीले तिम्रो शरिर चुम्न लाई खोजे पछि कोमल अंग छोप्ने तिम्रो लुगा बुन्न मन लाग्यो । मेरो माया सम्झीएर एकोहोरो टोलाई रह्दा ढुकढुक भएको मुटु तिम्रो सुन्न मन लाग्यो । पूणिमाको गोधूलिमा लट्ठ पर्दै तिमी आउदा अंगालो बांधिएर सड़्गै तारा गुन्न मन लाग्यो । हाम्रो मायामा ईर्ष्या गरी कुरा काट्नेफुर्सदमा
हिऊं झरेको रात (कविता/हिऊं साहित्य)
चिसो सिरेटो थाम्न नसकी पतझड ती रूखका डाली डालीहरुमा आरुबखडाका रहरलाग्दा फुलहरु झै यसपाली एकाबिहानै आफ्नै खुशी फुलेझै लाग्यो ओ मेरी हिऊंगोरी मायालु हिऊं झरेको रात तिमी तेतिबेला आईसकिछौ जुन समय दिनभर आल्मुनियमको तातो भट्टिमा गल्दा गल्दै म त थाकेर ठोस बनिसकेको थिएं बाटैभरि सेताम्य ती हिमकणहरूमा तिम्रै मात्र प्रतिबिम्ब देखें प्रिय अनि मायालु स्पर्शले अन्जुली भर्दा मेरो सामिप्यतामा तिमी लजाए जस्तै केहि भन्न खोजे झै कान छेउ बाट सुईय्यsssगरिफुर्सदमा
(भुकम्प गजल) न राहात दियो सरकारले न घर बनायो ।
हेर्दा हेर्दै मेरो शहर खण्डहर बनायो । न राहात दियो सरकारले न घर बनायो । एउटा थियो धरोहरा त्यो पनी लडेपछि । बिपति ले यो काठमाण्डौ बर्बर बनायो । सिउँदो पुछियो कयौको कयौ टुहुरा भए । छिनमै हजारौ लाशको लश्कर बनायो । पाइला पाइलामा मृतुले खोजिरहदो रहेछ । कस्ले भुकम्प रच्यो कस्ले अजिंगर बनायो । सोचे जस्तो त कहा तकदिर हुदोरहेछ र । मलाई जीबन रफुर्सदमा
“कविताको हत्या “
बुद्धि मोक्तान -ताप्लेजुङ हाल अमेरिका “कविताको हत्या ” ————————- मनको मैदानबाट मुल फुटेको भए शायद, त्यो कविता हुन्थ्यो यहाँ त , मस्तिष्क खर्चेर ओठबाट जबर्जस्ती कविताको निर्माण गर्न खोजियो र त महासय ! कविताको हत्या यही भयो । उकाली उक्लेका र शीखर चढेका कबिता लेख्ने मसी बेहिसाब तप्प तप्प रगत भै सडकमा चुहिन्छ, रगतको लत्पत्याइ पछ्याऔ बाटो पैल्याऔ अलिपर सगरमाथाको आँगन भरी मेचीकालीको मान्द्रोमा पोखिएकाछन् समस्याको विस्कुन छरिएकाछन् इन्धनकोफुर्सदमा
"कविताको हत्या "
बुद्धि मोक्तान -ताप्लेजुङ हाल अमेरिका “कविताको हत्या ” ————————- मनको मैदानबाट मुल फुटेको भए शायद, त्यो कविता हुन्थ्यो यहाँ त , मस्तिष्क खर्चेर ओठबाट जबर्जस्ती कविताको निर्माण गर्न खोजियो र त महासय ! कविताको हत्या यही भयो । उकाली उक्लेका र शीखर चढेका कबिता लेख्ने मसी बेहिसाब तप्प तप्प रगत भै सडकमा चुहिन्छ, रगतको लत्पत्याइ पछ्याऔ बाटो पैल्याऔ अलिपर सगरमाथाको आँगन भरी मेचीकालीको मान्द्रोमा पोखिएकाछन् समस्याको विस्कुन छरिएकाछन् इन्धनकोफुर्सदमा
हामिले कहिले झुकेनौ, झुक्नुहुन्न स्वाभिमानी बेचेर (गजल)
