Advertisement
SKIP THIS

ब्रेन ट्यूमर बिरामी गुरुङको यसरी भयो जीवन रक्षा ।


बोम्जन गुरुङ
११ नोभेम्बर २०२१, सउल कोरिया ।

चितवन स्थायी घर भई रोजगारीको सिलसिलामा कोरियामा रहेका राम बहादुर गुरुङलाई ब्रेन ट्यूमर जस्तो जटिल रोग लागेपछि गुरुङको जीवन रक्षाका लागी कोरियास्थित दुई संस्था चितवन सम्पर्क समिति र तमू धींको विशेष पहलमा ६२,५४,६६५/-कोरियन वोन (करिब साढे छ लाख नेपाली रुपैंया) रकम संकलन भएको छ । स्वास्थ्यमा जटिलता देखिएका कारण एमआरआई परीक्षणमा गुरुङलाई ब्रेन ट्यूमर देखिएको र उपचार खर्च अत्याधिक हुने भएकोले “राम बहादुर गुरुङ बचाउ अभियान” संचालन गरिएको थियो ।

उपचारार्थ गुरुङको लागि संचालन गरिएको सो अभियानका लागि तमू धीं दक्षिण कोरिया र चितवन सम्पर्क समितिको सामूहिक विज्ञप्ति निकाल्दै सहयोगको अपिल गरेको थियो । अभियानमा जम्मा संकलित रकम ६२,५४,६६५/- कोरियन वोन मध्ये कुल खर्च ३९,५६,४७०/- कोरियन वोन घटाई बाँकी रहेको २२,९८,१९५/- कोरियन वोनमा थोरै रकम थपि २३,००,०००/- कोरियन वोन बिरामीको थप उपचारको लागी प्रदान गरिएको जानकारी संस्थाले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । पछिल्लो समय स्वास्थ्यमा क्रमिक सुधार देखिएका गुरुङ थप उपचारका लागि यही नोभेम्बर ०७ तारिक जन्मभूमि नेपाल प्रस्थान गरिसकेका छन् ।

स्वास्थ्य लाभको कामना गर्दै मानविय संवेदना सहित सहयोगमा जुट्नुहुने सबै मनकारी व्यक्ति र संस्थाप्रति सो अभियान संयोजक जित गुरुङले हार्दिक आभार प्रकट गरेका छन् । सहयोगीहरुको विवरण संस्थासँग सुरक्षित रहेको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । बिरामीको घर परिवारबाट आर्थिक सहयोगको अपेक्षा अनुसार सहयोग जुटेकोमा सम्पूर्ण सहयोगीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष विजय अर्यालले खुशी व्यक्त गरे ।

सहयोगी व्यक्ति/संस्थाको नामवाली :







आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...