Advertisement
SKIP THIS

चौथो स्याङ्जा कप २०१९ को उपाधि बाग्लुङ् समाजको पोल्टामा


नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित सिजनको पहिलो मैत्रीपूर्ण भलिबल प्रतियोगिता चौथो स्याङ्जा कप २०१९ को उपाधि बाग्लुङ समाज कोरियाले जितेको छ  ।

अनुशासन र स्वास्थ्यको लागि खेल, मनोरञ्जनका साथ प्रवासमा नेपालीको मेल भन्ने मूल नाराका साथ आइतबार भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

जसमा पोल ए बाट क्वार्टरफाईनलमा पर्वत समाज लाई सेमीफाईनलमा सिहुंसि आन्सान दक्षिण कोरियालाई पराजित गरि बाग्लुङ समाज दक्षिण कोरियाले फाईनलको यात्रा तय गरेको थियो भने पोल बी बाट प्रिक्वार्टरफाईनलमा थर्ड आईज थेसु लाई क्वाटरफाईनलमा म्याग्दी मोनालाई सेमीफाईनलमा विश्वकर्मा समाजलाई पराजित गरि फाईनलको यात्रा तय गरेको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाईनल खेलमा आयोजक स्याङ्जा परिवार ए लाई १-२ सेटले पराजित गर्दै बाग्लुङ समाजले उपाधि चुम्न सफल भएको थियो। उपाधि संगै विजेता टिमले कप, नगद १३ लाख वन र प्रमाणपत्र हात पार्न सफल भयो भने उपविजेता टिमले कप, नगद १० लाख वन र प्रमाणपत्र हात पार्न सफल रह्यो। यसैगरि सिहुङ्सी आनसान र विश्वकर्मा समाजले नगद ३लाख ५० हजार वनको दरले सान्तवना स्थानमा चित्त बुझाउनुपर्यो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बाग्लुङ समाजका जर्सी नं ४ का खेलाडी रमेश थापा भएकलाई घोषित गरियो र उहांले नगद, कप र प्रमाणपत्र प्राप्त गर्यो।प्रतियोगितामा खेल सञ्चालनको लागि राष्ट्रिय रेफ्रि अमित रानाको संयोजकत्वमा राष्ट्रिय रेफ्रि श्रवण श्रेष्ठ, राष्ट्रिय रेफ्रि डिलु बिरकट्टा मगर, राष्ट्रिय रेफ्रि लोकेन्द्र भट्टचन र राष्ट्रिय रेफ्रि दिपक थापा रहेका थिए ।

आयोजक स्याङ्जा परिवारका अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन,समापन र पुरस्कार वितरण कार्यक्रममा एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङको प्रमुख अतिथ्यता रहेको थियो भने नेपाल कोरिया भलिबल संघका संयोजक भजिन्द्र क्षेत्री र एनआरएनए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङको बिशेष अतिथ्यता संगै विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको अतिथ्यता र कोरिया विभिन्न भूभागबाट आएका खेलाडी तथा खेलप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
बिहान ११ बजेबाट बेलुकी ९ बजेसम्म सञ्चालन भएको प्रतियोगिता चौथो स्याङ्जा कप २०१९ लाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई सभापति युवराज गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । प्रतियोगिताको औपचारिक कार्यक्रम स्याङ्जा परिकार दक्षिण कोरियाको केन्द्रिय सचिव भक्त थापाले सञ्चालन गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...