हामिले कहिले झुकेनौ, झुक्नुहुन्न स्वाभिमानी बेचेर । बरु बाँचुन सन्तती इतिहासको कहानी बेचेर । मात्र आयु नाघ्न नसकेका वृद्धश्रमका बा-आमा । ब्यथै हुर्काएछौ लालाबाला ,जिन्दगानी बेचेर । अरबमा मरेकाहरुको रगत पसिनाको सिंहसनमा बसेर । अन्धो सरकार मुस्कुराउछ ,राहदानी बेचेर । जसले देशको निम्ति प्राणको बलिदान दिएर गए । ती सपुतहरुको सम्मान गरिन्छ ,खरानी बेचेर । चुहिने छानो चुहिनै रह्यो ,प्रवासमा श्रीमान ।फुर्सदमा
कसैलाई फुलको बाटो मलाई भिर कस्ले बनायो ? – गजल
सिजन लामा (सोइसाल) गजल सोच्दै नसोचेको मेरो तक्दीर कस्ले बनायो । कसैलाई फुलको बाटो मलाई भिर कस्ले बनायो । करेसाको फुलबारीमा पनी किन यति असमानता । मलाई गरिब उसलाई झन अमिर कस्ले बनायो । जता ततै भोक र प्यासको हडताल पो छ यहाँ । जिउनै नसकिने बन्दिको यो जंजिर कस्ले बनायो । मेरो पीडा मेरो बेथा तिमीलाई त के थाहा । जिन्दगी मेरोफुर्सदमा
यसपाली नि यस्तै भो दिदी (कविता)
पोहर साल सम्म ऋण तिर्नै ठीक भो आउन मन त थियो तर तेस्तै भो दिदी यो साल त झन भूकम्पले घर नै चर्क्यो यसपाली नि यस्तै भो दिदी आउदो साल बरू मन नै चर्के चर्कोस् पारिको त्यो मनास्लु हिमालको बाचा नै भो मन्द बतासको बूई चढेर देउराली डांडाको त्यो ओरालो तिम्रो लागि कोसेली उपहार बोकेर म पक्कै आउनेछु दिदी बाटै भरि लालुपाते अनि आगनैभरि सयपत्री मखमली र गोदावरीका फूलहरु फूलाईफुर्सदमा
बेवारिसे देशको किर्ते मनुवा म (कविता)
सिमा स्तम्भहरु मेरै छात्तीमा ढाल्दा जुगौ देखी पुर्खाको रगत ,पसिनाले सिञ्चेको लाजपुर्जा बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ आफ्नै आखाबाट बगेको सप्तकोशीको पानी म अञ्जुलीले उघाउन सक्तिन बेबारिसे देशको किर्ते मनुवा म अस्रुधारा आशु बगाउदै बेबारिसे सिमा स्तम्भ जस्तै गर्ल्याम्म ढल्छु सिमापारीको निलो आकाश हेर्छु घाम चर्को लाग्छ आफ्नो भुगोल हराए पछि वारि जुन फुल्दैन कोईलीको गीतमा पनि बर्दीधारी बुटको कर्कश सुनिन्छफुर्सदमा
फूलहरु फुल्दैंनन् मेरो लागि
चारैंतीर फूलहरु फुलेको देख्दा कसलाई पो रमाईलो तिहारको याद नआउला र ।देउसी,भैंलो अनि रोटेपिंग र लिंगेपिंगमा झुमेका रातहरु हिजो जस्तो लाग्छ तर समयले कति टाढा पुराइसकेछ ती दिनहरुलाई । जब जुकरबर्गको पानाहरु पल्टाएर हेर्छु अनि आफनैं जीवनका ऐनाहरु नियाल्छु बितेका दिनहरुले पनि बर्तमानमा पोल्दोरहेछ ओल्टाईपल्टाई त्यही जुकरबर्गको भित्तामा पुराना फोटोहरु टांगेर हयापी तिहार भन्दैं रमाएको अनुभुति गर्न बाहेक कुनैं रमाईलो पल छैंन् । विलियम बुटलर यिट्सको लेमन्टेसन अभ वल्ड पेन्सनरकोफुर्सदमा