Advertisement
SKIP THIS

कोरियामा इत्तर आवाज साहित्यिक समाजको गठन । । ।


फोनिज कोरिया संम्वाददाता,

सोल

द.कोरियामा कार्यरत नेपाली साहित्यकार लेखकहरुको लामो समयको बहस र विमर्श पछि सौर्न्दर्य चेत र पहिचान साहित्यिक संस्थाको आवश्यकता महसुस गरि गैर राजनीतिक एवं गैर सम्प्रदायिक “इत्तर आवाज साहित्यिक समाज”को स्थापना गरेको छ ।

पहिलो भेला यहि आइतबार द. कोरियाको,ख्यङिदो , सुवन स्थित एक नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको छ । कोरियामा रहेका पहिचान सम्बधी लेख्दै आएका कवि तथा लेखकहरु को उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त भेलामा पहिचानबादी लेखन सम्बन्धी अन्तर्कृयाका साथै उपस्थित कवि तथा लेखकहरुले आ-आफ्नो बिचार राखेका थिए ।

भेलामा विचार राख्ने क्रममा कवि पराजित पोम ले इतर आवाज साहित्यिक संस्थाको लक्ष र उद्देस्य प्रकाश पार्दै आगामी दिनमा विश्व भरी छरिएर रहेका पहिचानवादी लेखकहरु एक जुट हुनु पर्ने बताएका थिए । त्यसै गरि कवि बियोगि काइलाले नेपाली प्रवासी साहित्य बारे आफ्नो बिचार राखेका थिए र कवि निर्गराज राईले इतर आवाज संस्था स्थापना र आवस्यकता बारे प्रस्ट पारेका थिए भने गायिका तथा कवि शकुन लिम्बुले वर्तमान नेपाली साहित्यमा नारी उपस्थिति गर्दै स्वयं आफुलाई पनि इतर आवजले हातमा कलम थमाएर थप साहित्यक जिम्मेवारी दिएकोमा खुशी व्यात्त गर्दै आफ्ना कुरा टुङ्गाएकी थिए ।

कार्यक्रममा उपस्थित कविहरुले पहिचानवादी कविता बेजोडका साथ सुनाएका थिए । उक्त संस्थामा कार्यसमिति को संम्रचना भने फरक ढंगले गरिएको थियो । शीर्षबिन्दु , केन्द्र बिन्दु र शिरबिन्दु गरि तीन तहमा छुट्याईएका थिए । शीर्षबिन्दु पराजित पोमु र बियोगी काइला, केन्द्र बिन्दुमा सुरेससिं सम्बाहम्फे, निर्गराज राई, केरुङ गणेश हाङ्सेम र सकुन लिम्बु, त्यसै गरि शिर बिन्दु मा डम्बर लिम्बु, उत्तम खजुम, डोलु आले, मातृका नेम्बाङ, सजना यक्सो र बाबु साइला रहने कार्यसमिती समेत गठन गरिएको कवि डम्बर लिम्बुले जानकारी दिए ।

उक्त संस्थाले आगामी दिनमा द.कोरियामा पहिचानबादी लेखन सम्बन्धी विविध कार्यक्रम गर्ने र यसै बर्ष विश्वभरका नेपाली पहिचानवादी कविता संकलन गरेर अंग्रेजी र नेपाली दुवै भासामा संग्रह प्रकाशन गर्ने, छलपल र शुझाब बमोजिम अझै ससक्तरुपमा अघिबढने प्रण गरेका भेलाले निर्णय गरेको  पोमुले जानकारी दिएको छ । सो  अवसरमा कवि  पोमुले आफ्नो कविता संग्रह ‘लेप्मुहाङ को डुंगा ‘दस प्रती इत्तर आवाज साहित्यिक समाजको कोष सहयोगार्थ  हस्तान्तरण गरेको छ ।  उक्त दिनको भेलामा उपस्थित सबैबाट रकम सङ्कलन गरी कोषपनि खडा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...