Advertisement
SKIP THIS

कालो पोथी


कथा
रातको १२ बजे उनको पाइला हाम्रो घरमा परेको थियो । बोरा भित्र डल्लो पर्दै ।  कालो रंगकै कारण मैले उनको नाम काली राखेको थिए । निखर कालो शिरमा हल्का रातो रंग मिसीएकोले उनको सौन्दर्य झन खुलेको थियो । उनी हाम्रो घरको पहिलो पाहुना थिइन । उनी जस्ता पाहुना यस अघि हाम्रो घरमा कोही पनि आएका थिएनन् । पहिलो भएकोले होला मेरो मन अचम्भ र खुखी एकसाथ भएका थिए ।
श्रीमानले भित्र छिर्दै ढोका छेउमा ठाडो पारी राखेको बोरालाई देखाउनुभयो र भन्नुभयो — तपाइको उपहार ।

अचम्म हुदै म बोरा छेउमा पुगे । बोरा भित्र खात्राकखुत्रुक आवाज आयो । हत्त न पत्त बोरा खेलेर हेरे उनलाई देखेर मेरो अचम्भको सिमा पार भयो ।

बाहिर निकाले उनलाई निश्चित ठाउँमा अढाउनको लागि खुट्टामा डोरीले बाँधे । उनी नचलमलाई बसिरहिन सोझो भएर । उनलाई सुम–सुमाइरहे । कालो शिरमा रातो छिर्के,  सुरीलो चुच्चो , खिरिलो आँखा झन आकर्षक लाग्यो । मुहारदेखि पुच्छरसम्म उनलाई मुसारे । सायद न्यायोपनको आभास भयो होला उनलाई पनि । आज राती यही बस है भन्दै म कोठामा फर्के ।

एक क्षणपछि भ्यार भ्यार आवाज आयो । उनी त उफ्रिदै मथि टेबलमा पो बस्न खोज्दै रहेछ । सुत्नेबेला आवाजले डिष्टर्व गरयो भन्दै श्रीमाले फेरी बोरा भित्रै कोचेर राखे । उनी बोरा भित्र निस्सासीएकी भनेर मन भत भत भइरहयो । शौचालय जाने बहानामा उठेर उसलाई हेरे । अलिकति बोराको मुख खुकुलो पारेर म आए ।

विहान विउझन साथ उसैको याद आयो । हत्त न पत्त उठेर हेर्न गए । मनमा डर लागि रहयो रातभरी निस्सासीएर कतै ….. । बोरा छोए । उनी चलमलाए । मन ढुक्क भयो । छंयागै उज्यालो भएपछि उनलाई कोठा बाहिर निकाले । हामीलाई छाडेर नजावोस भनी उसै गरी खुट्टामा बाँधे । उनको खाना हामीसंग थिएन । भात र पानी बटुकोमा हालेर राखिदिए । दिनभरी सायद त्यस्तै खाएकोले होला उनको विष्टा पनि पातलो आयो ।

यसैगरी उनको एक दिन वित्यो । राती पनि उनलाई सजिलो होला भनेर बाहिरै राखी दिए । उनी शान्त थिइन् । खुट्टामा बाँधे पनि उनले फुत्कने कुनै जमर्को गरीनन् । कती सुवानी मनमा लाग्यो । राती पनि कुनै दुःख दिएन ज्ञानी भएर बसीन् । विहान भयो उठेर फेरी उनीलाई नै हेर्न पुगे । उनी मौन बसीरहेकी थिइन् । उनको विष्टाको संख्या भने बढेछ , पातलो विष्टा भएकोले पनि होला चारैतिर लतपत भएको । झिंगा भन्केको र गनाउन थालेको रहेछ । भूइमा पत्रिका ओछाइदिए । त्यो दृश्य देखेपछि मेरो श्रीमानको मनमा अर्कौ विचारले स्थान लियो । उनी भन्दै थिए — मैले त अस्ति नै भनेको नि यस्तै हुन्छ भनेर , यसरी राख्न सकिदैन । मेरो मनमा चस्का लाग्यो तर पनि कुनै प्रतिक्रया जनाउन सकिन ।

उनको मासु खाएर मलाई बलियो बनाउन भन्दै श्रीमानको साथीले उनलाई उपहारको रुपमा हाम्रो घरमा पठाएका थिए । तर उनको त्यो सुवानी रुपले मेरो मनले त्यसो गर्न मानेन । तर किन किन मेरो मनले उनलाई आहार हैन साथी बनाउन खोज्यो । हामीवीच दोहोरो कुरा कानी नभए पनि उनी पनि प्राणी म पनि उस्तै हामीवीच अन्तर संवाद भयो जस्तै लाग्यो । मेरो कुरा उनले सुने जस्तो लाग्थ्यो । मैले बोल्दा उनको खिरिलो आँखाले बुझे भने झै लाग्थ्यो । उनलाई देखेपछि खै के मोहनी लाग्यो कुनी कस्तो आत्मीयता जाग्यो कुन्नी । उनको हत्या कसरी सोच्न सक्थे र ।

तर यो विचित्र संसारमा मनले एक थोक सोचे पनि व्यवहारमा अर्को हुनु स्वाभाविक मानिन्छ । यस्तै भयो । विचरा अमुक पंक्षी कसरी आप्mनो विचार पोख्न सक्थे र । मर्न त कसलाइ पो मन पर्छ होला र । सायद उनलाई  यहाँ मार्न ल्याएको भन्ने सम्म पनि थाहा थिएन होला । कस्तो विडम्बना । बुद्धिजम दर्शनलाई आत्मासाथ गर्दै आउनु भएका श्रीमानको ४० वर्षको अन्तरालमा उनी नै पहिलो बन्न पुगिन । श्रीमानको  मनले नचाहे पनि बाध्य भएर त्यो गर्न परयो । हातमा छुरी लिएर श्रीमान कोठा बाहिर निस्के मलाई कोठा भित्र पठाउनु भयो । एक क्षण पछि टुप्पोमा रातो रगत लागेको छुरी लिएर भित्र पस्नुभयो ।

एकै छिनमा कपाल खौरिएको मुडुलो जस्तै मेरी काली पोथी सेतो भइन । त्यसपछि उनको बास फ्रिजको चिसो चिसानमा हुन पुग्यो । केही दिनपछि टुक्रा टुक्रा भएर ग्यास चुलोमथि कराईमा फक फक गर्दै अन्तत कचौरामा टेबलमा सजिइन । कचौरा देख्नसाथ मलाई उनी घरमा भित्रिएको सम्झना भयो । कसरी घाटीबाट छिराउने सम्झदै थिए । संजोग पनि कस्तो , मैले आर्युवेद औषधी खादै थिए यो बेला कुखुराको मासु खनुहुदैन भन्ने थाहा भयो । धन्न , जुरुक्क उठेर हिडे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...