कहिलै नटिपेको फुल


कथा ,

प्राय फूलहरु चुड्न खोज्छ सानो भाइ । दिदि रोकिरहन्थिन । “फूल टिप्नु हुन्न बाबू , यो टिपेर तिहारमा माला बनाएर तिमिलाइ लगाउनु पर्छ “।

भाइ चाहिँ प्राय फूलहरु टिपेर फ्याक्न मन पार्थ्यो । जति धेरै सम्झाउदा पनि भाइ फूलमा गइरहन्थ्यो अनि फूलका मुनाहरु टिपेर फ्याक्दै खेलिरहन्थ्यो । कहिले फूलका केस्राहरु लछारेर भूईभरि पार्थ्यो । यस्तो गर्न पाउँदा भाइ खुसि हुन्थ्यो दिदी दुखि , दिदी केही ठुलि , ज्ञानी पनि। भाइ चाहिँ अबोध थिए । उसले फूलहरु उखलेर चुडेर फालेपछि ,दिदिले भाइले नभेट्ने ठाउमा पनि केही फूलका बोटहरु रोपिन र त्यहा गजबका फुल फूले । भाइ उक्लिन नसक्ने ठाउमा भएकोले त्यहा फूल सुरक्षित रहे ।

समय समयमा पानी हाल्ने मर्न नदिने गर्थिन दिदिले र कसैले चुड्छकि भनेर निकै केयर पनि गर्थिन फूलको अनि फूल जस्तै भाईको पनि ।
भाइ केही जान्ने पनि हुँदै थियो । तिहार आयो सबै जनाले फूल टिपेर यताउता गरेको अनि माला लगाउने गाईगुई कुरा सुनेको र देखेको थियो भाईले । उसकै मसिना साथीले पनि भात पकाई खेल्दा आफ्ना घरमा धेरै फूल भएको आफुहरुले भाईटिकामा त्यि फूल टिपेर राम्रा र ठुला माला लगाउने कुरा गर्थे । त्यति बेला मात्र त्यो फुच्चे केटोलाई आफुले दिदिले नफाल नचुड भन्दा पनि जथाभावि फूल चुडेर फालेको गलत रहेछ भन्ने लाग्यो ।

उ भात पकाई ,खेल्न छाडेर हतार गर्दै आफ्नो फूलबारिमा पुग्यो तर त्यहा फुलहरु थिएनन् । उ आफैले लछारेर टिपेर फ्याकेकोले फूलको बोट नाङ्गा र कपाल मुडेका मान्छे जस्ता थिए भने अधिकांस बोट भाचिएका र पात पनि सबै सुकेका थिए ।
यो देखेर केटो निकै निराश बन्यो । उसलाइ तिहारमा निकै राम्रो बाक्लो र लामो माला लगाएर आफ्ना संगीलाई देखाउन मन लागेको थियो । उ निराश बनेर फूलका सुकेका बोटहरु नेर थ्याच्च बस्यो ।
उसको यो सबै चर्तिकला दिदिले लुकिलुकि हेरेकि थिईन । भाइ कतै खेल्न र उसका साथीहरु संग हुदा पनि निक‌ै ख्याल गर्थि । कतै लड्छ कि , कसैले उसको मन दुखाउछन कि भनी भाईको लुकेर पहरा दिईरहन्थि ।

दिदिले भाईले नदेख्ने गरि आफुले सारेका बोटका सबै फूलहरु टिपेर ,उसले नदेख्ने गरि निकै राम्रो मोटो र सुन्दर मालाहरु गासिन ।
अरुका सामु आफु माला हिन भएर हिड्नु पर्छ कि भनेर भाइ निकै चिन्तित भएको थियो ।भाई टिकाको दिन आयो । भाइ चाहिँ निन्याउरो मुख लगाएर बसेको थियो । उसलाई मालाको चिन्ता थियो । दिदिले भाईको शरीर भरि तेल लगाइ दिईन , ओखरको आवाज कानमा सुनाएर ओखर संगै सत्रु फोरिदिईन । अनि टिका र सुन्दर माला पनि लगाईदिईन ।

