तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दोस्रो बुद्ध जयन्ति फुट्सल कप २०१९ को उपाधि एभरेष्ट एफसीलाई

तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान द्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा प्रमुख अतिथि DANA कोरियाका president Rev. Tankyeong रहेका थिए । कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा छोटो औपचारीक कार्यक्रमलाई उपाध्यक्ष रण तामाङले स्वागत मन्तव्य राखेका थिए । बिशेष अतिथि नागर्जुङ गुम्बाका लामा प्रमुख उर्गेन लामा र नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवाले बुद्ध र बुद्ध जन्मेको देशफुर्सदमा
दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानले अप्रिल २८ मा आयोजना गर्न गइरहेको दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक गरिएको छ। 걍남 양산 평산동 웅상 체육공원 픗살장 मा २८ टिम सहभागी हुने उक्त प्रतियोगिताको टाइसिट गत आइतबार फेसबुक लाइब मार्फत सार्बजनिक गरिएको हो । प्रतियोगितामा बिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २० लाख वन र उपविजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद १० लाख वन प्राप्त गर्नेछ। प्रतियोगितालाई अनुशासित,निष्पक्ष र विवादरहितफुर्सदमा
मनाङ परिवारले भिजिट नेपाल प्रर्बद्धन गर्न हाइकिङ गर्ने

भिजिट नेपाल २०२० लाई प्रर्वद्र्धन गर्न कोरियाको दोबोङसानमा अप्रिल २१ आइतबार हाइकिङ हुने भएको छ । सो कार्यक्रम मनाङ परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । ‘हामीले सउल छेउछाउमा हुने सबै भन्दा ब्यस्त र राम्रो हाइकिङ स्पट छानेका छौ ।’ मनाङ परिवारका अध्यक्ष जेवी लामाले भने । ‘धेरै कोरियन भेट हुने भएकोले नेपालको बारेमा भन्न र बुझाउन सकिन्छ भन्ने हामीले ठानेका छौ । यसमा सउल वरिपरि हुने साथीहरुको सहभागिताफुर्सदमा
तामाङ समाज ख्यङसाङनाम्दो बुसानअध्यक्ष ब्लोनलाई बिदाई

तामाङ समाज ख्यङसाङनाम्दो/बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोनको सम्मान तथा विदाई कार्यक्रम आईतबार सम्पन्न भएको छ। अध्यक्ष ब्लोन कोरियाको १० वर्ष बसाई पुरा गरि नेपाल फर्किने भए पछि संस्थाकाे जिम्मेवारी बरिष्ठ उपाध्यक्ष सुजित घिसिङले सम्माल्ने भएका छन् । कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत सल्लहाकारले ब्लाेनकाे सफल कार्यकालको प्रशांसा गर्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए । कार्यक्रममा अध्यक्ष ब्लोनले भावी नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेरफुर्सदमा
यो सिजनको पहिलो फुटबल प्रतियोगिता चौथो मर्स्याङ्दी च्याम्पियनसिप मे ५ मा हुने

लमजुङ एफ.सी. दक्षिण कोरिया द्वारा आयोजित पत्रकार सम्मेलन आज सौल दोङ्देमुनमा सम्पन्न भएको छ।एफ.सी.का संयोजक जित गुरुङको सभापतित्वमा ,एन आरएन एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ को बिशेष अतिथ्यता रहेको सम्मेलनमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुंवर ,फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ ,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष कुमार राई,नेवा:पुच दक्षिण कोरियाका अध्यक्ष पुरु जोशीको अतिथ्यता रहेको थियो । नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा रहेरफुर्सदमा
कोरियामा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

स्थापना भएको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ साल तथा बुद्ध जयन्तीको अवसरमा २०१९ अप्रिल २८ तारिखमा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गत वर्ष प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता भएको ठाउँ 웅상체육공원 मा हुनेछ। 부처님은 네팔에서 태어났습니다 (Buddha was Born in Nepal) भन्ने मुल नाराका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नको लागि प्रतियोगिता आयोजनाफुर्सदमा
च्याम्पियन्स लिगः प्रि–क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी

च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वार्टरफाइनलका सम्पूर्ण खेलहरु सकिएसँगै विभिन्न आठ क्लबहरुले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। प्रि–क्वाटरफाइनलमा धेरै अप्रत्यासित नतिजाहरु निक्ले। धेरै क्लबहरुलाई हारबाट जोगाउन स्टार खेलाडीहरुले निकै ठूलो भूमिका खेले। प्रि–क्वार्टरफाइनलको खेलबाट साविक विजेता रियल मड्रिड अन्तिम १६ बाट बाहिरियो। उता युनाइटेडले आफ्ना सिनियर खेलाडीबिना नै बलियो मानिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अप्रत्यासित नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। प्रि–क्वाटरफाइनल खेलमा स्टार खेलाडी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकु,फुर्सदमा
दक्षिण कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरु बाँडफाड सम्पन्न

गत आईतबार नेपाल कोरिया भलिबल संघको आयोजनामा कोरियामा हुने विभिन्न भलिबल प्रतियोगिताहरुको कार्यक्रम बाँडफाँड भएकाे छ । सउलमा भएकाे कार्यक्रम भलिवल संघका संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित भएका थए । हाम्रो प्रतिबद्दता ,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता भन्ने मुल नारा सहित दक्षिण कोरियामा रहने नेपाली भलिबल खेलाडीहरुको प्रोत्साहन र हौसला स्वरुप,नेपाली भलिबल खेलको बिकास र प्रबर्द्दनमा प्रावासी भूमिबाट टेवा पुर्याउन र नेपालीफुर्सदमा
दक्षिण कोरियामा बर्ष भरि हुने फुटबल प्रतियोगिताको कार्यक्रम बाँडफाँड सम्पन्न

फुटबल महासंघ दक्षिण कोरियाले यो बर्ष भरि आयोजना गरिने फुटबल प्रतियोगिताको बाँडफाँड गरेको छ । आइतबार बसेको महासंघको बैठकले सो बाँडफाँड गरेको हो । सन् २०१९ को पहिलो खेल मे महिनाको ५ तारिखमा लमजुङ एससिले सउलमा फुटबल प्रतियोगिताको आयोजना गर्नेछ । सोही महिना बुद्ध जयन्ति बुसानमा फुटसल कप हुनेछ । जुन ९ तारिखमा मोना एफसीले सउलमा फुटबल प्रतियोगिताको आयोजना गर्नेछ । जुलाईमा बुसान क्षेत्रमा eफुटबल हुनेछ भने छुसक बिदामा दुईवटाफुर्सदमा
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न : अध्यक्षमा ब्रो तमु

कोरियमा लामो बिदा सलनालको अबसरमा बिभिन्न संघसंस्थाले अधिबेशन गरे । यस्तैमा फेब्रुअरी ६ तारिखमा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको पहिलो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा ब्रो तमु अध्यक्षमा चयन भएका छन् । प्रबासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र विकासको आवश्यकता भन्ने मुल नारा सहित सन् २०१६ मा स्थापना भएको फुटबल संघमा यस अघि तदर्थ समिति गठन भएको थियो । सो समितिमा पनि ब्रो तमु नै अध्यक्षफुर्सदमा