Advertisement
SKIP THIS

तमू धीं कोरियाले रजत जयन्ती भव्य रूपमा मनायो


अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो ।

‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानको बाटो खोज्ने उद्देश्यले सन् १९९९ मा स्थापना भएको थियो । संस्थापक अध्यक्ष शान्तमान गुरुङ थियो ।

रजत जयन्ती कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रय तमू परिषद्का संस्थापक अध्यक्ष रेशम गुरुङ र संस्कृतिविद् प्रज्ञा डा. जगमान गुरुङ आइपुग्ने भनिएको थियो । उहाँहरूको भिजा प्राप्त गर्न असफल भएकोले उपस्थित हुन नसकेको कार्यक्रम संयोजक लेशन गुरुङले बताए ।

तमू धींले अघिल्लो दिन साँझ सोही स्थानमा वार्षिक साधारण सभा गरेको थियो ।

रजत जयन्ती कार्यक्रममा सन् २००० को दशकमा चन्द्रकुमारी गुरुङलाई उद्धारमा सहयोग गरेको नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौला र संस्थापक उपाध्यक्ष बेल गुरुङलाई दोसल्ला, प्रशंसा पत्रले सम्मान गरेका छन् । त्यस्तै गाेल्ड मेडालिष्ट (स्वर्ण पदक) विजेता अन्तराष्ट्रिय कराते खेलाडी जमान सिंह गुरूङ, भर्खरै सम्पन्न फिटनेस नेपालद्धारा आयोजित दोस्रो फिटनेस प्रतियोगिताका सेकेन्ड रनरअप प्रविन गुरूङलाई दोसल्ला, प्रशंसा पत्रले सम्मान गरेका छन् ।

त्यस्तै संस्थापक सदस्य, सल्लाहकार, विभिन्न सहयोगी व्यवसायी संस्था, सहयोगी दाताहरूलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका छन् । फोनिज कोरिया डटनेट, विशाल आवाज लगायत मिडियाहरूलाई दोसल्लाले सम्मान गरेका छन् ।

रजत जयन्ती कार्यक्रममा प्रगति विवरण महासचिव वाई.बी. गुरुङले प्रस्तुत गरेका थिए ।

रजत जयन्ती समारोह आइतबार समापन गरेको छैन । कार्यक्रममा संयोजक लेशन गुरुङले आजै कार्यक्रम समापन नभएको बताए । उनले यो वर्षभरि रजत जयन्तीको वर्ष भएकोले वर्षको अन्तिम महिनातिर एक कार्यक्रमका साथ समापन गर्ने बताए । संस्थाकाे स्मारिका प्रकाशन समापन कार्यक्रमै विमोचन गर्ने बताएको छ ।

कार्यक्रममा गुरुङहरूको मौलिक नृत्य घाँटु नाच, सोरठी नाच र साङ्गीतिक प्रस्तुतिहरू साथै मौलिक संस्कृतिको प्रदर्शन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतवास सौलका कार्यवाहक राजदूत पुष्प राज भट्टराई, विशेष अतिथिहरूमा गैर आवासीय नेपाली सङ्घ, दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाका अध्यक्ष विशन राई, नेपाली सम्पर्क समितिका अध्यक्ष हरिप्रसाद खनाललगायत जातीय तथा क्षेत्रीय संस्थाहरूको अध्यक्षहरू उपस्थिति थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...