तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा दोश्रो नेपाल भलिबल कप आयोजना हुंदै।

सौल, कोरियामा नेपाली भलिबल खेलको बिकास र बिस्तारको लागि सन् २०१७ मा गठित नेपाल कोरिया भलिबल संघको आयोजनामा यहि आउंदो कोरियन गर्मी विदाको अवसर पारेर जुलाई २८ तारिख दोश्रो नेपाल भलिबल कप आयोजना हुने भएको छ। आज सौलमा सम्पन्न संघको बिशेष बैठकद्वारा यो सिजनको चौथो प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप”आयोजना गर्ने निर्णय पारित गरिएको हो।”हाम्रो प्रतिबद्दता,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मुल नारासहित कोरियाबासी भलिबल खेलाडीहरुको लागि “भलिबल खेलाडीफुर्सदमा
फिफा U-20 विश्व कपमा दक्षिण कोरियाले दोस्रो स्थानमै चित्त बुझायो

फिफा(FIFA) अन्डर-२०(U-20 ) विश्व कपको फाइनलमा युक्रेन सँग पराजित हुँदै दक्षिण कोरियाले दोस्रो स्थानमा चित्त बुझाएको छ । कोरियन समय अनुसार आइतबार बिहान १ बजे पोल्याण्डको लोज स्टेडियममा भएको खेलमा कोरिया ३-१ ले पराजित भएको हो । खेलको ५ औं मिनेटमा कोरियाका लागि ली खाङ्ले पेनाल्टीलाई गोलमा गोलमा परिणत गरेपछि सुरुवाती अग्रता लिएका थिए । तर युक्रेनले उत्कृष्ट ३ गोल फर्काएपछि कोरियाली खेलाडीले उपविजेताको रुपमा चित्त बुझाउनु पर्यो । युक्रेनकाफुर्सदमा
दक्षिण कोरिया पहिलोपटक फिफा U-२० विश्व कपको फाइनलमा

दक्षिण कोरिया पहिलोपटक फिफा(FIFA) U-२० विश्व कपको फाइनलमा पुगेको छ । पोल्याण्डमा मंगलवार भएको खेलमा मरिसिस विरुद्ध १-० को जीत निकालेपछि कोरिया पहिलोपटक फाइनल पुगेको हो । लुबलिन स्टेडियममा भएको उक्त खेलमा स्टाइकर चोई जूनले ३९ औं मिनेटमा गरेको एक गोलले नै कोरियाको युवा खेलाडीलाई पहिलोपटक फाइनल सम्म पुर्याएको कोरियाली संचार माध्यमहरुले जनाएका छन् । पोल्यान्डको लोज शहरमा लोज्ज स्टेडियममा हुनेफाइनल खेलमा दक्षिण कोरियाले युक्रेनको सामना गर्नेछन् । खेल आगामीफुर्सदमा
विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा हेर्न सकिने

विश्वकप क्रिकेटको लाइभ अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि हेर्न पाउने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको प्रेडिक्ट एण्ड विन अपडेट सहितको नयाँ अपडेट सार्वजनिक गरेको हो । यो अपडेट गुगल प्लेस्टोरबाट उपडेट गर्न सकिनेछ । ‘विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनै पनि संस्करणमा यो हाम्रो पहिलो प्रयास हो, यसअघिको विश्वकप फुटबलमा हामीले दिएको तिब्र अपडेटलाई यहाँहरुले निक्कै रुचाए पछि ‘हाम्रो पात्रो’कोफुर्सदमा
सातौं रेसुङगा भलिबल कपको टाईसिट सार्वजनिक

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि जून २ तारिख हुन लागिरहेको सातौं रेसुङगा कप भलिबल प्रतियोगिताको लागि टिम दर्ता र टाईसिट सार्वजनिक भएको छ । गत आईतबार सौलमा एक कार्यक्रम गरि सम्पन्न भएको हो । साथै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान भन्ने मूल नारा सहित योफुर्सदमा
विराजको नेतृत्वमा नेपाली फुटबल टिमको घोषणा, विमल र भरत टिम बाहिर

जुन २ र ६ मा हुने मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् । आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । नेपाली टीममा पहिलोफुर्सदमा
च्याम्पियन प्रशिक्षक गार्डिओला

इङ्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला हाल विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा छन् । बार्सिलोना, बायर्न म्युनिख हुँदै म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षकको यात्रा गरेका उनले सबै क्लबमा उत्कृष्ट सिजन बिताए । उनले बार्सिलोनामा तीन ला लिगाको उपाधि, दुई कोपा डेल रे, दुई च्याम्पियन्स लिग, तीन स्पेनिस सुपर कप, दुई युईएफए सुपर कप र दुई फिफा वर्ड कप जितेका थिए । सन २००८ देखि २०१२ सम्म बार्सिलोनामा बसेर १४ उपाधि जिताएका उनिफुर्सदमा
गुल्मी सम्पर्क समितिले जुन २ तारिख सातौ रेसुङगा भलिवल कपको आयोजना गर्ने

गुल्मी सम्पर्क समिति दक्षिण काेरियाले आउदो जुन २ तारिखका दिन सातौ रेसुङगा भलिवल कपको आयोजना गर्ने भएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान भन्ने मूल नाराका साथ कोरियामा रहेका विभिन्न भलिवल टिमहरु बिच मैत्रिपूर्ण भलिवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेलाई १३ लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र, द्धितिय हुनेलाई १० लाख कोरियन वनफुर्सदमा
चौथो स्याङ्जा कप २०१९ को उपाधि बाग्लुङ् समाजको पोल्टामा

नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित सिजनको पहिलो मैत्रीपूर्ण भलिबल प्रतियोगिता चौथो स्याङ्जा कप २०१९ को उपाधि बाग्लुङ समाज कोरियाले जितेको छ । अनुशासन र स्वास्थ्यको लागि खेल, मनोरञ्जनका साथ प्रवासमा नेपालीको मेल भन्ने मूल नाराका साथ आइतबार भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । जसमा पोल ए बाट क्वार्टरफाईनलमा पर्वत समाज लाई सेमीफाईनलमा सिहुंसि आन्सान दक्षिण कोरियालाई पराजित गरि बाग्लुङ समाज दक्षिणफुर्सदमा
मेस्सीले पूरा गरे ६०० गोल

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबका लागि ६०० गोल पूरा गरेका छन् । बुधबार राति लिभरपुलविरुद्धको खेलमा दुई गोल गरेका उनले बार्सिलोनाका लागि कीर्तिमानी ६०० गोल पूरा गरेका हुन् । मेस्सीले खेलको ८२ औँ मिनेटमा गोल गर्दै नयाँ रेकर्ड बनाएका हुन् । मेस्सीले यसै सिजनमा मात्र फ्रिकिकमा ८ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि १४ वर्ष अगाडि मे १ मा नै पहिलो गोल गरेका थिए । मेस्सीले बार्सिलोनाबाटफुर्सदमा