तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे प्रथम अधिबेशन फेब्रुअरी ६ तारिख हुने।

नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे प्रथम अधिबेशन यहि आउदाे फेब्रुअरी ६ तारिख साैल तुन्देमुनमा हुने भएकाेछ। प्रवासी भुमी दक्षिण काेरियामा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कल्वहरुलाई एकताकाे शुत्रमा गासी नेपाली फुटबल प्रेमीहरु एक हाै भन्ने भावनालाई जागृत गराउदै “प्रवासी भुमीमा हामी नेपाली फुटबल प्रेमीहरुकाे एकता र बिकासकाे आवश्यकता ” भन्ने मुल नाराका साथ २०१६ मा नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे तदर्थ समिति गठन गरिएकाे थियाे। नेपाली फुटबलकाे बिकास र फुटबलफुर्सदमा
एमबाप्पे र मोडरिचले तताएको फुटबल

एजेन्सी । २०१८ को जुलाई १५मा मस्कोस्थित लुझनिकी रंगशालाले सम्पूर्ण विश्वको ध्यान आफूतिर तानेको थियो । रुसले पहिलो पटक आयोजना गरेको विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको फाइनल लुझनिकीले त्यही दिन सम्पन्न गरेको थियो । जहाँ तेस्रो पटक फाइनल खेल्दै गरेको फ्रान्सले दोस्रो पटक विश्व च्याम्पियनको ताज पहिरियो । धेरैको अपेक्षा विपरित पहिलो पटक फाइनल पुगेको क्रोएसियाको सनसनीले उपविजेताभन्दा माथिको उपलब्धि हासिल गर्न सकेन । क्रोएसियाले विश्वकपमा उपविजेताको क्लाइमेक्समै चित्तफुर्सदमा
जुजे मोरिन्ह्योको पतन: किन भए उनी म्यानचेस्टर युनाइटेडका असफल म्यानेजर

जुजे मोरिन्ह्योलाई म्यानचेस्टर युनाइटेड फुटबल क्लबले बर्खास्त गरेको छ। उनको जस्तो व्यक्तित्व छ र जति ठूलो नाम म्यानचेस्टर युनाइटेड क्लबको छ त्यो हिसाबले हेर्दा यो स्तब्ध तुल्याउने खाले समाचार हो, तर यो अचानक भएको वा आश्चर्यजनक कुरा भने होइन। यस्मा अचम्मको कुरा एउटा मात्र छ त्यो हो यो किन ढिलो भयो? न्यूकासलसँगको खेलमा म्यानचेस्टर युनाइटेडको प्रदर्शन राम्रो नभइदिएको भए केही महिनाअघि नै मोरिन्ह्योको पद जान सक्थ्यो। उक्त खेलमा दुई शून्यलेफुर्सदमा
खेल जगतमा छुट्टै ग्रहका ज्लाटान

सामान्य फुटबलर वा सामान्य मानिस त्यति अभिमानी स्वभावका साथ जिउन सक्दैनन्, तर ज्लाटान इब्राहिमोभिचका लागि त्यो सामान्य विषय हो । किनकी उनी ज्लाटान हुन् । स्विडिस स्ट्राइकरको व्यक्तिगत विवरणले देखाउँछ, उनले युरोपका सबै ठूला क्लबमा राज गरिसकेका छन् । अयाक्स, युभेन्ट्स, बार्सिलोना, मिलानका दुवै टिम, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडका जर्सी लगाएर उनले आफ्नो प्रभाव विश्वलाई देखाइसकेका छन् । मैदानमा उनले अत्यन्तै शानदार गोलहरु थुप्रै गरे । विपक्षीफुर्सदमा
पहिलो एनआरएन दक्षिण काेरियाकाे उपाधी झापा एफसीले जित्यो

पहिलो एनआरएन कपको उपाधी झापा फुटबल क्लब दक्षिण कोरियाले जितेको छ । दक्षिण कोरियाको फोछनसीको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा सुवन फुटबल क्लब विरुद्ध झापा फुटबल क्लब दक्षिण कोरियाले १-० को नतिजा निकाल्दै झापा एफसीले उपाधी जितेको हो । खेलको पहिलो हापसम्म दुबै टोलीले बराबरी खेलेका थिए। दोस्रो हापमा झापा एफसीका किरण जाबेगुको कर्नर किकलाई सदुपयोग गर्दै हाङ्सु लिम्बुले हेड मार्फत निर्णायक गोल सँगै झापा एफसीलाई उपाधी चुम्न सफल भयोफुर्सदमा
काेरियामा फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले यही नोभेम्बर ४ तारिख अाइतबार आयोजना गर्न लागेको फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे एन अार एन ए काेरियाका अध्यक्ष लक्ष्मी गुरूङले जनाएका छन् । काेरियामा सक्रिय १५ नेपाली फुटबल टिमले प्रतियाेगितामा भाग लिने कुरा खेल संयोजक तथा बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङले बताए। उक्त दिन अायाेजकले विभिन्न उत्कृष्ट नेपाली परिकारहरुकाे पनि ब्यवस्था गरेकाेछ। आफ्नो आफ्नो टिमलाई हौसलाफुर्सदमा
रियल मेड्रिड छोड्नुको कारण खोले रोनाल्डोले