दिदिले आफुले नदेख्ने गरि यति राम्रो माला लगाएदिए पछि भाइ निकै खुसि भयो ।दिदिलाई च्याप्प समातेर रोयो । दिदिले आफुले फुल चुडेर फाल्दा पनि कहाबाट यति राम्रो माला ल्याईदिएकि होलिन भनेर खुसिले गदगद भयो । आफुलाई थाहा नदिई दिदिले फूल कहाँ बाट ल्याईन भन्ने थाहा नपाउदा चाहिँ दुखि पनि भयो ।उसले दिदिलाई सोध्यो आफुले थाहा नपाउने गरि कहाबाट कसरी आयो यति राम्रो माला । दिदिले भने सबै कुरा एकै पटक थाहा हुदैन समय आएसि थाहा हुन्छ । लुकेर माया गर्ने मान्छेले पछाडि लुकेर माया गर्छन र दिदिबहिनि पनि आफ्ना दाजुभाईलाई सधै लुकेरै माया गरिरहन्छन ,। प्रगाढ सम्बन्ध र स्नेहको माला बुनिरहन्छन ।

बाबा आमा बस दुर्घटनामा परेपछि बाचेका यी दुई भाइ काकाको छत्रछायामा हुर्केका थिए । आमाले जस्तै गरि हुर्काएकि थिई दिदिले । मानौ उ सानै उमेरमा आमा बनेकि थिई भाईलाई हुर्काउनका लागि ।
भाइ बिरामि पर्छ उसको पिसाबमा केही खराबि देखिन्छ । काका पनि उसको उपचार र हेरचाह गर्नबाट आजित भएका थिए । उनका पनि आफ्ना सन्तान थिए । सकभर उनी अब यी दुईभाईलाई घरबाट निकाल्न चाहन्थे । दिदी आफु अनपढ थिई तर भाईलाई आइए सम्म पढाएकि थिई । कहिले मेला कहिले भारि यसरी नै हुर्काएकि थिई भाईलाई ।
भाइ सानै बाट दुर्घटनाका कारण उसको स्वास्थ्यमा समस्या परेकोले बिरामि भईरहन्थ्यो ।

दिदि भईको लागि नै बिबाह बन्धन केहि नगरि बसेकि थिई । मस्त जवानीमा फुलिरहेको उसको यौवनको फूल टिप्न धेरै अघिपछि गर्थे केटाहरु । तै पनि एक्लो भाईलाई घरबार गरिदिएर उसकै सेवा गर्ने उनको प्रण थियो ।
कलेज पढ्दै गर्दा भाईले एउटी केटिलाई निकै मन पराएको हुन्छ । तर केटि चाहिँ उसलाई पनि मन पराउथि तर धन रुपको आडमा आफुलाई उ भन्दा माथि सम्झन्थि । भाइ चाहिँ उक्त केटिको मायामा यसरी लहरियो कि उसको सम्बन्ध बारे दिदिलाई सम्म भनेन । कतै दिदिले गालि गर्छिन कि त्यो केटिसंग आफ्ने बिहे हुन्न कि भन्ने सन्त्रास उसको चिन्ताको बिषय थियो ।

