तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा क. हतियार
कथा लगभग पाँच महिना पुगेछ। आमाको पाउमा निहुरेर आशिष माग्दा “सधैब हाँसिखुसी रहनु, सहरको रम्झम देखेर जन्मगाँउ र आमालाई नबिर्सनु” आशिष् लिएर बताससङगै उडेका जहाज सङ्गै नया ठाँउमा आईपुगेको। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश। जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ। त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना। भौतिक, आर्थिक र प्राबिधिक बिकासले धेरै अघि बढिसकेको ठाउँ। त्यै ठाँउको प्रबेशबाट नै बन्द कोठा भित्र भित्ताफुर्सदमा
एक रात

कथा: त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल….. बिस्तारै जहाजले चलमलाउन थाले। साँझको ७:३० बजिसकेको थियो। जहाजको चारैतिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानकारी दिदैथियो। नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ। आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो। आमाको आँखामा सधै खुसी बनेर बस्नु। निदाएका सपनाहरुलाई सधै सङ्गीतले बिउझाई रहनु। आमाको काखलाई कहिलै खाली हुन नदिनु……… मनका कुराहरु ओठले फोनकैफुर्सदमा
मानव बस्तीहरूमा
कविता : अचेल त मानव बस्तीहरूमा अचम्म अचम्म हुन थालेछन्। कलियुगको कमाल होला सायद यहाँ ठगहरु नै ठगिन थालेछन्। चोरहरूको नै चोरी हुन थालेछन्। लुटेराहरू नै लुटीने बस्तीहरू पो बन्न थालेछन् अचेल। त्यसैले होला, विभिन्न मिडियाको ढोल बजाउँदै,सामाजिक सञ्जालहरुको टोल गुन्जाउँदै,ठगले नै अर्को ठग देखाउँदै, चोरले नै अर्को चोर बताउँदै,फलानोले मलाई ठग्यो भन्दैछन् ठूला ठगहरू। मेरो चोरी भयो भन्दैछन् चतुर चोरहरू। हो, जो चोर उसैले ठूलो स्वर गर्दैछन् बस्तीहरूमा अचेल।फुर्सदमा
बलात्कृत बहिनी

कथा , साझको आठ बजे तिर फ्रेन्ड रिक्वेस्ट चिन्हमा एउटा रातो मेसेज देखायो । रातो रंग त खतराको पो रङ हो । मलाइ रातो रंग संग डर लाग्छ । त्यसैले होला कसैसंग सम्बन्ध जोडिनु निकै खतरनाक र कठिन कुरा पनि हुन सक्छ । फेसबुकले संवेदनशिलताको बिचार गरेर होला फ्रेन्ड रिक्वेस्टमा पनि रातो अंक देखाइ दिने । चिन्ह ,रातो भए पनि रिक्वेस्ट पठाउनेहरु रंगले काला, सेता, खैरा गहुगोरा ,चामल गोरा रफुर्सदमा
काठमाण्डु
कविता/ हरेक दिन मुर्दा धानहरु रोपेर सर्बप्रथम म नक्कली टाईसुट लगाउँछु, र तयार हुन्छु- एउटा सदाबहार नाटकको अभिनयका निम्ति! म रोईरहेको हुन्छु- तिमी मुस्काईरहेको हुन्छौ, म टुक्रा-टुक्रामा च्यातिएको हुन्छु- तिमी झन् झन् मजबुत् हुन थाल्छौ, मेरो मुटुलाई म मायाले स्पर्श गर्छु, बिस्तारै लुगा फुकाल्छु, खुट्टाले थिचिएको खिया लागेको कत्ति निकाल्छु, अनि बेप्रवाह प्रहार गर्छु छातिमा; र कवाडीमुल्यमा बेचिदिन्छु-तात्तातो वाफिलो मुटु! मेरो छातिमा पुराना चप्पलहरु गाउँले मायाजस्तै धुन बोकेर पस्छन्,फुर्सदमा
कोरियामा इत्तर आवाज साहित्यिक समाजको गठन । । ।
फोनिज कोरिया संम्वाददाता, सोल द.कोरियामा कार्यरत नेपाली साहित्यकार लेखकहरुको लामो समयको बहस र विमर्श पछि सौर्न्दर्य चेत र पहिचान साहित्यिक संस्थाको आवश्यकता महसुस गरि गैर राजनीतिक एवं गैर सम्प्रदायिक “इत्तर आवाज साहित्यिक समाज”को स्थापना गरेको छ । पहिलो भेला यहि आइतबार द. कोरियाको,ख्यङिदो , सुवन स्थित एक नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको छ । कोरियामा रहेका पहिचान सम्बधी लेख्दै आएका कवि तथा लेखकहरु को उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त भेलामा पहिचानबादीफुर्सदमा
नपग्लने गरि मनमा, बसिरह्यौ किन यामु?