क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको सम्बन्धका कारण स्पेनिस क्लबमा ९ वर्षे चम्किलो करियरमा पूर्णविराम लगाउनु परेको बताएका छन् । रियालको टोलीमा सर्बकालीन उच्च गोलकर्ताको कीर्तिमान बनाएपछि झण्डै १० करोड युरोमा चार महिनाअघि युभेन्ट्स सरुवा भएका थिए । रोनाल्डोको तिव्र चाहना र अनुरोधका कारण उनको युभेन्ट्स सरुवा सम्भव भएको रियालले दाबी गरेको थियो । रोनाल्डोले एउटा अन्तर्वार्ता दिने क्रममा रियालको दाबी सत्य सावित हुने गरी ‘आफूप्रति पेरेजको व्यवहार फरकफुर्सदमा
एसियन गेमका रजत पदक विजेता खेलाडीलाइ काेरियामा सम्मान

इन्डोनेसियामा सम्पन्न भएको एसियन गेममा रजत पदक बिजेता प्याराग्लाइडिङका खेलाडी हरुलाई शुक्रवार दक्षिण कोरियाकाे सउलमा सम्मान गरिएको छ । उनीहरू कोरियाको गोछांगमा अक्टोबर १७ देखि २१ सम्म सम्पन्न २०१८ प्रि प्याराग्लाइडिङ वर्ल्ड कपमा नेपालबाट सहभागिता जनाउन काेरिया अाएका हुन् । नेपाली प्याराग्लाइडिङ रास्ट्रिय टिम मुख्य प्रशिक्षक योगेश भट्टराई, टिम ब्यबस्थापाक कृष्ण भण्डारी, प्याराग्लाइडिङ खेलाडी तथा एसियन गेमका रजत पदक बिजेता बिशाल थापा, युकेश गुरुङ, विजय थापा, शुशील गुरुङ तथा प्याराग्लाइडिङ रेस्ट पाइलटफुर्सदमा
कोरियामा थारु कल्याणकारीणी सभाले राष्ट्रिय तेक्वान्दो खेलाडीलाई सम्मान गर्यो

थारु कल्याण कारिणी सभा (थाकस) दक्षिण कोरियाले नेपालको रास्ट्रिय तेक्वान्दाे खेलाडिहरुलाइ सउलमा एक कार्यक्रम अायोजना गरि सम्मान गरेको छ। विश्व तेक्वान्दाे महासंघले कोरियाको मुजुमा सेप्टेम्बर २८ देखि अोक्टुबर १२ सम्म आयोजना गरेको प्रशिक्षक प्रशिक्षण (master training ) मा सहभागिहरुलाइ उक्त सम्मान गरेको थाकस कोरियाका अध्यक्ष शिब चाैधरीले बताए। नेपाल लगायत बंगलादेश, भारत, पाकिस्तान, श्रिलंका, मंगोल, सुडान, मेक्सिको, अमेरिका, थाइल्यान्ड, ईथोपिया र चीन गरि १२ देशका ८० जना खेलाडि सहभागी थिएफुर्सदमा
तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबलको उपाधी धरान एफसिलाई

लमजुङ एफसी दक्षिण कोरियाले अायाेजना गरेकाे तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले हात पारेकाे छ । छुसकको तेस्रो दिन अर्थात सेप्टेम्बर २५ मा तोङ्दुचन स्थित खेलमैदानमा भएकाे प्रतियाेगीतामा २७ फुटवल क्लवको सहभागिता रहेको लमजुङ एफसीका मेनेजर कृष्ण गुरुङले जानकारी गराए । प्रतियोगितामा सहभागी विभिन्न फुटवल क्लबहरू बीच प्रतिस्पर्धात्मक खेल भएकाे थियाे । फाइनलमा लमजुङ एफसि र धरान एफसीले निक्कै प्रतिस्धपधार्धात्मक खेल भएकाे थियाे । निर्धारित समयमा दुबै टाेलीबाटफुर्सदमा