मिन्जाईकाे “आगो टेक्ने योद्धा” गजल यात्रा


मनुहाङ किराँती “साेलु” ।

जीवन भोगाइको अनुभूतिको गीत नै गजल हो ।
नेपाली गजलकाे इतिहास पनि लामो भइसक्यो जब माेतिराम भट्टको आगमन सँगै नेपाली साहित्यका केही विधाहरूको प्रतिपादन तथा नेपालमा भित्रिए सँगै वि.सं. १९३६ सालमा गजल विधाको आगमन भयाे । तर प्रकाशनको अवसर भने वि.सं. १९४० सालमा माेतीरामकै सक्रियतामा भारतबाट माेतीमण्डली छापाखानाबाट भयो । त्याे सँगै अर्थात् माेतीराम भट्ट सँगै जीवनी, समालोचना र अन्य केही विधाहरूको आगमन भयो ।

नेपाली गजल लेखनकाे सुरुमा इसाको ७ ओैं शताब्दीमा पश्चिमेली राज्य शासन व्यवस्था सँगै राजारानीहरुकाे आदेशमा रमाइलोको लागि एक आपसमा विलासी र रत्यौलीझैँ बसेर रमाइलो गर्ने क्रममा निस्केको रसात्मक शैली हो।पछि पुस्तान्तरण हुँदै आउँदा एक युवायुवतीहरूका लागि एक खाले माहाेलै सिर्जना भयो त्यसरी हस्तान्तरण हुँदै आउँदा फारसी, उर्दु, अरबी, हिन्दी हुँदै नेपालमा पनि साहित्यकाे काव्य अन्तरगत गजल विधा भित्रिए ।

गजललाई नेपाल भित्रिए सँगै मलजल गर्न रवि प्राञ्जल,डा.कृष्णहरि बराल,ज्ञानुवाकर पौडेल, डा.घनश्यम परिश्रमी, घनेन्द्र ओझा, पदम गौतम, विपिन किरण, बूद राना, मनु ब्राजाकी, सरुभक्त ,डा.देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, शीतल कादम्बिनी र ऐले सुमन स्मारिका, प्रदीप राेदन र धरान -सुनसरीका मिन्जाईकाे पुस्तामा आइपुग्दा गजल लेखनमा आधुनिकताको प्रवेश भइसकेको देखिन्छ।

गजलको शाब्दिक अर्थलाई केलाउँदै ल्याउँदा शृङ्गारिक रसमा सिर्जना हुने/गर्ने एक काव्य विधा हो । यसमा कविता विधा भन्दा अलिकति संरचना जटिल हुन्छ त्याे सँगै ऐले नेपाली गजल विधाले आफ्नै खालको परिचय बनाई सकेको छ।यसमा युवा युवतीहरुकाे प्रेम प्रणयका कुराहरू, लाेकजीवनका गाथाहरू हुन या मिलन बिछोडका कुरा यी सबै खाले अनुभूति दिने सानो भईकन पनि जीवनका वास्तविकता झल्काउने विधा बनेको छ गजल ।

गजल संगीत सँग पनि निकट बनिसकेको छ।यसले गर्दा हाल गजललाई कतिपय सङ्गीत बद्ध पनि भएका छन्।तर सबै गजलहरू गाउनलाई सकिन्छ भन्ने चाहिँ होइन । गजल लेखनकाे सुरुवाती समयमा गजल शास्त्रीय बहरमा लेखिन्थ्यो र यसको रस शृङ्गारिक रसमा लेखिन्थ्यो भने हाल आएर शब्द संरचनाको आधारमा ,वाचन लयकाे आधारमा यी यावत विविध खाले संरचनाको आधारमा साहित्यका नवै रसमा रसास्वादन हुने गरी परिमार्जन हुँदै आदि,मध्य बाट आधुनिक कालमा आइसकेको देखिन्छ ।

मनुहाङ किराँती "साेलु"

मनुहाङ किराँती “साेलु”

गजलका तत्त्वहरूलाई हेर्दा काफिया, रदिफ, मिसरा, शेर ,बहर, तखल्लुस, मतला र मकताकाे समायोजनबाट एउटा गजल बन्दछ । त्यसमा पनि गजल सर्जक एकदम चनाखो रहनुपर्दछ।यद्यपि गजलमा यी माथिका तत्त्वहरूको प्रयोग गर्दै गर्दा पनि सजक्ता अपनाएन भने गजल वास्तविक गजल बन्न सक्दैन त्यसकारण गजललाई गजल बनाउन र भन्नका खाँतिर गजलकार सजक हुनु/बन्नु पर्दछ।

