Advertisement
SKIP THIS

तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सानुमाया तामाङ निर्वाचित


न्युयोर्क : तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । गत शनिबारको दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्बाचित भएको हो ।

तामाङ समाज अमेरिकाको बिधान अनुशार कुल १९ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिव बुद्दिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ , सह-कोषाध्यक्ष साजोन थोकर तामाङ, बोर्ड अफ डिरेक्टर उनिशा थीङ (छोईसाङ) तामाङ , रिनु लामा तामाङ , विष्णुमाया मोक्तान तामाङ, रोजबहादुर घिसिङ तामाङ , अरुणा रुम्बा तामाङ, दिलमाया तामाङ, विष्णु तामाङ, दिपेन्शा लामा तामाङ र तुलबहादुर तामाङ रहेका छन् ।

तामाङ समाज अमेरिकाले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले बताइन् । यथास्थितिवादी सोचबाट उन्मुक्त भएर नयाँ ढंग र शैलीबाट तामाङ समाज अमेरिकाले सामुदायिक गतिबिधि संचालन गर्ने र नेपाली डायस्पोरामा नयाँ परिवर्तन ल्याउने प्रतिवद्दता अध्यक्ष तामाङले व्यक्त गरे ।

“रि-डीफाइनिङ कम्युनिटी एक्टिभिजम् इन् नेपाली डायस्पोरा” भन्ने प्रमुख नारालाई तामाङ समाज अमेरिकाले आत्मासाथ गरेको र सोहि अनुसार आफु अगाडि बढ्ने विश्वास अध्यक्ष तामाङ व्यक्त गरेकी छिन् ।
तामाङ समाज अमेरिकाको आफ्नै कार्यालयमा भएको पहिलो ऐतिहासिक अधिवेशनमा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव भोजराज थोकर, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सह- संयोजक तथा नेपाली काँग्रेशको महासमिति सदस्य वेद खरेल, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षद्वय भरत मोक्तान तामाङ र शान्त थोकरले शुभकामना मन्तब्य दिएका थिए ।

त्यसैगरी मधेशी एसोसियशन इन् अमेरिकाका वरिष्ठ उपाध्यक्ष सतेन्द्र साह, रिजवुड नेपाली समाज अमेरिकाका अध्यक्ष रबिकिरण कोइराला, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङ्छिरिंग शेर्पा, एनआरएन अमेरिकाका महासचिव बिआर लामा, नेपाली जनसम्पर्क समिति अमेरिका लंग आईलेण्ड शाखाका अध्यक्ष विश्व वास्तोला, लंग आईलेण्ड नेपाली समाज अमेरिकाका महासचिव राजन गौली र नेपाल बिद्धार्थी संघ अमेरिकाको अध्यक्ष प्रभात सापकोटा लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तब्य दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...