Advertisement
SKIP THIS

क्यङजुको बुलकुक्सा र सक्कुलआम घुम्दा (नियात्रा)


कोरियाको इतिहास अध्ययन गर्ने क्रममा कक्षामा शिक्षिकाले कोरियाको प्राचिन इतिहास, मध्यकालिन र आधुनिक इतिहासको बारेमा पढाइरहदा मलाई भने नेपालको गोपालवंश हुँदै लिच्छवीकालिन, मल्लकालिन र पृथ्वीनारायन शाहले गरेको नेपाल एकिकरणको याद आइरहन्थ्यो ।
प्राचिन कालमा चीन र रुसको केही भूभागसम्म फैलिएको मुलुक कोरियाको पहिलो राज्य घोजोसन पछि सिल्ला, खोकुरय र बेक्चे तीन राज्यमा विभाजन भएको थियो । विभिन्न कालखण्डमा विभिन्न राज्यमा टुक्रिदै एकिकरण भएपछि ३६ वर्षसम्म जापानको उपनिवेश समेत बन्न पुगेको थियो ।

जसमध्ये विभिन्न राजाहरुले शासन गर्दै आएको सिल्लाकालिन समयमा निमार्ण गरिएको बुद्धका गुम्बादेखि विभिन्न ऐतिहासिक मठमन्दिर तथा कलात्मक स्थलहरु विश्व सम्पदा सूचिमा (युनेस्को) समेत सुचिकृत छ । कक्षामा पढेदेखि नै क्यङसाङबुक्दोको क्यङजुमा रहेको यिनै ऐतिहासिक स्थल बुलकुक्सा मन्दिर(बुद्धको प्राचिन गुम्बा) र सक्कुलआम हेर्न जाने हुटहुटी मनमा लागिरहेको थियो । त्यसैले मध्य गर्मीको पर्वाह नगरी परिवारसहित गत आइतबार मासानदेखि क्यङजुसम्मको दुई घण्टाको यात्रा तय भयो ।

अग्लाअग्ला पहाड खोपेर बनाइएको सुरुङ मार्ग छिचोल्दै वरिपरि डाँडाले घेरिएको सुन्दर क्यङजुको हरियाली उपत्यका छिर्दा अर्कै मुलुकमा पुगेको अनुभूति हुन्थ्यो । सिल्लाकालको तत्कालिन दरबार भएको यो ठाउँको हरेक क्षेत्र र सम्पदाहरुको संरक्षण गरिएकोले यो ठाउँ अहिले पर्यटकीय क्षेत्रको रुपमा पनि त्यतिकै प्रख्यात छ । पुरातात्तिक सम्पदाहरु नष्ट नहोस् भन्ने हेतुले यहाँ ठुलठुला अपार्ट तथा अध्याधुनिक घर बनाउन नपाइने रहेछ । त्यसैले यहाँका गाउँवस्ती अनि घर, होटल सबै इँटाको छाना भएको परम्परालाई नमासी बनाइएका रहेछन् ।

ससाना थुम्का जस्तो देखिने सिल्लाकालिन राजाहरुको चिहान देख्दा सुरुमा पत्याउन गाह्रै हुन्छ । ओरुङ अर्थात् पाँचवटा चिहान यहाँको एउटा आर्कषण पनि हो । झट्ट हेर्दा पहाडको ससाना थुम्का जस्तै सुन्दर देखिन्छ ओरुङ । त्यो बेला राजाको शरीरसँगै बहुमुल्य सामग्रीसमेत राखिएको चिहान अरु कसैले खनेर सामग्री चोरी नहोस् भनेर ढुंगैढेंगाले बनाइएको चिहान राखिएको स्थानलाई फन्को मारेर लाग्यौं बुलकुक्सातिर ।

कोरियाकै सबैभन्दा पुरानो बुद्धको गुम्बासँगै विभिन्न कलाकौशलले भरिएको प्राचिन मठमन्दिर, ढुंगैढुंगाले बनाइएको प्यागोडा शैलीको सक्काथाब र दाबोथाबलगायतका पुराना कलाकृति हेर्दा मलाई काठमाडौंको वसन्तपुर, ललितपुरको कृष्ण मन्दिर अनि भक्तपुर दरबारको याद झल्झली आयो ।


हामी बुलकुक्साबाट निस्केपछि उकालो लाग्यौं अग्लो पहाडको टुप्पामा रहेको अर्को प्राकृतिक तथा साँस्कृतिक सम्पदाले भरिएको सक्कुलआमतिर । डाँडामा गाडी पार्किङ गरेर टिकट लिएर केहीबेर हिँडेपछि पहाडको कुनामा बनाइको गुम्बाभित्र बुद्धको ठुलो मुर्ति राखिएको रहेछ । तर भित्र भने फोटो खिच्न नपाइने रहेछ । धेरै पछि बुद्धको दर्शन गर्न पाउँदा मनमा एक किसिमको आनन्दको अनुभूति भइरह्यो निकैबेरसम्म । काठमाडौमा हुँदा कहिलेकाँही मनमा पिर भयो भने बौद्ध र स्वयम्भू गएर मनलाई शान्त पार्ने गर्थें ।
ऐतिहासिक दृष्ट्रीकोणले अति प्रख्यात क्यङजुमा स्थानीय पर्यटकसहित विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकहरुको संख्या पनि त्यतिकै देखिन्छ । तर घुम्ने स्थल धेरै भएकोले एकदिनमा सबैतिर घुम्न भने नसकिने रहेछ । क्यङजुमा रहेको विभिन्न संग्रहालय तथा अन्य ठाउँहरुमा घुम्न समय नभएकोले सक्कुलआमबाट फर्केर डाँडाबाट तल देखिने सुन्दर क्यङजु शहरलाई दुरबिनको सहाराले नजिकबाट नियालेर फर्कियौं क्यङजुको प्राचिन इतिहासलाई सम्झदै, अनि त्यहाँको प्राकृतिक दृश्यलाई आँखाभरी सजाउदै ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...