तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
स्पष्टीकरण

हो राधा ! एउटा सिंगो युगको हिँडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु, जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएको छ र यहाँ म जडवत् उभिएको छु । बितेको त्यो युगभरि मलाई लाग्थ्यो— म एक्लै एउटा किरमिर गोरेटो छोड्दै हिँड्न लागेको छु र अनन्त–अनन्तसम्म त्यसरी नै हिँडिरहनेछु । तर, आज मेरो मन भन्छ— अब अघि बढ्ने कुरो बिर्सेर फेरि पछिफुर्सदमा
हिउँ

कालिञ्चोकको डाँडोमा सेताम्मे हिउँ झरे पछि तिमी त्यता फर्किएर भन्थेउ हिउँ कपास जस्तै हुन्छ । म सम्झन्थे फुपुले आसामबाट ल्याएकी आसामे पुरानो सिरकको मक्किएको खोल छेउ छेउबाट निस्किएको मैलिएको कपास म यसो छाम्थे हिउँ नरम हुने रहेछ । ….. तिमी सम्झदै भन्थेउ हिउँ फुर फुर झर्छ तातो हत्केलामा पर्ने बितिक्कै पग्लेर पानी बन्छ । ….. हिउँमा हिउँ मान्छेका पाइताला हुन्छन् छपक छपक बसेको ती कता जान्छन् कता घुम्छन् सबै देखिन्छन्फुर्सदमा
कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

प्रणय दिवसको अवसर पारेर फेब्रुअरी २३ तारिखका दिन कोरियाको राजधानी सउलको दोङ्देमुनमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाइहरुवीचको भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल वाचनमा गजलकार एईडेन छन्त्याल रहनेछन् भने मुक्तक वाचनमा मुक्तककार शुशील अर्याल रहनेछन् । साथमा अन्य सर्जकहरुको पनि गजल मुक्तक वाचनफुर्सदमा
डायस्पोरा ,भ्रम र यथार्थ

केहि दशक एता नेपाली साहित्यमा डायस्पोराको बहस,चर्चा हुँदै आएको छ। विशेष गरि कुनै काम विशेषले आफ्नो देश छोडेर अन्य मुलुकमा बसेकालाई डायस्पोरा भनिदै आएको छ। कुनै विषयमा बहस ,चर्चा हुनु बहुत राम्रो कुरा हो। बहसले मात्र निचोडमा पुग्न सकिन्छ। तर बहस विषय को वास्तविकता भन्दा फरक र तेस्को स्वरुपलाई नै बिगारेर गर्न थालियो भने पकै त्यो सान्दर्भिक हुदैन। आफ्नो देशलाई छोडेर रोजगारी ,पढाई वा अन्य विषेश कामले निस्चित समयवधिको लागिफुर्सदमा
कविता

ल्होछार च्याङबा थाहा छ कि छैन तिमिलाई गाउँ गाउँमा टोल टोलमा बस्ती बस्तीमा हरेक घर घरमा हर्ष, समृद्धि र एकताको कोसेली बोकेर तिम्रो आगनमा उभिएर हावाको बेगसंगै समयलाइ दौडाउदै फर्फराइरहेको पुरानो “लुङ्दार” को बाटो हुदै सुनौलो मिर्मिरेको किरण सँगै लुकामारी गर्दै आईपुगेको छ हाम्रो सोनाम ल्होछार । तिमिलाई थाहै छ च्याङबा पोहोर सालको ल्होछारले हामीलाई सम्झिएन या त हामीले सम्झेनौं समय आफ्नो नियममा चलेकै थियो कि त कुनै जालसाँझ हुनुपर्छफुर्सदमा
श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म

गजल/ श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म आफ्नै देश परिवारबाट बेचिएको मान्छे हु म सरकार न आफन्त गरि खावोस भन्दैन देशमा बाध्यताको लौरी देखाइ लखेटिएको मान्छे हु म देशलाई रिमिट्यान्स इच्छा पुरा घरको सबैको गर्दा पनि कुनै इतिहास नलेखिएको मान्छे हु म आफु डुब्दै आशुको भेलमा अरुलाई तार्न पारि रात दिन नभनि प्रदेशमा खटिएको मान्छे हु म देश परिवार सबै परजिबि भए पछि बर्षौ देखि सबैको भोकोफुर्सदमा
सत्यको खोजि

कविता/ म अझै, एउटा सत्य खोजिरहेछु, मृत्यु भन्दा अर्को ध्रुवसत्य। जन्म पनि त सत्य हो नि, अनि जन्माउने आमा भेट्छु,देख्छु र पाउँछु उत्तरहरु तर, भन्न सक्दिन यो नै सत्य हो भनेर, किन कि, यि सत्यहरु त सबैले भेटेका, देखेका र भोगेका सत्यहरु हुन। त्यसैले, अझै,सत्य खोजिरहेछु, मृत्यु भन्दा अर्को ध्रुवसत्य। लाग्छ, कहिलेकहीँ सत्यको पंत्तिमा म आफैलाई पनि भेट्दिन। भेटु पनि कसरि ? मेरो पर्यायवाची रक्सि हो भन्छन। तर, मदहोसिमा सत्यफुर्सदमा
३३किलो सुन

कविता/ देशको मुटुमा हजुर आमाको सपुत नाङ्गो नाच्दै गर्दा ग्लामरको उपमा पाएका भाग्यशाली मामा आलोचनाको आगोहरु दन्किन थाले पछी निभाउनमै ब्यस्त हुन थाले नदेखाउने कुरा देखाएपछि रहस्यहरु खोतल्दै गए पछी शन्काको हावा हुरिमा हुर हुर्ती आलोचनाको भ्वारो फैलिने नै भयो इज्जत मैलिने नै भयो गर्न नसक्ने कुरा गर्न सक्छु भन्दा सकिन भने झुण्डी मर्न सक्छु भन्दा उदाङ्गिने भयो नैतिकता गर्न नसक्दा मर्न नसक्दा खोला पारी तर्न नसक्दा हजुर आमाको सपुतहरुफुर्सदमा
झिल्को

सारा नगरमा यशोदानन्दको चर्चा चलिरहेको थियो । नगरमा मात्रै होइन, समस्त प्रान्तमा उनको कीर्ति गाइँदै थियो । विभिन्न अखबारमा उनका विषयमा टिप्पणी लेखिँदै थियो । मित्रहरूले प्रशंसा गर्दै पठाएका पत्रको लाम लागेको थियो । यो पो हो समाज सेवा ! उन्नत विचार भएका मानिसहरूले यस्तै गर्छन् ! यशोदानन्दले शिक्षित समुदायको मुख उज्जवल गरिदिएका थिए । ‘हाम्रा नेता केवल कुराका मात्रै धनी छन्, कामका धनी होइनन्’ भनेर अब कसले भन्ने साहसफुर्सदमा
फोटोमा

शंकाको पखेटामा उडिरहेछन् चराहरू अनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेर छपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछ किसिम-किसिमका पराई जहाजहरु समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन् जंगलले छोपिएको शीवपुरी डाँडो आँखा चिम्लेको बहाना गर्दै व्यारेक-बंकर मार्फत एसएलआरका प्वालबाट मानिसका हरेक चाल नियालिरहेछ चुच्चे फुलचोकी पर्वत कुनै पार्टीको धुर्त सदश्यझैँ दाउ हेरिरहेछ चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि दक्षिणतिर चुपचाप बसेको बनियाँ छिमेकीझैँ सब चाल चियाईरहेछ पत्तो छैन कुनबेला काठमाण्डूले मुलुकलाई कुन भीरमाफुर्सदमा