सातौं रेसुङगा भलिबल कपको टाईसिट सार्वजनिक


गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि जून २ तारिख हुन लागिरहेको सातौं रेसुङगा कप भलिबल प्रतियोगिताको लागि टिम दर्ता र टाईसिट सार्वजनिक भएको छ । गत आईतबार सौलमा एक कार्यक्रम गरि सम्पन्न भएको हो । साथै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ ।

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान भन्ने मूल नारा सहित यो सिजनको दोश्रो प्रतियोगिता रेसुङ्गा कपमा कुल ९ टिमले सहभागिता जनाएको छ । जसमा आयोजक गुल्मी ए र बी, विश्वकर्मा समाज, थर्ड आईज थेसु, कालीगण्डकी ब्वाईज, म्याग्दी मोना, स्याङ्जा परिवार, सिहुङ्सी आनसान र बाग्लुङ समाज रहेका छन्।

प्रतियोगितामा प्रथम हुनेलाई १३ लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र, द्धितिय हुनेलाई १० लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र र तृतिय पुरस्कार २ टिमलाई ३ लाख ५० हजार वन प्रदान गरिने समितिका अध्यक्ष चन्द्र रानाले जानकारी दिएको छ । यसै गरि प्रतियोगितामा भेट्रान्स खेल पनि हुने अध्यक्ष रानाले जानकारी दिए । जसको लागि उक्त दिन बिहान ११ बजे सम्म खेल मैदानमा रहने अफिसियल डेक्समा टिम दर्ता गर्न सकिने बताएको छ ।

विविध कारणवश पहिला निर्धारित स्थान रद्द हुन गएकोले प्रतियोगिता ख्याङ्गिदो पोछन सि मा हुने जानकारी आयोजकले जनाएको छ । विभिन्न स्वादिष्ट नेपाली परिकारहरुको स्टल समेत रहने उक्त प्रतियोगितामा उपस्थितिको लागि आयोजक गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कोरियाबासी सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध गरेको छ । खेल बिहान ९ बजे देखि शुरु हुने जनाएको छ।

खेलहुने स्थान-: 포천종합 운동장(경기 포천시 군내면 호국로 1518)

जानेतरिका-: लाइन नं 1 의정부 역बाट 138,72,138-5 नं बस चढेर 포천 고등학교 앞झरेर 2/3 मिनेट हिड्ने
Express bus-: 동서울,동송,수원,신철원,안산,와수,인천,춘천(pocheon terminal बाट 3000 वन)

सम्पर्क नं.
01075652051 चन्द्र राना

01065982152 गणेश पौडेल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...