कोरियामा क. हतियार


कथा

लगभग पाँच महिना पुगेछ। आमाको पाउमा निहुरेर आशिष माग्दा “सधैब हाँसिखुसी रहनु, सहरको रम्झम देखेर जन्मगाँउ र आमालाई नबिर्सनु” आशिष् लिएर बताससङगै उडेका जहाज सङ्गै नया ठाँउमा आईपुगेको। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश। जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ। त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना। भौतिक, आर्थिक र प्राबिधिक बिकासले धेरै अघि बढिसकेको ठाउँ। त्यै ठाँउको प्रबेशबाट नै बन्द कोठा भित्र भित्ता र हातेफोनमा चल्ने चित्रहरु हेरेरै पुर्याएछु पाँच महिना।

हरेक सनिबार  पालोले बिदा बस्छौँ। यो पटकको सनिबार म बसेँ। यो बिदा भने अलिक पृथक रुपमा बिताउन चाहेँ ताकी अरु बिदा जस्तै कोठाको भिता र हातेफोनको चल्ने चित्रमा सिमित नहोस। त्यसैले एक्लै कम्पनी माथिको डाँडा चढ्ने निर्णय लिएँ।

जाडो महिनाको आगमन सङ्गै सल्ला र बोटहरुले आफ्ना कपडाहरु उतार्दै थिए। बिस्तारै कोरियाको चारै तिर चिसो तथा हिँउले हाम्फाल्दै बल्छिजम खेल्न सुरु गरिसकेको थियो। तातो घाममा सेकिदा पनि जाडो महुस गर्दै हातेफोनमा GPS को आधारमा अलि माथिको सल्लाघारी तिर हुतिदै गएँ। सल्लाका बोटहरु लगभग लगभग नाङ्गै देखिन्थे। आफ्ना मोटिला र पोटिला सरीरमा उभिएका, सोह्र र सत्रकी युवती आफ्ना झरणारुपी केश फैलाएर उभिए जस्तै। हावाले आफ्नो बैँसाका उतेजनामा मातिदै ती सल्लाका बोटहरुको नाङगा सरिरमा स्पर्ष गर्दै मेरा सुकोमल मुहारभरी चुम्बनका छापहरु छोड्दै बहदै थियो। सायद, नयाँ मुहारको आगमनलाई स्वागत गर्दै थियो। पबनको स्पर्षमा उतेजित हुँदै हो वा नया मान्छेको रुपसङ्ग अनबिज्ञ भएर हो, सल्लाका बोटहरु एक अर्कामा कानेखुसी गर्दै गरेको प्रस्टै देखिन्थ्यो। तिनै सल्लाका प्रेमलिलाहरुलाई पछ्याँउदै सल्लाको बोटै मुनि सुस्ताएँ। सम्झनाको एक झोक्का हावा तिनै चिसो हावासङगै मिसिएर आई म भित्र प्रबेश गरी पुराना दिनहरुमा डोर्यायो।

मेरो पनि आफ्नै जीवन थियो। पैसाको अभाब थियो तर पनि तिनै अभाबमाझ सम्पुर्णप्राप्तिको जीवन थियो। आमा हुनुहुन्थ्यो- जस्ले जिउनुको अर्थ दिनुहुन्थ्यो। बाबा हुनुहुन्थ्यो- जस्ले सँघर्षको पाठ सिकाउनु हुन्थ्यो। श्रीमती थिई- जस्ले अभाबमा पनि जिउन सिकाँउथी। छोरी थिई- जस्ले प्रेमको सर्बोतमलाई चिनाउथी। जागिर थियो- जस्ले जिउने आधार सुम्पन्थ्यो।
चाँगुका साल्लाघारी भित्र प्रेमका बिरुवाहरु रोप्थ्यौँ। यामडाँडाका पाखाहरुमा प्रेमका गुराँसहरु फुलाँउथ्यौँ। ती जाडो महिनाहरुका रापिलो घामहरुमा आँगानभरी प्रेमका बिस्कुनहरु सुकाँउथ्यौँ। र तिनै क्षणहरुमा रमाँउथ्यौँ। गैरिका पाटाभरी पसिनाका थोपाहरु रोप्थ्यौँ र धानका बालाहरु भित्र्याँथ्यौँ। रिसिङका पाटाभरी प्रेमका बिजुवाहरु रोप्थ्यौँ र कोदोका झुप्पाहरु भित्र्याँउथ्यौँ। डबलेका आलिभरी बैसका बिउहरु छर्थ्यौँ र भटमासका कोसाहरु भित्र्याँउथ्यौँ। भदौका दिनहरुमा धर्ती चिर्थ्यौँ र असोजमा सयपत्रीहरु फुलाँउथ्यौँ। यहि जिबननै वास्तविक जीवन हो भनेर सिकाउनु हुन्थ्यो आमा।

पत्त्तै नदिएर एक ढिक्का सम्झना आँखाको बाटो गरि बिरानो माटोमा खस्यो। तिनै खसेको एक ढिक्का सम्झनाले बिगतबाट तानेर तिनै सल्लाको बोटमुनी ल्याएर छोड्यो।

