तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
” कान्छु” कविता

म, हिमालको बाटो हुदै बादलको धरातलमा टेक्दै निलो गगनमा छिरेर पुर्णिमाको रातमा टहटह उदाउने चन्द्रमाको मुस्कान चोरेर तिम्रो ओठमा छर्न चाहन्छु ।प्रिय कान्छु, म, अजंगको पहाड उक्लदै अकबरे भिरमा झुण्डिएर भिमकाय रुखमा फूल्ने रक्ताम्मे ति गुरासका रंगहरु खोसेर तिम्रो सिउदो भर्न चाहन्छु । साच्चि कान्छु म, सागरको बाफ जस्तै बादल बनि पहाडमा ठोक्किएर सुनौलो घामको किरणमाथि पानी बनि बर्षिएर बनेको ईन्द्रेणीको सप्तरंगी टिपेर तिम्रो जीवन रंगाउन चाहन्छु । हो कान्छुफुर्सदमा
“आइएम सरी” कथा

दिनभरि गोल्डेन गेटको रमाइलो यात्रा, बे साइडमा सिरिरी चलेको हल्का शितल बायुको स्पर्स अनि मनलाई सधै शितलता प्रदान गर्ने निलो आकाश मुनिको निलो सामुद्रिक तट । यथार्तमा रमिरहेका जो थिए त्यस रंगमंचमा, म भने आफ्नो अतित सम्झेर भावनामा एक्लै हराएको थिए । लाग्दै थियो सन्जोग पनि कस्तो, यस्तै समय जुरेको रहेछ मेरो अतीतलाई वर्तमान बनि मेरो सामु आउन । एक मनले लाग्छ, जुन सन्जोग छ एकदम ठिक छ, जहाँ मैलेफुर्सदमा
परदेशी जीवन (गजल)

यहाॅ रातदिन सधै काम गर्ने रहेछ परदेश हाम्रो चाडपर्व केही नआउने रहेछ परदेश थकाई,स्वास्थ्य,भोक,प्यास लुकाएर कामगरी श्रमको मुल्य नपाउने रहेछ परदेश मन भित्र दु:ख लुकाई,पसिनाको थोपा – थोपाले मालिक हसाउने रहेछ परदेश अमानविय दुर्व्यवहार, नभएकै दोष लाउदापनी Yes हजुर भन्ने रहेछ परदेश आमाको काखमा हुर्के जस्तो आज भात खान्न आमा भन्न नपाईने रहेछ परदेश प्रत्येक सेकेण्डमा मृत्यु बोकी हिड्ने हामी सधै जोखिमको कामगर्दै रम्ने रहेछ परदेश रजवारा- १ प्युठान हाल:दक्षिणफुर्सदमा
कालो पोथी

कथा रातको १२ बजे उनको पाइला हाम्रो घरमा परेको थियो । बोरा भित्र डल्लो पर्दै । कालो रंगकै कारण मैले उनको नाम काली राखेको थिए । निखर कालो शिरमा हल्का रातो रंग मिसीएकोले उनको सौन्दर्य झन खुलेको थियो । उनी हाम्रो घरको पहिलो पाहुना थिइन । उनी जस्ता पाहुना यस अघि हाम्रो घरमा कोही पनि आएका थिएनन् । पहिलो भएकोले होला मेरो मन अचम्भ र खुखी एकसाथ भएका थिए ।फुर्सदमा
तमू धिँ कोरिया बनभोज र चलचित्र झुम्की प्रर्दशनी गर्ने तयारीमा

सम श्री तमु धी दक्षिण कोरियाद्वारा आगामी अगस्त 13 र 14 तारिख आयोजना हुन् गैरहेको स्योकै(वनभोज) कार्यक्रमको तयारि तीव्र रुपमा भैरहेको छ |विगतमा झैँ यो साल पनि तमुहरु बिचको एकता,भाइचारा अभिवृद्धि तथा मनोरन्जनको उद्देश्य राखी सामहिक रुपमा वनभोज जान लागिएको हो |यहि जुलाई 17 तारिख सउलको तुन्देमुनस्थित पुजा 2 रेस्टुरेन्टमा तमु धी का अध्यक्ष प्रदिप गुरुङको अध्यक्ष्यतामा सल्लाहाकारहरु सहित बसेको बैठकले भू पु अध्यक्ष तथा सलाहाकार सुरज गुरुङलाइ स्यो कैफुर्सदमा
उनको सम्झनामा (कविता)

