Advertisement
SKIP THIS

Bala Rai

 

नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने

नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने भएको छ । कोरियाको नयाँ वर्षा सलनालको अवसर पारेर नेफेसो पार्टीले तेस्रो महाधििवेशनको आयोजना गर्न लागेको समाजका अध्यक्ष महेन्द्र राईले बताए । नेपाली संघिय समाज कोरियाले राजधानी सौल स्थित दोंग्देमुनको थाई होटेलमा बसेको बैठकले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । तेस्रो महा अधिवेशन सफल बनाउन पार्टीका सल्लाकार चित्र बहादुर मुक्तानको संयोजकत्वमा बिभिन्न बिभाग गठन गरिएको छ । जसमा व्यवस्थापन पक्षमा पार्टीका संरक्षक अमृत राई, पत्राचार लगायत अन्तरिक तयारीका निम्ति महासचिब दावाफुर्सदमा


कोरियन लाहुरे र अमेरिकाने लाहुरेको टेलिफोन बार्ता

शनिबार बिदाको दिन । त्यसैले ढुक्कसँग सुत्छु अबेरसम्म । केही हप्ता अघि शुक्रबार बेलुकी कम्पनीले हामी कामदारहरुलाई पार्टी दिएको थियो । पार्टी खाएर साथीहरुसंग सुख दुखको कुरा गर्दै रातिको २ बजे सम्म बसियो । राती अबेरसम्म बसेकोले मस्त निद्रामा सुतिरहेको बेला सँगै बस्ने साथीको फेसबुक मेसेन्जरमा चर्को आवाजमा टुरुङ्ग टुरूङ्ग गर्दै घन्टी बज्यो । सिरानीनिर राखेको फोन हेरें बिहानको ६ बजेको रहेछ । त्यस पछि मेरो निन्द्र खलबलियो । आँखा पोल्छ निदाउन खोज्छु साथीको मोबाइलमा आउट साउन्ट गरेर चर्को आवाजले बोलिरहेको हुँदा निदाउन सकिन । साइनोले दुई जना बिच मामाफुर्सदमा


गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक   

द बिस्पा र इन्टेस ईल्डको निर्माणमा गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक भएको छ । बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्।  अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामालाई फिचर गरिएको छ।   कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरासँगको केमेष्ट्री मिलाउन निकै गाह्रो भएको बताउदै कोरिग्राफ़र अनुराग ठकुरीले भिडियोको टेष्ट फरक पार्नु नै मुख्य लक्ष रहेको बताए ।  ‘मेरो ४ दर्जन भन्दा बढी भिडियोमा कोरिग्राफी छ तर यो जत्तिको मेहेनत अहिले सम्म मैले गरेको छैन’, उनले भने। सार्वजनिकफुर्सदमा


विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला”

काठमाडौ, लोक गीत संगीतको विकाशमा समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायिका टिका पुन र गायक विष्णु राईको आवाज रहेको छ ।  प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । विष्णु राईको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”फुर्सदमा


रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले देउसी भैलो कार्यक्रम गर्ने

सौल, रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले यहि नोबेम्बर ११ तारिक आईतवार कोरियाको राजधानी सौल दोङ्देमुन अवस्थित नेपाल हाउसमा रमाइलो देउसी भैलो  कार्यक्रम आयोजना गर्ने भएको छ । ‘हाम्रो लोक दोहोरी हाम्रो शान,प्रबासमा नेपालीहरूको छुट्टै पहिचान”भन्ने मुल नाराका साथै आत्मियता, सद्भाव,मित्रता प्रगाढ राख्नको लागि, उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजक समितिले बताए । हिन्दु धर्म अवालम्बीहरुको महान चाड दिपावलीको अवसरमा काग ,कुकूर, गाई र लक्ष्मिको पुजा गरे पश्चात दाजु भाईलाई टिका लागाई दिने प्रचलन रहेको छ । त्यसैले कोरियामा रहेका हिन्दु धर्म अवालम्बीहरुले पनि आफ्नो सँसकार ,साँस्कृतिकलाईफुर्सदमा


दोङदेमुनका नेपाली ब्राण्ड

विश्वबजारमा ब्राण्डहरुको लोकप्रियता र त्यसले अर्थराजनितीमा पारेको प्रभावहरु हरेक समाजको तल्लो निकायहरुमा जरा गाड्दै गएको हामी सबैमा सर्वविवीधै छ। कोरियाको दोङदेमुनबजार त्यसबाट अछूतों रहने कुरा भएन । विशेषत कोरियन संस्कृतिको परिचय बोकेको यो पौराणिक बजार पछिल्लो समय नेपाली ब्रान्डहरुको प्रभावले ईतिहास जोगाउन संघर्षरत छ । यो पक्कै नेपालीहरुलार्इ भने गौरवको विषय हुनसक्छ। यदि तपाइ नेपाली हुनुहुन्छ र कोरियामा बस्नुहुन्छ भने एकपटक राजधानी सौलको दोङदेमुन जानुस् । जसलाई मिनि नेपाल भनेर पनि चिनिन्छ । त्यहाँ हरेक ब्रान्डका मःमदेखि विशेष नेपाली परिकार पाइन्छ। व्यवसायिक उदेश्यले स्थापनार्थ ती ब्रान्डहरुको तीनचोटी भन्दा बढी ग्राहकफुर्सदमा


कोरियाको व्यथा नेपाल बस्नेलाई के थाहा ?