परबाट कुनै शरीर बाक्ला लुगामा बेरेर मै तिरै आउदै थियो। लुगाको माथि अढिएको मुहार पुरानै चिन्जानको जस्तो देखिन्थ्यो। निकै नजिकै आइपुग्दासम्म पनि आँखाले ठम्माएर यो नै हो भन्न सकेन। मस्तिष्कले भने धेरैबेर घोरिएर ठम्याउन खोज्यो। तर मस्तिष्कले ठम्याउन नसक्दै त्यो मानिस म सम्म आईपुगे र मुख खोली हाले-‘ भाई पनि नेपाली हो?’
यहि सब्दले नै मैले उ पनि नेपाली रहेको पत्त्त लगाएँ। हाम्रो तिर पाईलै पिच्छे नेपाली भेटिने हुदा त्यति चासोको बिषय रहेन। तर मेरो एक जना साथी ‘नेपाली नै नरहेको क्षेत्रमा छु, नेपाली भेट्नु त भगवान भेट्नु सरह हो।’ भन्थ्यो तर हाम्रो तिर नेपाली धेरै रहेकोले त्यति ठूलो खुसी चाहिँ भैहाल्दैन मन। तर पनि आफ्ना देशका दाजु भाइ भेटिदा मनमा खुसी लाग्ने त कुरा नै भए। तर पनि ती मुहारलाई आँखाले पुरानै चित्र सङ्ग दाँज्न खोज्दै थियो। आँखाले सुनिस्चित नगरे पछि ओठैबाट सुनिस्चित गर्न चाहेँ। यतिबेला सम्ममा हामीबिच धेरै सबालजाबफ भैईसकेको थियो।

त्यतिबेला देशमा बर्गिय, जातिय र लैङ्गिय असमान्त र दरबार बाहिरका अग्ला पर्खाल ढाल्ने युद्धको डडेलोले सबै गाँउ सहर डढिसकेको थियो। जत्त्ताततै बन्दुकधारीहरु छ्यापछ्याप्ति देखिन थालेका थिए। तिनै डडेलोमा युबायुबतिहरु बतिमा पुतली होमिए झैँ होमिदै थिए। गाँउबस्तिका झुपडिहरु तिनै छापामारहरुले भरिएका हुन्थे। घरघरबाट उमेर पुगेका तथा पढ्दै गरेका किसोरकिसोरीहरु पनि कलम फालेर बन्दुक च्याप्न थालेका थिए। बिध्यार्थीहरु मात्र हैनन् बिध्यालय नै बन्द गरि शिक्षकहरु नै चक डस्टर छोडी बन्दुक समाउन लागेका थिए। हिजोका पुस्तकको ज्ञान सिकाउने शिक्षकहरु क्रान्ती र पर्खाल भत्काउने ज्ञान सिकाउदै थिए। हो तिनै पुस्तकको ज्ञान सिकाउदा सिकाउदै क्रान्ति र पर्खाल भत्काउने ज्ञान सिकाउन लागेका माहान योद्धा क. हतियार रहेछ्न् उनी। मैले बल्ल ठम्याउन सकेँ। उहाँ हाम्रो बिध्यालयमा बारम्बार क्रान्ती र पर्खाल भतकाउने ज्ञान दिन आईराख्नु हुन्थ्यो। कतिले त उहाँको कुरामा समर्थन दिदै कलम छोडी बन्दुक समाएका थिए। हामलाई भने सानैछस् अलि पछि बोक्नु पर्छ बन्दुक भन्नुहुन्थ्यो।

देशमा भएको सान्तिसम्झौता पछि धेरैका सर्टिफिकेट, शैक्षिक प्रमानपत्र, छाती र खुट्टा देखि टाउकासम्म नापियो रे। प्रमानपत्र, छाती र तन्काई पुगेकाहरु सरकारी सेना भए रे। कति  नपुगेकाहरु पनि भनसुनका आधारमा सरकारका भए रे। जुन ब्याक्तिहरु सान्तिसम्झौता पछि लडाकु बनेका थिए रे। जती सरकारी भए रे तिनिहरुको आधि त पछि प्रबेश गरेकाहरु भए रे। तर तिनै जनयुद्धकालमा कलम छोडेर आफ्ना शैक्षिक योग्यतालाई गोलिमा दाँज्नेहरु र बन्दुकका गोलिखाएर बाँचेकाहरु चाहिँ तिनै सरकारको आयोग्य भएर कोरिया, खाडिमुलुक, तथा विभिन्न देशमा आफुलाई बेच्दै छन रे।
उहाँ पनि तिनै आयोग्य मध्यको एक रहेछन्। चार साल पहिला आउनु भएको रहेछ कोरिया। बन्दुक बिसाए पछि गाउँ फर्कदा गाँउलेले नराम्रो व्यवहार गर्ने तथा आफुलाई पनि ग्लानि भैइ कयौँ पटकमा सहरमा भौतारी अन्त्यमा कोरिया छिर्नु भएको रहेछ। अबको दस महिना पछि नेपाल फर्कदै हुनुहुदो रहेछ।

घामले डाँडाको थुम्कोलाई रातो पारेसङगै चिसो हावाले पनि अलिका तिब्रता लियो। अलिक जोड्ले हावा चल्नथाले पछि हामीले पनि बाँकि दिनमा भेट्दै गर्ने प्रतिज्ञाको साथ आफ्ना मोबाईल नम्बर साटासाट गरेर फर्कियौँ। फर्कदै गर्दा मेरो मनले भन्दै थियो। ‘कोरियाका सागबारी, प्लास्टिक घर, फलाम कारखाना, प्लास्टिक कारखाना तथा विभिन्न उधोगहरुमा यस्ता योद्धा, कवि, शिक्षक, रास्ट्रसेबक तथा विभिन्न तहका नेपालीहरु आफ्ना अमुल्य समय र जीवन बेचिरहेका रहेछन्। र तिनै भित्र म र उनै क. हतियार पनि छन्।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...