Advertisement
SKIP THIS

गुनसान नेपाल कप फूटबल प्रतियोगिताको टाइसिट १२ समूहबिच प्रतिष्पर्धा हुने


कोरियाली महान चाड छुसकको अवसर पारेर गुनसान नेपाली समाज कोरियाले आयोजना गर्न लागेको तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिताको लागि टाइसिट गरिएको छ । आइतबार गरिएको टाइसिटमा पोल ए र पोल बि गरी १२ समूहबिच प्रतिष्पर्धा हुने भएको छ ।

दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहेका नेपालीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबल प्रतियोगिता सेक्टेम्बर २३ तारिखका दिन दक्षिण कोरियाको झल्लाबुक्दो, गुनसान स्थित ओसिक्दो दोङ्गको २ वटा खेलमैदानमा खेल संचालन हुने भएको छ ।

दक्षिण कोरियामा रहेका विविध नेपाली संघ-संस्थाहरू माझ पृथक पहिचानका साथ परिचित, गुनसान नेपाली समाजले सर्वप्रथम सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सभ्य एवम् भव्य रुपमा आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्दै आएको छ ।

विदेशी भुमिमा व्यस्तताका बाबजुद पनि फुटबललाई माया गरी खेल-विकासमा योगदान पुर्याउनुहुने खेलप्रेमी खेलाडी साथीहरूको भावनालाई उच्च कदर गर्दै आयोजना गरिने फुटबल प्रतियोगितामा बिजेता टोलीलाई ३० लाख कोरियन वोन तथा उप-बिजेतालाई १५ लाख कोरियन वोन साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा उत्कृस्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोलरछकलाई ट्रफी, मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिनुका साथै प्रत्येक खेलबाट पनि MAN OF THE MATCH बन्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र द्वारा सम्मान गरिने छ भने अनुसासित टोलि तथा उत्कृस्ट व्यवस्थापकलाई पनि सम्मान गरिने भएको छ ।

त्यस्तै उक्त प्रतियोगितामा आउनुहुने सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई गुनसान नेपाली समाजको तर्फबाट नेपाली खानाको निसुल्क व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

सम्पर्क:

१. अमित योङहाङ लिम्बू -अध्यक्ष, 010-58082127
२. पदम धामी ‘पाइला’ -सचिव, 010-55126256
३. नबिन थापा (Entry Enquiry) – 010-76141466
४. संजिव श्रेष्ठ, 010-79303051

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...