तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
२०२३ छुसकमा मनोरञ्जनको सांगीतिक फुल प्याकेज “आँधीखोला सांगीतिक सौगात-६”

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो । पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउनेफुर्सदमा
मुन्माक एफसीले रच्यो इतिहास, विजेता बन्दै पायो १३ लाख कोरियन वोन

कोरिया स्थित छुङ्छङ्बुक्दोमा लोटस फूटबल क्लबद्वारा आयोजित “6A साईड फूटसल प्रतियोगिता २०२३” को उपाधी मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । छुङ्छङ्बुक्दो स्थित खेलमैदानमा गत आईतबार १८ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा हिमालयन फूटबल क्लब मुगुक “B” लाई पाखा लगाउँदै मुन्माक एफसी विजेता बनेको हो । सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध ३ गोलले विजयी बनेको मुन्माक फूटबल क्लबले नगद १३ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेताफुर्सदमा
कोरियाको किम्हेमा गुरुङ चलचित्र ‘बारा-पोखरी’ जून २५ मा प्रदर्शन हुने

धेरै लामो समयपछि दक्षिण कोरियाको किम्हेमा गुरुङ भाषाको चलचित्र “बारा-पोखरी” प्रदर्शन हुने भएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा यही जून २५ तारिख बुसान किम्हे सहरको (김해시 분성로 33522-1,28) हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेश भित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षले बताउँदै नेपालका गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु,त्यसले निम्त्याएका समस्याहरुले देखि लिएर आफ्नोफुर्सदमा
चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्रफुर्सदमा
किरात राई यायोक्खा कोरियाको महाधिवेशन जुलाई २ मा

किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेशन हुने निश्चित भएको छ। आगामि जुलाई २ तारिख आइतवारका दिन सौल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभा हलमा कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष पदम राईले जानकारी गराएका छ। कोरोना महामारीका कारण यस संस्थाको अधिवेशन पनि पछाडि धकेलिएको हो। प्राविधिक कारणले पत्र प्राप्त गर्न नसकेका संस्थाका प्रतिनिधी लगायत कोरियामा विभिन्न पेसामा आवद्ध रहेका नेपालीहरुलाई यसै समाचारलाई आधार मानेरफुर्सदमा
एनसीसी कोरियाद्वारा कार्यक्रम बाँडफाँड, छुसकमा चार सस्थाले सांगीतिक कार्यक्रम गर्ने

नेपाली सम्पर्क समिति (एनसीसी) द्वारा सांगीतिक कार्यक्रमको बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार दोङ्देमुन स्थित निक ट्राभलको हलमा भएको कार्यक्रममा आगामी छुसकमा ४ संस्थाहरुलाई सांस्कृतिक कार्यक्रम गर्न दिइने भएको हो । यस अनुसार छुसकको पहिलो दिन २८ तारिखमा सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । त्यस्तै दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ मकवानपुर कोरिया मन्च र स्याङ्जा परिवारले सांगीतिक कार्यक्रम गर्ने छ । छुसककोफुर्सदमा
तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन आउँदो जूलाई २ मा हुने

तमू (गुरुङ) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशन हुने भएको छ । संस्थाले आफ्नो दुई वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने प्रावधान अनुसार आउँदो जूलाई २ तारिक सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा उक्त महाधिवेशन हुने भएको हो । उक्त आसन्न दशौं केन्द्रीय महाधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि खोम प्रसाद गुरुङ (कास्की),फुर्सदमा
लोकसेवा तैयारी गरिरहेका लिम्बूहरुलाई चुम्लुङ बुसान शाखाले एक लाख रुपैँया प्रदान गर्ने

लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरूलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ । ५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी गरिरहेका ५ जना लिम्बुहरू लाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने कियाचु बुसान शाखाका अध्यक्ष सन्जोग कन्दङवाले बताए । सरकारी सेवामा समुदायगत चासो अभिवृद्धि गराउने उद्देश्यले प्रोत्साहन रकम प्रदान गर्न लागिएको हो । लोकसेवा तयारी कक्षाको प्रोत्साहन रकम प्राप्त गर्नकोफुर्सदमा
चलचित्र “जारी” सुवन शो बाट साढे छयालीस लाख कोरियन वोन भन्दा बढी वचत

वन्जु मुन्माक मैत्री समाजद्धारा २०२३ मे २१ तारिक प्रदर्शन गरिएको ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोको आय व्यय सार्वजानिक गरिएको छ । समाजले ख्वाउन्दो क्षेत्रको वन्जु मुन्माक क्षेत्रबाट करिब दुई घण्टाको बाटो तय गर्दै सुवन सहर स्थित एक सुविधा सम्पन्न हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । सन् २०२२ मा स्थापना भएको समाजले आफ्नो शुरुवाती संस्थागत कार्यक्रम अन्तर्गत चुनौती मोल्दै चलचित्र प्रदर्शनको निम्ति जुटेको समाजका अध्यक्ष विष्णु खत्रीलेफुर्सदमा
तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमाफुर्सदमा