Advertisement
SKIP THIS

दक्षिण कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न


दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

गैर आवासीय समन्वय परिषद (NRNA) ख्यङ्साङ्नाम्दो बुसान साखाको सहकार्यमा धैर्य क्यान्सर फाउन्डेसनले आइतवार (जनवरी ५) उक्त मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियाे ।

अन्लाइन माध्यम जूम मार्फत भएको कार्यक्रममा काउनसिलिङको कार्य धैर्य क्यान्सर फाउन्डेसनकी फाउन्डर तथा अध्यक्ष टेरिसा तामाङ्ले गरेका थिए । कार्यकमलाई प्रभावकारी बनाउने उद्देश्यले थोरै जनालाई मात्र सहभागी गराएको थियो । सबैको सकृय अन्तर्कृयात्मक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । काउन्सिलर तामाङले कार्यक्रमको अन्त्यमा यस्तो थोरै सहभागितामा पनि कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कति धेरै समस्याहरु रहेछन् भन्ने कुरा थाहा पाएको भन्दै आगामी दिनहरुमा थप यस्तै कार्यक्रमहरु गर्ने बताए । “मैले सोचेकै थिएना कि दक्षिण कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी यति धेरै समस्याहरु छन् भनेर । यहाँ रहेको संस्थाहरुसाँगको सहकार्यमा यस्तै थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न म तयार छु ।” तामाङले बताइन् ।

अहिले विश्वमा नै मानसिक स्वास्थ्य समस्या विकराल समस्याकाे रूपमा देखा परेकाे छ । यसैलाई मध्यनजर गर्दै धैर्य क्यान्सर फाउन्डेसनले याे हप्ता मात्र २ वटा यस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेकाे जनाएकाे छ ।

“धैर्य क्यान्सर फाउन्डेसन (DCF) नेपालमा स्थापित एक गैर-नाफा मुलक राष्ट्रव्यापी सामाजिक संस्था हो। DCF नोभेम्बर २०१७ मा टेरिसा तामाङ द्वारा स्थापना गरिएको थियो। मानसिक रोग शारीरिक रोग भन्दा बढी पीडादायी छ। तसर्थ, नेपालमा अवस्थित यस क्यान्सर संगठनको मुख्य उद्देश्य क्यान्सर पीडित व्यक्ति र उनीहरूको परिवारलाई व्यावहारिक, भावनात्मक र सामाजिक सहयोग, सचेतना कार्यक्रम, क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर र क्यान्सर रोगीहरूको लागि आवस्यक जानकारी सहयोग प्रदान गर्नु हो।” धैर्य फौन्डेसनको वेवसाइडमा लेखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...