Advertisement
SKIP THIS

कोरियामा “राम बहादुर गुरुङ बचाउ अभियान”मा दुई संस्थाले विज्ञप्ति निकाल्दै गर्यो पहल


बोम्जन गुरुङ
१४ अक्टोबर २०२१, सउल कोरिया ।

चितवन स्थायी घर भई कोरियामा कार्यरत राम बहादुर गुरुङलाई ब्रेन ट्यूमर जस्तो जटिल रोग लागेपछि उनको उपचारका लागी “राम बहादुर गुरुङ बचाउ अभियान” शुरु गरिएको छ । कोरियास्थित दुई संस्था चितवन सम्पर्क समिति र तमू धींले सामूहिक विज्ञप्ति निकाल्दै उपचारार्थ गुरुङको जीवन रक्षाका निम्ति उक्त अभियान शुरु गरेको हो ।

एक महिना अगाडिदेखि चक्कर लाग्ने र टाउको दुख्ने समस्या देखापरेपछि कम्पनी नजिकैको अस्पतालमा चेकजाँच गराउँदा टाउकोको नशामा रगत जमेर ब्रेन ह्यामरेज देखिएकोले अस्पतालमा रहेर एक महिनासम्म उपचार गराउँदा अस्पताल रहुनजेलसम्म सुधार देखिएपनि डिस्चार्ज भए लगत्तै उनलाई पुनः सोही समस्या आएको थियो । त्यसपछि एमआरआई परीक्षणमा ब्रेनमा ट्युमरको समस्या देखारेकोले उपचारका लागी तत्कालै अपरेशन गर्नुपर्ने र करिब १ करोड वोन भन्दा बढी रकम खर्च लाग्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।

इपिएस मार्फत करिब चार वर्ष अगाडी कोरिया प्रवेश गरेका गुरुङको भिषा अवधि बाँकी भएपनि केही महिनादेखि स्वास्थ्य स्थितिका कारण कम्पनी छाडेर बसेका कारण उपचार खर्च धेरै महङ्गो भएकोले अभियान शुरु गरिएको चितवन सम्पर्क समितिका अध्यक्ष विजय अर्यालले बताए । उनको परिवारबाट सहयोगको अपिल समेत आएकोले २०२१ अक्टोवर १२ देखि २० दिनको लागी तमू धीं दक्षिण कोरियाका बरिष्ठ सल्लाहकार एवं चितवन सम्पर्क समिति सल्लाहकार जित बहादुर गुरुङको संयोजकत्व रहने गरि “राम बहादुर गुरुङ बचाउ अभियान” सञ्चालन गरिएको तमू धीं दक्षिण कोरिया अध्यक्ष लेसन गुरुङले जानकारी दिए । परदेशको भूमिमा परेको यो खाले विपतमा जुटिदिनुहुन कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, क्रियाशील विभिन्न संघसंस्थाहरुमा अभियानका संयोजक जित बहादुरले गुरुङले आग्रह गरेका छन् ।

बिरामी र सहयोगको बारेमा सोधपुछ र जानकारीका लागी
१. संयोजक: जित बहादुर गुरूङ (तमू धीं दक्षिण कोरियाका बरिष्ठ सल्लाहकार एवं चितवन सम्पर्क समितिका सल्लाहकार) 010-4315-7611,
सदस्यहरु:
२. विजय अर्याल (अध्यक्ष, चितवन सम्पर्क समिति द. कोरिया) 010-4689-7319,
३. लेसन गुरूङ ( अध्यक्ष,तमू धीं दक्षिण कोरिया) 010-5943-9361
४. गंगा थापा श्रेष्ठ( सल्लाहकार , चितवन सम्पर्क समिति द. कोरिया) 010-5775-4211
५. राज कुमार स्याङ्तान ( बरिष्ठ उपाध्यक्ष, चितवन सम्पर्क समिति द. कोरिया) 010-4140-4550
६. सन्तोष गुरूङ (महासचिव, तमू धीं दक्षिण कोरिया) 010-2153-2881
७. सागर सापकोटा (महासचिव) चितवन सम्पर्क समिति द. कोरिया) 010-2945-9064
८. दुर्गा गुरूङ ( सह-कोषाध्यक्ष)तमू धीं दक्षिण कोरिया) 010-4685-3626
९. राज थापा( सदस्य, चितवन सम्पर्क समिति द. कोरिया) 010-5624-9819

सहयोगको लागी विवरण
बैंक खाता नम्बर :110412128569
खाता बाहकको नाम : GURUNG RUPA
बैंकको नाम : सिन्हान बैंक 신한 은행
सम्पर्क नं. : 01021968298

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...