तमू धिँ कोरिया बनभोज र चलचित्र झुम्की प्रर्दशनी गर्ने तयारीमा


सम श्री

तमु धी दक्षिण कोरियाद्वारा आगामी अगस्त 13 र 14 तारिख आयोजना हुन् गैरहेको स्योकै(वनभोज)
कार्यक्रमको तयारि तीव्र रुपमा भैरहेको छ |विगतमा झैँ यो साल पनि तमुहरु बिचको एकता,भाइचारा अभिवृद्धि तथा मनोरन्जनको उद्देश्य राखी सामहिक रुपमा  वनभोज जान लागिएको हो |यहि जुलाई 17 तारिख सउलको तुन्देमुनस्थित पुजा 2 रेस्टुरेन्टमा तमु धी का अध्यक्ष प्रदिप गुरुङको अध्यक्ष्यतामा सल्लाहाकारहरु सहित बसेको बैठकले भू पु अध्यक्ष तथा सलाहाकार सुरज गुरुङलाइ  स्यो कै (वनभोज) कार्यक्रमको संयोजक तोकेको छ भने विभिन्न उपसमितिहरु पनि बनाइएको छ|

जस अनुसार गोलमान गुरुङको सयोजकत्वमा प्रदिप गुरुङ,भिम गुरुङ,प्रकाश गुरुङ,सुरज गुरुङ,एक गुरुङ,हिमांशु गुरुङ सहितको सरसामान खरिद तथा तर्जुमा उपसमिति, टोप गुरुङको संयोजकत्वमा ममिता गुरुङ सम्मीलित अर्थ तथा नामावली संकलन उपसमिति,बिनोद गुरुङको संयोजकत्वमा रोजन गुरंग,कृष्ण गुरुङ,देवी घले,रिता गुरुङ,रामकाजी गुरुङ रहेको खानपिन तयारि तथा व्यवस्थापन उप समिति,प्रितम गुरुंगको समोजकतवमा श्रीराम गुरुङ,मंजु गुरुङ,धन गुरुंग रहेको प्रचार प्रसार उप समिति बनाइएको छ भने बेल गुरुङको संयोजकत्वमा जुनु गुरुङ,लक्ष्मी गुरुङ,बुद्धि गुरुङ
रहेको अनुगमन उपसमिति बनाइएको छ \अरुण गुरुंगलाई कार्यक्रम अवधि भरको फोटो सेसन तथा भिडियो सुटिंग र विजय गुरुङलाइ साउण्ड सिस्टम कन्ट्रोलको जिम्मेवारी तोकिएको छ \

अगग्स्त 13 तारिख साझ 6 बजे र 9 बजे स्यो कै स्थलमा जानको लागि बसको व्यवस्था गरिनेछ \ 13 तारिख राति कोरियन परिकार बार्बिक्यु पार्टी सहित सांगीतिक मनोरन्जन हुनेछ \ जसमा मुख्य आकर्षण तमुहरुको पहिचान झल्किने रोधी बस्ने कार्यक्रम हुनेछ \ यस अन्तर्गत तमुहरुको  मौलिक भाका सालैजो सहित लोकदोहोरीको घम्साघम्सी मुख्य रहनेछ \ सहभागी हरुले आ आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन \एकल र सामुहिक विभिन्न नृत्यहरु प्रस्तुत् हुनेछ |
भोलिपल्ट बिहानको खाजा पछि विभिन्न खेलकुदहरु फूटबल,म्युजिकल चेयर,घैटो फुटाउने,टग अफ वार लगायत प्रतियोगिता हुनेछ | बिहानको लागि विशुद्द नेपालि खाना तयार हुनेछ |खाना पछी नजिकै रहेको नदिमा जल बिहार र त्यसपछि सस्थाको  बारेमा अन्तरक्रियात्मक छलफल सहित आगामी सेप्टेम्बर ४ मा धीले आयोजना गर्न गैरहेको नेपालि चलचित्र झुम्की को  प्रचार प्रसार गरिनेछ |

चलचित्र झुम्की तमु धी को अर्को महत्वाकांक्षी योजना हो \ आपत कालिन राहतकोष वृद्धि तथा नेपालि
कला सस्कृतिको प्रवर्द्धनको उद्देश्य राखी प्रदर्शन गर्न लागिएको यस कार्यक्रमलाइ सफल पार्नको लागि विभिन्न संघ सस्थाहरुलाई निमन्त्रणा वितरण तथा प्रचार प्रसार तीव्र पारिएको छ \ स्यो कैको लागि नाम संकलन तथा झुम्की प्रवर्द्दन समेतको लागि कोरियाको विभिन्न शहरहरुमा रहेका तमुहरुलाइ निम्न बमोजिम जिम्मेवारी तोकिएको तमु धी दक्षिण कोरियाले जनाएको छ | जस अनुसार

१.सुवन एरिया:बुद्धि गुरुङ/010 4239 3305,बेल गुरुङ/010 9022 8282
२.किम्पू एरिया:रोहित गुरुङ/010 6468 7190,खोम प्रसाद गुरुङ/010 2511 1124
३.सउल एरिया:नविन गुरुङ/0109 471 4457,हिमांसु गुरुङ/010 2840,इन्द्र गुरुङ
४.जिन्छन एरिया:तेज गुरुङ/010 2637 4387,बिक्की गुरुङ/010 2154 7539
५.हाप्तोक एरिया:गुप्त गुरुङ/ 010 5943 3599
६.ख्वंग्जु,गोंजियम,इछन एरिया:श्रीराम गुरुङ/010 8681 5297
७.मासक एरिया:क्षेत्र गुरुङ/010 6381 4741

स्यो कै प्रवेश शुल्क पुरुष प्रति व्यक्ति 70,000 वन प्रति व्यक्ति महिला  50,000 वन तोकिएको छ \ प्रवेश शुल्क टोप गरूंगको IBK बैंकको खाता नम्बर:221-291873-02-017 मा जम्मा गरि उहालाई फोन नम्ब 010 2117 4635 मा सम्पर्क
गरि कन्फरमेशन सहित नाम टिपाउन अनुरोध गरिएको छ |विविध व्यवस्थापकीय कार्यहरु तर्जुमा गर्नु पर्ने हुदा अगस्त 7 भित्र स्यो कै जाने महानुभावहरुले नाम दर्ता गर्न सुचित गरिएको छ \
स्योकै (वन भोज) जाने स्थल:
마루산펜션 : 경기도 가평군 가평읍 읍내5리 80-2번지
사업자등록번호: 101-08-61285 대표: 권태혁

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...