तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
लाहुरेको यात्रासंस्मरण

एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे । अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छफुर्सदमा
आजको मौसम

आजको मौसम संयोग होला म यो अपरिचित भुगोलमा सिङ्गो देशको बिम्बहरु प्रतिबिम्बित भएको देखिरहेछु जस्तो पुर्व राजाको झै पश्चात्तापले डसेको यो दिनको अनुहार कलिलो नानिहरुको जीवन चुँड्ने बलात्कारि झै कुमारी बादलको हाईमेन भंग गरेर बिजयको उत्सव मनाई हिडने ब्याभिचारी बतास अन्तिम बिदाईमा झरेको प्रेमिकाको आँसु झै आकाशको एकोहोरो वर्षात नेताहरुको समृद्धि नारा जस्तै धमिलो र फोहोर बगिरहेको खहरे खोल्साको भेल घाइते योद्धाको अतीत जस्तै चट्याङको संगीन यो आवाज वृद्ध बा-फुर्सदमा
मान्छे र घाम

अंकुसेले तानी झारेर घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम ओई घाम, अलिक चाँडो हिँड्! मलाई तेरो रापले भत्भती पोल्यो। बिहान उदायो बेलुका अस्तायो रातभर हरायो तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र? तँ पो सधैँ एकै दिशा हिँड्छस् र पो सजिलो होला तेरो यात्रा तेरो त राजमार्गको यात्रा छ मान्छेले त आफ्नो बाटो आफै बनाउँदै हिँड्नुपर्छ। मेरो त जति बनाउँदै जान्छु उति मेटिँदै आउँछ बाटो ओई घाम, मफुर्सदमा
तीन लधु कथा

(१) व्यापारी एक व्यक्तिले जीवनभर कपडाको व्यापार गर्याे र ऊ सफल पनि भयो । ऊ ७८ वर्षको भइसकेको थियो । उसका दुवै छोराले कारोबार राम्रैगरी सम्हालिरहेका थिए तर ऊ जहिले पनि पसल आएर सबै कुरामा हस्तक्षेप गरिरहन्थ्यो । उसलाई अझै नाफा कमाउने लालसा थियो ।बुवाको व्यवहारबाट आजित भएपछि छोराहरूले पारिवारिक पण्डितलाई बोलाएर आग्रह गरे, “धेरै पैसा कमाउने लोभबाट बुवा बिरामीजस्तो हुनुभयो । उहाँलाई वर्षभरि तीर्थ घुमाउन लैजानुप¥यो तपाईंले । कमसेकमफुर्सदमा
आशान्वित बाटोहरु

उन्माद वयस्क फूलहरु घुट्क पिऊछ प्रेमरस झुम्म अझै अनेकन जहरको कोक्टेल पिएर कुर्नु छ तिमीलाई उहि एक अविच्छिन्न दिन सम्म प्रतिक्षाले थाक्दै नथाक्ने आँखाहरु छन् मसँग अनगिन्ति दिनहरु टोलाएर पर्खि रहने छु लुक्दै म एउटा अवैध प्रेमी अनेकौं वृक्षको हाँगा हाँगामा लम्काएर हात कुनै दिन चुडाएर दिन सकु सुनखरी फुलहरु भर्लाको लहरामा जोडि पंछि जस्तै पिङ खेल्दै खेल्दै खोई कुन दिन ? बतास सँग जिस्किने वयस्क पातहरु देखाएर दुई चारफुर्सदमा
लेख्न नसकिएको कविता

मैले लेख्न नसकेको कविताको शीर्षक हो बलात्कार मैले पढ्न नसकेको समाचारको हेडलाईन हो बलात्कार र मैले उच्चारण गर्दा गर्दै जिब्रो लट्पटिएको शब्द हो बलात्कार उ पनि मान्छे उनी पनि मान्छे एउटा मान्छेले, अर्को मान्छेलाई बलात्कार गर्यो र घाँटि निमोठेर मार्यो यो कुन ठुलो कुरा हो र?? तर यो खबर अाम् मान्छेहरुले किन सुन्न सक्दैनन् ? कविहरुले बिषय बनाएर किन कविता लेख्न सक्दैनन्? छोरीहरु किन घरबाट निस्किन डराउँछन्? अामाहरु किन छाेरीकाेफुर्सदमा
एउटा सुगाको कथा

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर, उसलाई नियम–कानुनबारे पटक्कै थाहा थिएन । एकदिन राजाले सोचे— यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटामात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभावमात्रै सिर्जना गरिदिन्छ ।फुर्सदमा
युगको नयाँ बिनिर्माण

शताब्दी औं भैसक्यो इतिहाँस ढलेको ओढेर आफ्नै सभ्यताको खोल कतिन्जेल सुतिरहन्छौ ओ आदिम भूइमान्छे हो उठ अब,गिज्याइरहेको छ इतिहाँसको पानाहरुले हिँड्नु छ, पुर्खाहरुले हिँड्न सिकाएको बाटो खोज्नु छ, पुर्खाहरुको मेटिएको इतिहाँस उभ्याउनु छ, अस्तित्वको पुर्ण धरहरा र कोर्नु छ, युगको नयाँ इतिहाँस ।। उहिले उहिले यो धरतीको सृष्टि गरेर पोरोक्मी याम्फामी यहीँ फक्ताङलुङको काखमा उत्रिए र मानवलोकको सृष्टि गरे त्यो नै थियो मानव सभ्यताको सबैभन्दा जेठो समाज तिमी त्यहीँ सभ्यताकोफुर्सदमा
मरुभुमीमा गोठालो

यही बेलामा डुली हिड्ने लक्ष्मी हाम्रोमा पनि आउने आशामा आमा राँके बजारबाट रंग ल्याउँथिन रंगोली बनाउँथिन् भलै ठूला घरे साहुको जस्तो हुन्नथ्यो भए पनि आफ्नो ल्याकतको थियो । साना साना पाइला पनि थिए घर भित्रै सम्म बनाइएका लक्ष्मी आउन बाटो धन दौलत, सुन चाँदी भए पो एकै ठाउँमा राखेर पुजा गर्नु ? सापट लिएका दुई चार सय न थियो त्यही पैसा र आमाबाको बेको बेला दाइजोमा ल्याको तामाको खड्कुँलो पुजाफुर्सदमा
मखमली सम्झना

…घुमाउथिन् आमाले आफ्नै जीवनको ढिकीमा कुटेर बनाकाे पिठोकाे फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धान झुलेर खेतका गह्राहरु मास पाकेर आलीहरु रमाउदै गर्दा उसो त बारीका कान्लाहरु, आगन डिलहरुलाई हसाइरहेका हुन्थे फुलेका ति सयपत्री, गोदावरी, मखमलीहरुले । यतिबेला कता पुगिन् होली भट्याउदै जीवनको भैलेनीहरु? हो उनीहरुलाई नै पछ्याउन मन छ त्यही गोरेटोहरुमा औंशीको रातमा बल्ने ती उज्याला सलेदो वाला कुपिहरुले बोलाएका दिपावलीमा फेरी रम्ने मन छ त्यत्रै भएर,फुर्सदमा