विराजको नेतृत्वमा नेपाली फुटबल टिमको घोषणा, विमल र भरत टिम बाहिर


जुन २ र ६ मा हुने मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् ।

आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । विंगर मिडफिल्डर अभिषेक मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय खेलाडी हुन् ।

त्यस्तै, पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् । उनी राष्ट्रिय टीमबाट फुटबल खेल्नकै लागि अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

यो पटकको फरवार्ड लाइनमा दुई जना चर्चित खेलाडी पनि नहुने भएको छ । आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपालले जुन २ तारिखमा मलेसियासँग उसैको भूमिमा खेल्दैछ भने जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्दैछ ।

यस्तो छ नेपाली फुटबल टिम

गोलकिपर :
किरण चेम्जोङ
एलन न्यौपाने
विकेश कुथु

डिफेन्स :
विराज महर्जन (कप्तान),
सरोज दाहाल,
रन्जित धिमाल,
सुमन अर्याल,
अनन्त तामाङ,
अजित भण्डारी,
देवेन्द्र तामाङ,
रवि सिलवाल

मिडफिल्ड/फरवार्ड :
सुनिल बल,
रवि पासवान,
सुजल श्रेष्ठ,
विशाल राई,
रोहित चन्द,
विक्रम लामा,
सन्तोष तामाङ,
तेज तामाङ,
विमल राना,
नवयुग श्रेष्ठ,
अभिषेक रिजाल र
अञ्जन विष्ट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !
  • सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...