तीजको शुभकामना
विक्रम मल्ल ठकुरी
नेपाली दिदिबहीनीहरुको महान चाँड हरितालिका
तीजको लागी लेख्दैछु सानो मेरो भावना ।
सबै महिला दिदि बहीनीहरुलाई २०७२ सालको
तीजको हार्दिक मंगलमय शुभकामना ॥
महिला दिदिबहीनीहरुका लागी उत्साह उमंग
र हर्षितपूर्ण रहोस तीज यहि नै मेरो चाहना
यो शुभअवसरमा सबैलाई उत्तरोत्तर प्रगतीको शुभकामना ॥
नयाँ नेपालमा नेपालीहरुको लागी हर्ष पूर्ण
आशातीत र अमूल्य प्रगतीको सदा कामना
देशमा शान्तिको बिज उम्रोस तीजको शुभकामना ॥
सबै नेपालीहरुमा अव सुख,शान्ति
र प्रगतीको आशातीत सामना
तीजमा छमछमी नाच्ने दिदिबहीनीहरुलाई शुभकामना ॥
सबैको लागी सुखको दियो बलोस
सुन्न नपरोस कसैको विलौना ।
लोकतान्त्रिक गीत गाउने सबैलाई मेरो शुभकामना ॥
नयाँ हाम्रो नेपाल चाहदैन
कसैको लागी नहोस पिडादायी यातना ।
सम्पूर्ण नेपालीमा सुख,शान्तिको शुभकामना
^^^ पुरानो डायरीबाट
रजवारा प्युठान
हाल दक्षिण कोरिया