कोरियामा तिसौँ आदिवासी दिवस मनाइयो(फोटा फिचर)


दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका आदिवासी जनजाति समुदायले तिसौँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको छ ।

आज आइतबार राजधानी सौलको एक हलमा झाँकी नाच, विभिन्न नृत्य, खाना प्रदर्शनीलगायत गरी भव्य रूपमा मनाएको हो । जसमा राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, थारु, मगर, ह्योल्मोलगायत विभिन्न दशभन्दा बढी समुदायका झाँकी नाच र नृत्यको प्रस्तुति भएको थियो ।

त्यस्तै जातीय मौलिक परिकारहरू तामाङ, शेर्पाको खाप्से, मगर समुदायको बारा, तरुल, गुरुङ समुदायको भाब्रे रोटी, राई लिम्बु समुदायको वाचिपा, लिम्बु समुदायको याङ्बेन र थारु समुदायको घोंगी, माछा, नेवार समुदायको छोईला, चिउरा आदि प्रदर्शन र खानपान समेत भएको थियो ।

प्रमुख आयोजक संस्था नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अध्यक्ष विशन राईको अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतवास सौलका कार्यवाहक राजदूत पुष्प राज भट्टराई, विशेष अतिथिहरूमा गैर आवासीय नेपाली सङ्घ, दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष उत्तम खाजुम, तमू धीँ दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङ, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष  तुल घर्ती मगर, किराँत राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष पुरन याम्फु, किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्बा लिम्बु, शेर्पा सङ्घ, दक्षिण कोरियाका अध्यक्ष दोर्ची शेर्पा, थारु कल्याणकारी सभा दक्षिण कोरियाका अध्यक्ष  अमर चौधारी, छन्त्याल परिवार दक्षिण कोरियाका अध्यक्ष  अध्यक्ष तिलक छन्त्याल(एडिन), ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष निमा दोङ्बा ह्योल्मो, नेवा पुचः दक्षिण कोरियाका अध्यक्ष सकिन श्रेष्ठ, नेपाली सम्पर्क समितिका अध्यक्ष हरिप्रसाद खनाललगायत जातीय तथा क्षेत्रीय संस्थाहरूको अध्यक्षहरू उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...