तसर्थ यसमा म कुरा गर्दै छु कि गजलकार मिन्जाईकाे”आगो टेक्छ योद्धा”गजलको विषयमा । यसमा खासै बहरलाई ख्याल गरिएको देखिँदैन । तर गजललाई समय सापेक्ष वाचनको हिसाबले भने एकदमै ख्याल गरी गजलको संरचनालाई ४-५ शेर सम्मका गजल संरचना रहेको छ । गजलको शाब्दिक अर्थबाट जाँदा अर्थगत हिसाबले शृङ्गारिक रसमा सिर्जना हुने हुदा खेरि यसमा गजलकार सक्षम रहेको देखिन्छ । गजलकारले आधुनिक गजलको संरचनालाई अँगालेर सिर्जना गर्नु भएको हुँदा यस सङ्ग्रहमा कतै प्रेम प्रणयका कुरा, कतै प्रकृति प्रेमका कुरा, कतै देश प्रतिकाे प्रेमका कुरा, कतै समाज र संस्कृतिका कुरा, कतै बाध्यताले विदेशीनुकाे पीडा, परदेशबाट आफ्नो गाउँ सम्झिँदै वियोगको आगो टेक्नु पर्ने एक विवश नेपाली श्रमिक अर्काको देशमा बाध्याताकाे आगो टेकेर जीवन बचाउन युद्ध लडिरहेको विषयको कुरा गर्नुहुन्छ । अनि कतै शृङ्गारका कुरा,कतै वीरका कुरा कतै करुणाका कुरा त कतै नेपाली राजनीतिक विखलताले सर्वसाधारण माथि थिचोमिचो भएको कुराप्रति आक्रोश व्यक्त गरेको कुरालाई गजल मार्फत प्रस्तुत गरेको देखिन्छ ।

त्यस्तै गरी गजलका संरचनाका विषयमा पनि  तखल्लुस एक ठाउँमा प्रयोग भएको छ अनि रदिफमा वाक्यात्मक र पदमूलक रदिफ गरी प्राय: दुई खाले रदिफ मात्र देख्न सकिन्छ । तैपनि गजललाई गजलकै ढाँचामा समय सापेक्ष सिर्जना गरी गजलकारले नेपाली गजल हस्ताक्षरमा परिचय दिनुभएको छ । गजलकार हाल केही वर्षयता देखि राेजगारकाे सिलसिलामा दक्षिण काेरियामा रहँदै आउनु भएको छ ।

गजलकारले वि.सं.२०६८ सालमा प्रथम पटक यस कृतिलाई पाठक सामु ल्याउनु भएको रहेछ यस हिसाबले सिर्जना क्षेत्रमा म भन्दा अगाडिकाे हुनुहुन्छ ।प्रवासिनु भन्दा अगाडि गजलकार धेरै मानिसहरूको सपनाको सहर व्यस्त काठमाडाैकाे बसाईले गजल सिर्जना तर्फ उत्प्रेरित भएको कुरा लेख्नु भएको छ ।गजल लेखिसके पछि पाठक सामु ल्याउन सर्माएकाे कुरा पनि लेख्नु भएको छ यसमा मलाई लाग्छ हामीले हामी सँग भएको प्रतिभालाई जब सम्म बाहिर निकाल्न कोसिस गरिन्न तब सम्म राम्रो, नराम्रो केही थाह हुन्न त्यसैले बाहिर निकाल्नु नै पर्दछ । त्यसकारण याे कृतिलाई बाहिर निकाल्न कोसिस गर्नु नै महानता हो । अझ भनाैं राेजगारीकाे सिलसिलामा रहँदा पनि व्यस्त समयको बाबजुद पनि याे “आगो टेक्छ योद्धा”लाई दोस्रो संस्करण गरी अझ परिमार्जन गरी पाठक सामु आउनु सबै भन्दा महानता हो । मिन्जाईलाई यस्तै अर्को कृति थप्न अवसर मिलिरहाेस् बधाई तथा शुभकामना ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...