Advertisement
SKIP THIS

कोरियामा ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन


कोरियामा “आदिवासी जर्नल एवम स्मारिका २०२५ ” विमोचन भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा जुलाई २७ तारिख प्रमुख अतिथी नेपाली दूतावसका राजदूत डा शिवमाया तुम्बाहाङ्फेको बाहुलीबाट पुस्तक सार्वजनिक गरिएको थियो। यस पुस्तकलाई नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रकाशन गरेको हो।

प्रमुख अतिथी डा तुम्बाहाङ्फेले पुस्तक निकै उत्कृष्ट रहेको बताएकि थिइन्। सरसर्ती हेर्दा पुस्तकमा आदिवासीका गहन विषयवस्तु समेटिएको उल्लेख गर्दै अनुकरणीय काम गरेकोमा संस्थालाई बधाई तथा धन्यवाद व्यक्त गरेकि थिइन्। साथै उनले हामीले समस्या औँल्याएर पन्छिनुभन्दा छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिँदै आक्रोशमा आउन नहुने बताएकि थिइन्।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्न, नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न पुस्तक प्रकाशन गरिएको अध्यक्ष विशन राईले बताएका छन्। साथै आदिवासी जनजातिहरुको सन्दर्भमा विभिन्न खोज अनुसन्धानात्मक लेख रचनाहरुलाइ समेटदै पुस्तक प्रकाशन गरिएको र सहयोगी सम्पूर्णलाई पुस्तक प्रकाशन संयोजक शुभराज बोम्जनले धन्यवाद व्यक्त गरेका छन्।

पुस्तक प्रकाशनमा सहयोग गर्ने प्रायोजक, मिडियाकर्मी, लेखक साहित्यकार एवम स्मारिक प्रकासन समितिमा आवद्ध व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो। यसैगरी विश्व आदिवासी कविता प्रतियोगिताको सान्त्वन्ना विजयी कवि विजयिता भण्डारीलाई सम्मान पत्र एवम एक लाख वन पुरस्कार प्रदान गरिएको थियो।

उक्त जर्नल को विमोचन एवं सार्वजनिक विमर्श कार्यक्रममा कोरियामा क्रियाशील संघ संस्था,राजनीतिक दल बुद्धिजीवी ,व्यावसायि,पत्रकार, बिद्यार्थी लगायत नेपालीहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...