सौल, अहिले कोरियामा मजदुरहरुको तलब बढेसंगै बेसिक ड्युटि बाहेक प्राय जसो सबै कम्पनिहरुले अति रिक्त काम दिन छोडेका छन् । त्यसैले दैनिक आठ घण्टाको काम सकेर कोठामा कति बस्नु । मोबाइल कति हेर्नु । वाक्कै लागिसक्यो । एक दिन यसो नेपाली रहेको कम्पनितिर काम कस्तो छ? कतिको चलिराछ भनेर जान्न मन लाग्यो । साँझ साँढे पाँचबजेसम्मको ड्युटी सकेर नुहाई हल्का खाजा खाएर दुइ जना साथी संग गफ गर्दै मेरो कम्पनि नजिकै रहेको अर्को कम्पनि पुगेर यसो भित्र हेरे नेपाल सरकारको इपिस शाखाले कोरिया आउदा दिएको नेपाल र कोरियाको झन्डाको लोगोफुर्सदमा


प्रमिला राईको अर्को एक सुन्दर–मीठो गीत – ‘जाउँ न’

काठमाडौ , नेपाल आईडलको पहिलो सिजनमा चर्चित बनेर ७ औं स्थानसम्मको यात्रा तय गरेकी प्रमिला राईले पुनः अर्को सुमधुर गीत सार्वजानिक गरेकी छिन् । ‘जाउँ न’ बोलको गीत सार्वजानिक गरेकी प्रमिला राईको दोश्रो गीतलाई पनि दर्शकहरुले मन पराएका छन् । पहिलो गीत कान्छा हौं बाट प्रशस्त वाह ! वाही! कमाएकी उनले यस गीतबाट पनि फ्यान फलोअर्सलाई कन्भिन्स गर्न सफल भएकी छिन् । नेपाल आईडलको पहिलो सिजनमा विजेता सो सरह नै देशविदेशमा रहेका नेपालीको प्रिय बनेकी उनले नयाँ म्यूजिक भिडियोमा नेपाली देश, संस्कृति र मित्रतालाई सुन्दर रुपमा प्रस्तुत गर्ने प्रयास गरेकीफुर्सदमा


बदलिएको परिबेशमा नबदलिएको मानसिकता

कोरिया,  समाजमा विधमान सामन्तवादी चरित्र राजनैतिक घटाक्रमको विकाससंगै शासकिय स्वरुपमा आएको परिवर्तन र त्यस अपेक्षित कार्यहरु नभइरहदा शासकवर्गमा रहेको पुरातनवादी चिन्तन र त्यस अनुकुलको व्यवहारले फेरी एकचोटी युवा जमातले सामन्तवादको परिभाषालाइ नया ढंगबाट व्याख्या गर्नुपर्ने अवस्था आइपुगेको छ। विशेषसत रास्ट्र प्रमुखले गर्ने व्यवाहार कस्तो हुने भुमिका के हुने जस्ता कुराहरु किटान नगरिएसम्म अहिलेको सामाजिक चरित्र अनुसार पात्र र व्यवस्था फेरिदैमा खासै फरक अनुभव नहुने रहेछ।हिजोको राज्य व्यवस्था र त्यसका नायकहरु वंशमा आधारित थिए र परिवर्तनकारीहरुले सहजै त्यो सामन्तवाद हो, त्यसको चरित्र सामन्तवादी छ, हाम्रो संघर्षको निसानी त्यही हो भनि व्याख्याफुर्सदमा


कोरियामा दशै धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न

नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर दशै धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ । मोक्पो साम्हो साझा चौतारी नेपाल मोक्पोद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएको नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु के सिले मोक्पो साम्हो साझा चौतारी संस्था कोरिया कै मज्बुत र सहयोगी सस्थाको दशै कार्यक्रममा उपस्थित भएर शुभकामना अदान प्रदान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो । अध्यक्ष केसीले मोक्पो साम्हो साझ चौतारीको हरेक कार्यक्रम र अभियानहरुमा ब्यक्तिगत तथा एन सि सि को तर्फबाट पनि सक्दो सहयोग गर्ने वचन व्यक्त गर्नु भयो । त्यसैगरीफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...