Advertisement
SKIP THIS

Bala Rai

 

शेर्पा संघ दक्षिण कोरियाको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा पासाङ शेर्पा चयन

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित तेस्रो महाधिवेशन राजधानी सोल स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । शेर्पा संघको तेस्रो महाधिवेशनबाट सोलुखुम्बुका आङ पासाङ्ग शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । बरिष्ठ उपअध्यक्षमा दोर्जी शेर्पा , महासचिवमा थुतुङ गेल्जे शेर्पा , सचिवमा ओङछु शेर्पा, कोषाअध्यक्षमा लाक्पा शेर्पा, सह-कोष अध्यक्षमा तेम शेर्पा, सदस्यमा सोनाम शेर्पा,र बाँकि सबै जिल्लाका शेर्पाहरु समेटेर समितिमा राख्न पद रिक्त राखिएको अध्यक्ष मण्डल्का संयोजक शेर साङ्बो शेर्पाले जानकारी दिए । ‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ । ” तेस्रो महाअधिवेशन सफल पारौ “भन्ने नारा सहितफुर्सदमा


दोलखाली समाजको भेटघाट तथा बिदाई कार्यक्रम सम्पन्न

 दोलखा स्थाई घर भई कोरियालाई कर्मथलो बनाएका नेपालीहरुको सस्था दोलखाली सेवा समाज कोरियाको भेट्घाट तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कोरियनहरुको महान चाड छुसकको अबसर पारेर सौलमा भएको भेट्घाट कार्यक्रममा दोलखाली समाजकी पुर्ब उपाध्यक्ष ज्ञानु चौहानलाई बिदाइ गरिएको थियो । चौहानले आफ्नो कोरिया बसाइको पहिलो कार्यकालमा समाजप्रति देखाएको माया र सहयोगको उच्च मुल्यांकन गर्दै बिदाइ गरेको थियो । त्यस्तै उहाको रिक्त स्थानमा रिन्जी शेर्पालाइ निर्बिरोध उपाध्यक्षमा चयन गरिएको अध्यक्ष सरोज केसिले बताएका छन् । बिगत ७ बर्षदेखि कोरियामा कार्यरत शेर्पा अधिकाम्श नेपालीहरु माझ परिचित रहेका छन् । सामाजिक काममाफुर्सदमा


३० लाख कोरियन वोन सहित गुन्सान एन एफ सी समुह विजेता

गुनसान नेपाली समाजद्वारा आयोजित तेस्रो गुनसान नेपाल कप -२०१८ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार भएको फुटबल प्रतियोगितामा GUNSAN N. F. C. विजेता भएको छ भने उपविजेता MAJEON F.C. भएको छ । प्रतियोगितामा विजेता टिमलाई ३० लाख कोरियन वोन साथै उपविजेता टिमलाई १५ वन सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा BEST PLAYER को उपाधि GUNSAN N. F. C. का खेलाडी गणेश राईले जितका छन् भने  HIGHEST SCORER को उपाधि दिनेश राई, BEST GOALKEEPER को उपाधि सफल बस्नेतले जितेका छन् । त्यस्तै FAIR PLAY TEAM को उपाधि EVEREST F.C.BUSAN फुर्सदमा


सोलुखुम्बु सेवा समाजद्धारा सेप्टेम्बर २५ मा भेटघाट तथा सम्मान कार्यक्रम हुने

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले कोरीयनहरुको महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर २५ तारिक म्रगलबारका दिन भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । सोलुखुम्बुबासीहरुको साझा संस्था सोलुखुम्बु सेवा समाजको विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएका सहयोगी महानभावहरुलाई सम्मान साथै सांगीतिक मनोरञ्जनात्मक कार्यक्रम पनि राखिने भएको छ । ग्रेट हिमालय रेस्टुरेन्ट, सुवनमा हुने उक्त कार्यक्रमा सहभागी हुन कोरियामा विभिन्न पेशा व्यवसायमा आवद्ध रहनु हुने नेपालीहरुलाई उपस्थिती भई कार्यक्रम सफल बनाई दिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।  