गजल जान्छु भन्दा अङ्गालोमा, कसिरह्यौ किन यामु? धेरैबेर आँखाबाट, खसिरह्यौ किन यामु? दोबाटोमा भेट भयो, मनको बाटो हिड्दै गर्दा बटुवालाई पिरतिले, डसिरह्यौ किन यामु? न त मलाई रुपको वास्ता, न त थियो यौवनकै तर पनि ओठमा लाली, धसिरह्यौ किन यामु? हिंड्दा हिंड्दै यो बटुवा, कोसौ टाढा आइपुग्दानी मुटुभित्र याद बनी, पसिरह्यौ किन यामु? सम्झनाको असिनाले, तिम्रो याद पगाल्नेथें नपग्लने गरि मनमा, बसिरह्यौ किन यामु?
‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसि’

गजल / सक्छौ भने चितासँगै, आत्मा गलाई दिनु। मलाई मेरै रामेछापको, घाटमा जलाई दिनु। मरेँ भने केही गरी, तिम्रो शहरमा; खोजी खोजी आफन्तको, हातमा मलाई दिनु। रुन्छिन् होली मेरी आमा, म मरेको पल; आमाले नि नदेखुन् लास्, रातमा चलाई दिनु। भोलीका सन्ततीले, गर्व गर्न सकुन्। मेरो देश नरभक्षिको, साथमा नलाई दिनु। ‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसि’ ईतिहांसको हांगाहांगा, मन्त्र फलाई दिनु।।।
कोरियामा कार्यरत बोनाम प्रतापलाई साताको साहित्य पुरस्कार
सोल -केही महिना अघि मात्र ईपिएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया रोजगारका लागि कोरिया आएका कवि बोनम प्रतापलाई यो बर्षको साको साहित्य पुरस्कार प्रदान गरिने भएको छ । उनले नगद रु २० हजार र ताम्रपत्र प्राप्त गर्नेछन् ।उनको कविता ‘ म नि सुन्दर थिएं नि ‘ लाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अष्ट्रलियाबाट प्रकाशित हुने साताको साहित्य डट कममाफुर्सदमा
कहिलै नटिपेको फुल

कथा , प्राय फूलहरु चुड्न खोज्छ सानो भाइ । दिदि रोकिरहन्थिन । “फूल टिप्नु हुन्न बाबू , यो टिपेर तिहारमा माला बनाएर तिमिलाइ लगाउनु पर्छ “। भाइ चाहिँ प्राय फूलहरु टिपेर फ्याक्न मन पार्थ्यो । जति धेरै सम्झाउदा पनि भाइ फूलमा गइरहन्थ्यो अनि फूलका मुनाहरु टिपेर फ्याक्दै खेलिरहन्थ्यो । कहिले फूलका केस्राहरु लछारेर भूईभरि पार्थ्यो । यस्तो गर्न पाउँदा भाइ खुसि हुन्थ्यो दिदी दुखि , दिदी केही ठुलि , ज्ञानीफुर्सदमा