तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
रेष्ट समय
कथा धेरै समय पछि, लगभग पाँच बर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ। सुन्दरताले चकमन्न मेरो गाउँ। जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ। तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरु रोपेको थिएँ। त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु। त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जिबिका चलाएका थिए मेरा पुर्खाहरुले। तिनै सुन्दर मेरा जन्मभुमिमाफुर्सदमा
युद्धको सपना
कथा रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यानफुर्सदमा
नयाँ साल आउने अरे
गजल , पुरानालाई छाडी नयाँ साल आउने अरे बूढो हुने खुशिमा मीठो गित गाउने अरे च्यातिने भो पुरानो नयाँ पात्रो चाहियो नयाँ पात्रो किन्नलाई बजारै पो धाउने अरे उमेर च्यातिदैछ पुरानो पत्रीका सरि तर नयाँ सालमा उमंग र उत्साह छाउने अरे भन्दै थियो साथीले नयाँ साल नयाँ सोच यै सालमा कसैसंग माया प्रीती लाउने अरे खशिहरु रितिए छन पुरानैले दुखाई दिदा दुखे पनि नयाँ सालमा नयाँ सोच पाउने अरे आहालेफुर्सदमा
२५ डिसेम्बर
कबिता बुढि रुख, युगौँदेखी उभिएर त्यो आगानमा, आफ्नै अगाडिको बूढो भबनको, कुचिएको मुहार हेरेर, बसन्तहरु काटिरहि, काट्न त कटिन् कयौँ बसन्तहरु, कहिले सानी बच्ची भएर काटिन्, कहिले किशोरी भएर काटिन्, कहिले तरुनी भएर काटिन्, काटिन् कयौँ रुपहरु, कयौँ बसन्तहरुमा कयौँरुप, तर, हिजो मात्र, त्यो बजारको चर्च ढले पछि, बजारका मान्छेहरु, चढेर उकालाहरु, सजाईन् ती बुढी रुख र बूढो भबनलाई, बुढी रुखको, चाउरीएका ती बोक्राहरु फालिए, सुकेका कपालहरु काटिए, झिमिकझिमिक झिम्किनेफुर्सदमा
कोरियाको चिसोमा एउटा न्यानो साँझ
घडीमा साँझको छ बजेर तीन मिनेट ४१ सेकेन्ड जाँदा मैलै बुफ्याङ सहरको जमिनमुनिबाट गुड्ने ट्रेन स्टेसनमा आफूलाई पुर्याएँ। र, हतारहतार ट्रेन कुर्ने पहेँलो लाइनमा उभ्याएँ। बुफ्याङ दक्षिण कोरियाको व्यस्त सहर इन्छनलाई एउटा ठूलै बजार भन्दा हुन्छ। अहिलेलाई यत्ति बुझौँ। र, यो पनि बुझौँ कि मलाई यहाँबाट ट्रेन चढेर सउलनजिकै रहेको अर्को चर्चित सहर दोङ्देमुन पुग्नुछ। दोङ्देमुनमा तपाईं जुन कुनैबेला हिँड्नुस्, तपाईंको ६ जनासँग कुम जुध्दा तीन जना नेपाली पर्छन्। त्यतिफुर्सदमा
सम्झना बन्छ

गजल यादहरु गरेर सम्झना बन्छ यहाँ कोइ मरेर सम्झना बन्छ फक्रीनु फुल्नु झर्नुमा दोष कस्को फुलहरु झरेर सम्झना बन्छ भुली नसक्नु हुन्छ केही क्षण कठै खोलाहरु तरेर सम्झना बन्छ एकै ठाउँ रहन्न चल्छ घडीको सुइहरु ठाउँहरु सरेर सम्झना बन्छ दिन रहन्न त रात कसरी रहन्छ यहाँ रातहरु परेर सम्झना बन्छ फूल फूल्नुको त्यति याद नहोला कतै बास्नाहरु छरेर सम्झना बन्छ सुरमा गएर मिठास गित अनि धुनको स्वरहरु खरेर सम्झना बन्छफुर्सदमा
बगिराछ आँखाबाट, हुँदै पानी पानी
गजल बेच्न मिल्ने भए बेच्थेँ, मनको पिर कहानी। सधै रुन पाउने को छ, म झैँ भाग्यमानी? ईन्द्रेणी झैं झरीसङ्ग, सधै रुझ्नु पर्ने के ल्याएछु घामपानीको, मैले जिन्दगानी। गुलाफको तरेलीमा, थमाएथेँ जिबन टिपिन् गुलाफ सजाई राखिन्, सुकाई जानीजानी। माया भन्नु फूल रैछ, र त टिपि सुकाई फुलबिनाको के काम भो र, मनको फुलदानी। नयन भरी सजाएको, मेरो जिन्दगी त्यो बगिराछ आँखाबाट, हुँदै पानी पानी।
रेस्टुरेन्ट गफ

कथा/ सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् ‘धेरै काम नगर । तीन, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।’ हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ । यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्टफुर्सदमा
कोरियामा बृहत कविता वाचनको तयारी
फोनिज कोरिया सम्वाददाता सौल, अनेसास कोरियाले नयाँ वर्षको उपलक्ष्यमा बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । ‘काव्य-सुधा’ मा अनेसास कोरियाले उत्कृष्ट कविहरुको कविता वाचन गरिने कार्यक्रमको तयारी गरेको छ । पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ । सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, प्रमोद सारंग, जीवन खत्री र सरोज सर्वहाराले आफ्ना उत्कृष्ट कविताहरु वाचन गर्नुहुनेछ । कविताबाटफुर्सदमा
नबुझ्दै सकिएको कथा

लघुकथा सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्योफुर्सदमा