Advertisement
SKIP THIS

दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक


तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानले अप्रिल २८ मा आयोजना गर्न गइरहेको दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक गरिएको छ। 걍남 양산 평산동 웅상 체육공원 픗살장 मा २८ टिम सहभागी हुने उक्त प्रतियोगिताको टाइसिट गत आइतबार फेसबुक लाइब मार्फत सार्बजनिक गरिएको हो ।
प्रतियोगितामा बिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २० लाख वन र उपविजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद १० लाख वन प्राप्त गर्नेछ। प्रतियोगितालाई अनुशासित,निष्पक्ष र विवादरहित दंगले सम्पन गर्नको लागि खेलाडीहरुले पालन गर्नु पर्ने नियमहरु पनि सार्बजनिक गरिएको छ।
नियमहरु

१)यस खेल फुटसलको नियम अनुसार खेलाइनेछ।
२)यस खेलमा खेलाडी सङ्ख्या ८ जना र १ जना मेनेजन गरि जम्मा ९ जना हुनुपर्ने छ।
३)यस खेल जम्मा २० मिनेटको हुनेछ र खेल सुरु भएको १० मिनेटपछि २ मिनेट विश्राम हुनेछ।
४)यस खेलमा प्रयोग हुने खेल सामग्रीहरु फुटसल जुत्ता (फुटबल जुत्ता मान्य हुने छैन) मोजा,प्याड र जर्सी नम्बर स्पष्ट देखिने हुनुपर्नेछ।
५)यस खेलमा थ्रो खुट्टाले गर्नु पर्नेछ, थ्रो गर्दा ५ सेकेन्ड भित्र नै गर्नुपर्ने छ अन्यथा फाउल गनिने छ।
६)खेलाडीले ब्याक पास किपरलाई दिएमा किपरले ५ सेकेन्ड भन्दा बढी होल्ड गर्न पाउने छैन।
७)किपरले आउट बल दिदा हातले दिनुपर्ने छ र सिधा सेन्टर कटाउन पाइने छैन।
८)कुनै खेलाडीले २ ओटा पहेलो कार्ड अथवा सिधै रेड कार्ड पाएमा सो खेलाडी ३ मिनेट खेलमैदान बाट बाहिरिनु पर्नेछ यदि ३ मिनेट भित्रमा गोल गरेमा ३ मिनेट आगाडी नै सो खेलाडी मैदान प्रवेश गर्न पाउने छ।
९)खेल अवधिमा कुनै खेलाडी घाइते भएमा प्राथमिक उपचार आयोजकले गर्नेछ र अन्य दुर्घटना भएमा सम्बन्धित क्लब तथा खेलाडी स्वयं जिम्मेवार रहनेछ।
१०)निर्धारित २० मिनेटमा पनि खेल बराबरी भएमा स्वत: पेनाल्टी सुट आउटमा जानेछ।
११)एक टिम बाट खेलिसकेको खेलाडी अर्को टिम बाट खेल्न पाउने छैन।
१२)कुनै पनि टिममा बिदेशी खेलाडी खेलाउन पाउने छैन।
१३)कुनै पनि खेलाडी मादक पदार्थ वा लागु पदार्थ सेवन गरि मैदान प्रवेश गर्न पाउने छैन।
१४)खेल दौरानमा कुनै पनि खेलाडीको समर्थक खेल मैदान प्रवेश गर्न पाउने छैन।
१५) रेफ्रीको निर्णय नै अन्तिम हुनेछ।

नोट: माथि उल्लेखित नियमहरु सम्पूर्ण खेलाडीहरुले अनिवार्य रुपमा पालन गर्नु पर्नेछ।र उक्त नियम लिस्टमा टिम मेनेजरले खेल अगावै हस्ताक्षर गरि आयोजकलाई दिनु पर्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...