उनको सम्झनामा आशु पिउदा पिउदै पिउन नसक्ने भएछु। जिउदा जीउँदै उनको नाममा जिन्दगी , म जिउनै नसक्ने भएछु। स्वर अनायसै लर्बरयो, उनको प्रेम को बयान गर्दागर्दै म मदहोसिमा, उनको तस्बिर हेरेर बोल्नै नसक्ने भएछु। मन यसै भक्कानियो , उनको कल्पना मा खेल्दा खेल्दै नयन पुछ्दै हरेक पल्ट , दिलको ढोका खोल्नै नसक्ने भए छु। बन्द भए भट्टीपसल , साथीहरूले छाडि गयेछन बाटो तिर्मियाएर पाइलामा , गन्तव्यमा म पुग्नै नसक्ने भएफुर्सदमा
कोरियामा भानु जयन्ती र ‘अनेसास कोरिया पद्क ‘सम्मान

विदुर शर्मा सउल राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउने नेपाली वाङ्मयकै विराट् पुरुष आदिकवि भानुभक्त आचार्यको २०३ औँ भानु जयन्ती समारोह भव्यताका साथ मनाउने हेतुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टरले रचना वाचन र सम्मान कार्यक्रम गर्ने भएको छ । भानु जयन्तीको अवसरमा उनको साहित्यिक योगदानको कदर गर्दै सिर्जनात्मक रचना वाचनका साथ भानुका श्लोक वाचन र गायन समेत गरिने र कोरियामा रहेर पनि नेपाली -भाषा साहित्य र कलाको संरक्षण र संबर्धनमाफुर्सदमा
अनलाईन खुल्ला कविता प्रतियोगितामा खत्री पुरस्कृत

दक्षिण कोरियामा ईपिएस मार्फत रोजगारको शिलसिलामा कोरिया आएका कवि तथा सञ्चारकर्मी जीवन खत्री विश्व्यापी अनलाईन खुल्ला कविता प्रतियोगितामा पुरस्कृत भएका छन् । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत भएका छन् । जसमा पुरस्कृत हुनेहरुमा कवी जीवनफुर्सदमा
क्यङजुको बुलकुक्सा र सक्कुलआम घुम्दा (नियात्रा)

कोरियाको इतिहास अध्ययन गर्ने क्रममा कक्षामा शिक्षिकाले कोरियाको प्राचिन इतिहास, मध्यकालिन र आधुनिक इतिहासको बारेमा पढाइरहदा मलाई भने नेपालको गोपालवंश हुँदै लिच्छवीकालिन, मल्लकालिन र पृथ्वीनारायन शाहले गरेको नेपाल एकिकरणको याद आइरहन्थ्यो । प्राचिन कालमा चीन र रुसको केही भूभागसम्म फैलिएको मुलुक कोरियाको पहिलो राज्य घोजोसन पछि सिल्ला, खोकुरय र बेक्चे तीन राज्यमा विभाजन भएको थियो । विभिन्न कालखण्डमा विभिन्न राज्यमा टुक्रिदै एकिकरण भएपछि ३६ वर्षसम्म जापानको उपनिवेश समेत बन्न पुगेकोफुर्सदमा
एउटा सम्बन्धको अन्त्य (कथा)

अदालतबाट बाहिर निस्कदा अनिसाको मुहारमा अर्कै खुशी झल्कन्थ्यो । वर्षौंपछि जेलबाट छुटेको कैदी जस्तै । हिड्दाहिड्दै टक्क अडिएर केहीबेर वरिपरि हेरि अनि निधार खुम्चाउदै आकाशतिर हेर्दै मन्द मुस्काइ । सायद, आफु स्वतन्त्र भएकोमा इश्वरलाई धन्यवाद दिनलाई होला । म ट्याक्सी रोक्न अलि अगाडि गएँ । ऊ पनि मलाई पछाउदै छिटोछिटो पाइला चाली । ट्याक्सी चढ्नु अघि उसले एकपटक आफू निस्केको अदालतको ढोकातिर नजर घुमाइ । केही समय अघिफुर्सदमा