'भूकम्प' (कविता)
सन्त पन्धाक
भयानक प्राकृतिक लीला
अकस्मात भूकम्प बनी आइदिदा
मातृभूमिलाई पारी चिरा
सारा सन्ततिहरुलाई दियो पिडा।
लाखौ जनको धनमाल गरी नष्ट
पुर्यायो जिबिकोपार्जनमा कष्ट
भौतिक संरचनाहरु भई ध्वस्त
बनायो दुनियाँलाई अझ स्तब्ध।
दिबंगत भएर हजारौं जन
मर्माहत तुल्यायो सबको मन
हजारौं घाइते र अपांग भएर झन
एेया!भनि मृत्युशैय्यामा छटपटाउदैछन्।
सबको आबास गरेर बिनास
दिलायो खुल्ला आकाशमूनिको बास
एकातिर जोहो गरेको अन्न पुरिएर नास
अनि भिखारी बनायो खानलाई दुई गाँस।
यहाँ कति आमाहरुको रित्तियो काख
यहाँ कति जोडीहरूको छुट्टियो साथ
यहाँ कति युवाहरुको भाच्चियो हात
यहाँ कति कर्णधारहरुको किच्चियो माथ।
ढले यहाँ पुरातात्विक दरबार
भए यहाँ सर्बनास कतिको घरबार
गुमाए यहाँ कतिले आफ्नो परिवार
जिबितहरुले गरे उद्दारको निम्ति हारगुहार
तर निरिह साबित रह्यो यहाँको सरकार।
न त नास्तिकले बनाए रोक्ने यन्त्र
न त आस्तिकले जप्न सके कुनै मन्त्र
बरु आबिष्कार गरे बिनाशकारी अस्त्र
बरु अन्धबिश्वास फैलाउनमा रहे ब्यस्त
बिना रोकटोक आइरह्यो बारम्बार मस्त
छाटकाट छैन यसको केहिगरी हुने अन्त्य।
यो आउनु पूर्ब बिनासुर कुकुरहरु भुक्छन रे
आकाशमा चारैतिर चराहरु उड्छन रे
हो, यो बुढापाकाले भन्दै आएको किंबदन्ती
अब चनाखो हुनु सबै यसलाई सम्झी
किनकि भूकम्पिय जोखिम छ हाम्रो देश
यसको मूनि रहेकोले टेक्टोनिक प्लेट
यिनैको घर्षणबाट हुने कम्पन्न
रुप बनी आउने हो नेपालमा भूकम्प।
तेह्रथुम
हाल दक्षिण कोरिया