Advertisement
SKIP THIS

“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै


मनु कोन्मे गुरुङ,पोखरा

नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ।

विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्री गाउँपालिका- ७ गोररखाको आयोजनामा काठमाण्डौमा हुन लागेको हो। यस भिडियोको गीतमा छाङ लामाको रचना , राजु थापाको संगीत,सन्दिप कार्कीको एरेन्ज रहेको छ भने ,बिसन मानन्धरको मास्टरिङमा र बिक्रम थापा द्वारा हाम्रोनियम रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्ड गरिएको हो।

भिडियोलाई पोखराका चर्चित नृत्य निर्देशक लब्शन गुरुङले निर्देशन गरेका हुन भने अमृतमान गुरुङको कोरियोग्राफी , छबि राना मगरको सम्पादन,रेनु गुरुङको श्रगार, सन्तोस पिठाकोटे मगरको ,डिओपिमा दिपेस के.सी.ले ड्रोन तथा छायांकन गरेका हुन ।

उक्त म्युजिक भिडियोमा स्वर लोकप्रिय गायक राजु लामा र गायिका छिरिङ लामाको रहेको छ । भिडियोमा नायिका एवम् मोडेल जोनिसा गुरुङ र इनटरनेशनल मोडल शेराब ग्याल्जेन लामाको अभिनय रहेको छ । यो चुमभ्यालीको पहिलो म्युजिक भिडियो पनि हो।

यस म्युजिक भिडियोका मोडेल जोनिसा गुरुङ एक हसिलो ,सुशील स्वभाव, अनुशासित र बहुप्रतिभाका धनी मोडेल हुन। जोनिसा पछिल्लो समय धेरै म्युजिक भिडियोमा व्यस्त मोडेलको रुपमा चिनिन्छ । अधिकांश म्युजिक भिडियोहरुमा जोनिसाको अभिनय रहेको छ।

मोडेल जोनिसा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका – ३ न्याक गाउँ उत्तरी गोरखामा जन्मिइकी हुन भने बाल्यकाल लमजुङमा बिताएकी थिईन। हाल काठमाण्डौको सामाखुशीमा जनरलिजममा ब्याचुलर तेस्रो बर्षमा अध्यनरत छिन भने मोडेल जोनिसा मिस गुरुङ – २०२० की सेकेन्ड रनरअप पनि हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...