Advertisement
SKIP THIS

एनसीसी कोरियाद्वारा कार्यक्रम बाँडफाँड, छुसकमा चार सस्थाले सांगीतिक कार्यक्रम गर्ने


नेपाली सम्पर्क समिति (एनसीसी) द्वारा सांगीतिक कार्यक्रमको बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार दोङ्देमुन स्थित निक ट्राभलको हलमा भएको कार्यक्रममा आगामी छुसकमा ४ संस्थाहरुलाई सांस्कृतिक कार्यक्रम गर्न दिइने भएको हो ।

यस अनुसार छुसकको पहिलो दिन २८ तारिखमा सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । त्यस्तै दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ मकवानपुर कोरिया मन्च र स्याङ्जा परिवारले सांगीतिक कार्यक्रम गर्ने छ । छुसकको अन्तिम दिन ३० तारिकमा पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने भएको छ ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली राजदूतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । एन्सीसीका पूर्व अध्यक्ष लोचन राई, NRNA पूर्व अध्यक्ष लक्ष्मि गुरुङ लगायत कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यसरी एनसीसीको कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सबै संघ संस्था र व्यक्तित्वहरुले साथ र सपोर्ट गरेकोमा संस्थाका अध्यक्ष खनालेले खुसी ब्यक्त गरेका छन । “मैले आश गरेको भन्दा बढी यसरी सबैले साथ र सहयोग गर्नु भएकोमा सवैलाई धेरै धेरै धन्यवाद दिन चहान्छु ।” अध्यक्ष खनालले भने । यसैगरी आगामी दिनहरुमा पनि सवैको साथ र सहयोगले संस्थालाई अज बलियो बनाउदै लैजाने प्रतिबद्धता पनि गरेका छन् ।

लामो गौरवमय इतिहास बोकेको संस्था एनसीसी दक्षिण कोरियामा पुरानो र यहाँ रहेका सबै संस्थाहरुको छाता संस्था हो । विगत देखी नै एनसीसीले यसरी नै छुसक र सलनालमा हुनेसांगीतिक कार्यक्रम बाँडफाँड गर्दै आएको छ । पछिल्लो केही बर्ष भने कोरोना महमारीका कारण यस्तो कार्य स्थगित भएको थियो । कोरोन कहर मत्थर हुदै गएपछि गत वर्ष केही संस्थाहरुले आफ्नै तरिकाले गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...