छल्लानाम्दो ख्वाङ्जुमा ‘दशै धमाका डान्स पार्टी’ हुने

छल्लानाम्दो ख्वाङ्जुमा आगामि अक्टोबरको ६ तारिक शनिबारका दिन ‘दशै धमाका डान्स पार्टी’ हुने भएको छ । नेपालिहरुको ठुलो चाड दशैको अबसर पारेर सबैलाइ मनोरन्जन दिलाउन डान्स पार्टीको आयोजना गरेको आयोजकले बताएको छ । पिस एण्ड ब्राइट युथ ग्रुपको सकृयता र आयोजनामा हुन गैरहेको उक्त डान्स पार्टीलाई चर्चित डिजे ‘के-नोन’ ले आफ्नो म्युजिकल प्रस्तुत दिने बताइएको छ । उक्त दिन बेलुका १० बजे देखि बिहान ४ बजे सम्म ननस्टप म्युजिकमा रमाउन सकिने समेत आयोजकले बताएको छ । दशै धमाका डान्स पार्टी लाई भब्य रुपमा सफल पार्न आयोजकका तर्फबाट कुनै कसुर बाकीफुर्सदमा


सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा  टेक पटेल उदासको  वियोगान्त मार्मिक गीत  गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको  स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ । टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभातको मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियो मोहन महतोको छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी, सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।


तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सानुमाया तामाङ निर्वाचित

न्युयोर्क : तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । गत शनिबारको दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्बाचित भएको हो । तामाङ समाज अमेरिकाको बिधान अनुशार कुल १९ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिव बुद्दिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ , सह-कोषाध्यक्ष साजोन थोकर तामाङ, बोर्ड अफ डिरेक्टर उनिशा थीङ (छोईसाङ)फुर्सदमा


मगर संघ कोरियाको छुसक धमाकाले कोरियाको माहौल तताउदै

सौल,  नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ। सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले कोरियन दशै छुसकको अवसर पारेर दोस्रो दिन सेप्टेम्बर २४ मा छुसक धमाका आयोजना गरेको हो। कोरियामा कार्यरत सयौ नेपाली कामदाहरुलाइ दुख आपत विपद वा बिरामी पर्दा नेपाल मगर संघले २००३ देखि आफ्नै श्रोतबाट आश्रय दिदै आइरहेको छ। त्यसलाइ अझ राम्रो ब्यबस्थापन गर्न र मगर भाषा,कला,संस्कृतिको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ। राजधानीफुर्सदमा


गुनसान नेपाल कप फूटबल प्रतियोगिताको टाइसिट १२ समूहबिच प्रतिष्पर्धा हुने

कोरियाली महान चाड छुसकको अवसर पारेर गुनसान नेपाली समाज कोरियाले आयोजना गर्न लागेको तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिताको लागि टाइसिट गरिएको छ । आइतबार गरिएको टाइसिटमा पोल ए र पोल बि गरी १२ समूहबिच प्रतिष्पर्धा हुने भएको छ । दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहेका नेपालीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबल प्रतियोगिता सेक्टेम्बर २३ तारिखका दिन दक्षिण कोरियाको झल्लाबुक्दो, गुनसान स्थित ओसिक्दो दोङ्गको २ वटा खेलमैदानमा खेल संचालन हुने भएको छ । दक्षिण कोरियामाफुर्सदमा


मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले सेप्टेम्बर 24 मा कार्यक्रम गर्दै

कोरियाको दोस्रो ठूलो चाड छुसकको अबसर पारेर सेप्टेम्बर 24 का दिनमा नेपाल मुक्तक प्रतिष्ठान काेरिया शाखाले सौल स्थित नेपाल हाउसमा बृहत रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । यस कार्यक्रममा बिशेष गरेर कोरीयामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका सर्जकहरुले आ-आफ्ना रचना वाचन गर्नेछन । प्रतिष्ठान कोरिया शाखाले यस अगाडि पनि थुप्रै कार्यक्रमहरु गर्दै आएको छ भने आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष राम्चन्द्र शर्माले बताउनुभयो । लुकेको प्रतिभालाई प्रस्फुटन गराउने ,श्रष्टाहरुको मनोबल बढाउने,साहित्यमा लाग्न थप उर्जा प्रदान गर्ने, सिर्जनशीलता मा वृद्धि गर्ने तथा नेपाली साहित्यलाईफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...