प्रमिला राईको अर्को एक सुन्दर–मीठो गीत – ‘जाउँ न’

‘जाउँ न’ बोलको गीत सार्वजानिक गरेकी प्रमिला राईको दोश्रो गीतलाई पनि दर्शकहरुले मन पराएका छन् । पहिलो गीत कान्छा हौं बाट प्रशस्त वाह ! वाही! कमाएकी उनले यस गीतबाट पनि फ्यान फलोअर्सलाई कन्भिन्स गर्न सफल भएकी छिन् ।
नेपाल आईडलको पहिलो सिजनमा विजेता सो सरह नै देशविदेशमा रहेका नेपालीको प्रिय बनेकी उनले नयाँ म्यूजिक भिडियोमा नेपाली देश, संस्कृति र मित्रतालाई सुन्दर रुपमा प्रस्तुत गर्ने प्रयास गरेकी छिन् । यस गीतको भिडियोमा प्रमिला राई स्वयंले अभिनय गरेकी छिन् उनलाई भुवन खड्काले अभिनयमा साथ दिएका छन् ।
गीतको शब्दसंगीत संजिव सिंहको रहेको छ । यस म्यूजिक भिडियोको निर्देशन, सम्पादन र क्यामेरा फराज अर्पनले गरेका छन् । यस गीतको एरेन्जर दिनेश श्रेष्ठ रहेका छन् । यस म्यूजिक भिडियोमा प्रविन राई, दीया रिजाल, लुमान स्थापित, गोपाल रसाईली, भुवन गन्धर्व, हेमन्त कान्छा लगायतले आफ्नो शीप ज्ञान खर्चिएका छन् ।