नभन्दै उसले एकदिन त्यो केटिलाई भगाएर घरमा ल्याउछ । दिदिसंग माफि माग्छ । यति ठुलो निर्णय गर्दा पनि एक पटक आफुलाई नसोध्दा निकै खिन्न बन्छिन र भाईको खुसि नै आफ्नो खुसि सम्झन्छिन । खुसि बन्छिन ,बुहारि निक‌ै राम्रि र खानदानी थिईन । यसले भाईलाई खुसि राख्छे । अब मेरो जिम्मेवारी पनि सकियो उसले मनमनै सोधि र बाबुआमा प्रतिको उसको जिम्मेवारी पूरा भएकोमा खुसि बनी दुई थोपा आसु आखाबाट तपक्क भुईमा खसे ।
भाइ बुहारिको अगाडि बोल्न र बुहारिको कुरा काट्न पनि सक्दैनथ्यो । बुहारीको शासन सुरु भैसकेको थियो घरमा । भाई जागीरे भाको थियो । सम्पन्नता बढ्दै थियो । एक दिन घरमा खै कुरामा हो झगडा परेपछि श्रीमती चाहिले दीदिलाइ नमिठो बचन लगाउछे । यो कुराले दुखी भएर भाइ सँग भन्छे तर भाइले कुनै प्रतिक्रीया नजनाइ बुहारीले भनेको मान्न र उसले भनेका गर्न उर्दी जारी गर्छ । भाइ सँग बुहारीले नभएका आरोप लगाउन थाल्छेफ दिदिको बारेमा । गाउमा कोको सँग अनैतिक सम्बन्ध राख्दै हिडेको छ भन्ने सम्मको आरोप लगाउदा समेत भाइले एक बचन चु बोलेन ,भन्न सकेन दिदिलाई यस्तो निच आरोप नलगाई । लागेको थियो त्यति दुख गरी गरि र्हुकाएका भाइ पक्कै पन
मेरो पक्षमा बोल्छ । बरु उल्टै बुहारीले भनेको मान्न उर्दी जारी गर्छ । घरमा ठुलो झगडा भए पछि बुहारी घर निस्केर जाने घुर्की लगाउछे । कारण उसले दीदिलाइ त्यो घरबाट निकाल्नु थियो । श्रीमती रिसाए पछि भाईले दिदिलाई नमिठो वचन लगाउछ र भन्छ तिम्रो कारणले मेरो घरबाट बिग्रियो जिवन बिग्रियो ।
त्यति सुनेर दिदिले केही भनिनन् । बुहारिलाइ फर्काउन जा भन्दै चुपचाप बसिन । बुहारि राता आखा पार्दै रिसाउदै थिई । भाइ चाहिँ अनेकतवरले श्रीमतिसंग माफि मागिरहेको थियो ।
त्यो रात दिदी सुत्न सकिनन् । खाना खाईनन् र खाना आउ दिदी भनेर बुहारि त आईन आईन ,तर भाइ सम्म आएन लागेको थियो एक दिन भोको नराखि आफु भोकै बसेर हुर्काएको भाई पक्कै अनउछ । मन झन भरियो । आखाबाट आसु बर्सियो । बिगत सम्झिन सानो छदाको क्षण सम्झिन । अनि भाइ निकै ठुलो भएको र अब उसको लागि आफु आवश्यक नभएको ठानेर राति उनी घरबाट निस्किन्छिन ।
आफु निस्केपछि घरमा सबै ठिक हुन्छ भन्ने उनलाई लाग्यो । उनी निकै टाढा हिडिन नफर्कने गरि आखिर फर्कनु पनि कस्का लागि
साथमा सानोमा भाईसंग खिचेको फोटो उसका साना भोटाहरु पनि साथमा थिए ,भाईको याद मेटाउन । आगनबाट निस्कदै गर्दा खुट्टा निकै गर्हुंगा भएका थिए । उता भाइ बुहारि भने काम बासनामा मख्ख थिए ।
उनी निस्केपछि भाईले केही दिन खोज्यो । तर बुहारिले भने केटाकेटिलाई पो खोज्नु सबै थाहा भएकि थारि लाई किन रु कहाँ खोज्छौ । चक्कर खाएर आउछे एक दिन ।
समय बित्यो तर दिदी फर्किनन् । दिदिको याद आएछ ,उसले सन्दुक बाकस र वरपर दिदिसंगको फोटो खोज्यो भेटेन तर बाकसमा एउटा कागज थियो । त्यो हस्पिटलको । उक्त कागजमा दिदिले कसैलाइ आफ्नो किड्नि दान गरेको बेहोरा लेखिएको थियो । पछि थाहा भो किड्नि दिदिले आफुलाइ दिएकि रहिछन । उ निकै पिडाबोध गर्यो । उसले आफु बिरामि भएको ,पिसाबमा रगत देखिएर दिदी लाई देखाएर ,लामो समय हस्पिटल बसेको संझना भो । उ पश्चातापमा यति जल्यो,निकै रोयो करायो । सम्झ्यो आफुले भनेको वचन । उसले दिदिलाइ भनेको थियो ,,तिम्रो कारणले मेरो घरबार बिग्रियो ।
कठै दिदी उनले त मेरो लागि सारा जीवन बिगारिन ,। आफ्नो शरिरको अंग काटेर मलाई दिईन । आजिवन अबिबाहित बसिन, । आसु पिईन खुसि दिईन । आमा बनिन्, बाबा बनिन्, तर मेरै कारणले एक गाँस खाना नपाएर सडकछाप बनिन्। दिदी कहिले फर्किनन् ,भाइले कहिल्यै भेट्न पाएन ।,।फूुल नहुदा पनि माला कहाबाट लियौ भनेर सोध्दा दिदिले भनेकि थिईन सबै कुरा भन्नू हुन्न समय आएपछि थाहा हुन्छ । तिहार आयो झन भक्कानियो भाइ निकै रोयो । उसले दिदी बसिरहने ठाउ जहाँ उनिहरु भात पकाई खेल्थे । त्यहि ठाउमा दुईटा फूल रोप्यो । जुन फूल कहिल्यै झरेन र टिपेन पनि त्यो फूलको नाम थियो “दिदी” ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...