Advertisement
SKIP THIS

मगर संघ कोरियाको छुसक धमाकाले कोरियाको माहौल तताउदै


सौल,  नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ। सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले कोरियन दशै छुसकको अवसर पारेर दोस्रो दिन सेप्टेम्बर २४ मा छुसक धमाका आयोजना गरेको हो।
कोरियामा कार्यरत सयौ नेपाली कामदाहरुलाइ दुख आपत विपद वा बिरामी पर्दा नेपाल मगर संघले २००३ देखि आफ्नै श्रोतबाट आश्रय दिदै आइरहेको छ। त्यसलाइ अझ राम्रो ब्यबस्थापन गर्न र मगर भाषा,कला,संस्कृतिको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ।
राजधानी सौल मात्र नभइ मोफसलका शहरहरु सुवन,आन्सान,फ्यन्थेक,छनान,थेगु, बुसान,ख्वांग्जु,मोक्पो लगायतका शहरहरुमा पम्पलेटिंग,पोष्टर प्रदर्शनी,टिकट/निमन्त्रणा कार्ड बितरण सम्पन्न भइसकेको मिडिया बिभाग सदस्य डोलु आले मगरले बताउनु भएको छ। कार्यक्रममा केही नयापन केही फरकपन पस्कन आफुहरु तम्तयार रहेको सांस्कृतिक बिभाग सह-संयोजक स्निका थापा मगरले बताउनु भएको छ।
ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु हेमन्त राना,तेरिया मगर,सन्दिप क्षेत्री,मिना निरौला,सागर आले,शान्ति श्री परियार साथै कोरियामा रहने ख्याति प्राप्त नेपाली कलाकारहरुको समिश्रित प्रस्तुति रहने कार्यक्रम १ नम्बर मेट्रो लाइन ख्वाउन्दे यक नजिकै रहेको दोंग्हेमुन यसुल ग्वान हलमा दिउसो १२ बजे देखि हल गुन्जायमान रहने संघका नृत्य निर्देशक बिशाल राना मगर (एस.बी.) ले जानकारी दिनुभएको छ।
कार्यक्रमलाइ भब्य र सभ्य बनाउन कोरियामा रहेका शुभ चिन्तक ब्यापारी सक्रिय सामाजिक अभियन्ताहरुले स्वत स्फूर्त गर्नु भएको आर्थिक सहयोग मात्र २ करोड ५० लाख वन पुगिसकेको र अझै सहयोग आइरहेको संघका कोषाध्यक्ष तथा आर्थिक बिभाग प्रमुख मनु रोका मगरले बताउनु भएको छ।साथै अग्रिम सहयोग गर्ने महानुभावहरुलाइ फोटो सहितको बिशेष पास उपलब्ध गराइने मिडिया बिभागका सदस्य लोक बहादुर पुनले जानकारी गराएका छन्।
लामो इतिहास बोकेको मगर संघको हरेक कार्यक्रम सफल रहेको र यसपाली पनि सम्पुर्ण कोरियामा रहने नेपाली समुदायको साथले कार्यक्रम भब्य सफल रहने संरक्षक तथा संयोजक अप्त पुन मगरले बिश्वासका साथ अनुरोध गर्नु भएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...