तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन

कोरियामा “आदिवासी जर्नल एवम स्मारिका २०२५ ” विमोचन भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा जुलाई २७ तारिख प्रमुख अतिथी नेपाली दूतावसका राजदूत डा शिवमाया तुम्बाहाङ्फेको बाहुलीबाट पुस्तक सार्वजनिक गरिएको थियो। यस पुस्तकलाई नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रकाशन गरेको हो। प्रमुख अतिथी डा तुम्बाहाङ्फेले पुस्तक निकै उत्कृष्ट रहेको बताएकि थिइन्। सरसर्ती हेर्दा पुस्तकमा आदिवासीका गहन विषयवस्तु समेटिएको उल्लेख गर्दै अनुकरणीय काम गरेकोमा संस्थालाई बधाई तथा धन्यवाद व्यक्तफुर्सदमा
किरात राई यायोक्खा गजेदो शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा राज राई

किरात राई यायोक्खा, दक्षिण कोरिया गजेदो शाखाको आठौँ अधिवेशनबाट राज राई सर्वसम्मत चयन भएका छन्। जुलाई २७ तारिख सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अधिवेशनले उपाध्यक्षमा उमेश राई, भिमराज राई, र मन्दिप हाङ्बाङ् राईलाई चयन गरेका छन्। भने अमर राईलाई सचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सह सचिव – बिकिहाङ राई चयन हुँदा कोषाध्यक्ष – सुरेश राई चयन भएका छन्। समितिको सह कोषाध्यक्षमा – धनकुमार राईलाई चुनिएकोफुर्सदमा
नेपाल मगर संघ कोरियाको १२ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर

नेपाल मगर संघ, दक्षिण कोरियाको १२औं अधिवेशन सम्पन्न भएको छ। जुलाई २० तारिख दोङ्देमुन स्थित नेपाली थाईको हलमा सम्पन्न अधिवेशनले अञ्जन थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नबिन काला मगरको संयोजकत्वमा मिना थापा मगर, टेक पुन मगर, चन्द्र राना मगर र दयाराम राना मगर सद्स्य रहेको निर्वाचन मण्डलले ३१ सद्स्यीय कार्यसमिति गठन गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्य रहेको थियो। नयाँ समितीलाई निर्वाचनफुर्सदमा
‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा

कोरियामा “आदिवासी जर्नल एवम स्मारिका ” विमोचन हुने भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा जुलाई २७ तारिख आइतवार दिनको १२ बजे पुस्तक सार्वजनिक गरिने आयोजकले जनाएको छ। यस पुस्तकलाई नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रकाशन गरेको हो। नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्न, नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न पुस्तकफुर्सदमा
चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न

किरात याक्थुङ चुम्लुङ कोरियाले केलाङ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सुवन स्थित उरी हिमालयन सभा हलमा आयोजित समापन कार्यक्रममा प्रशिक्षक एवम प्रशिक्षार्थीहरुलाई सम्मान साथै प्रमाणपत्र वितरण गरिएको थियो। अप्रील २७ देखि जुन १५ सम्म सुवन स्थित भेटघाट रेस्टुरेण्टको सभाहलमा हरेक आइतवार प्रशिक्षण सञ्चालन भएको थियो। पहिलो चरणको प्रशिक्षण सफल भएसँगै चुम्लुङ कोरियाले आगामी दिनमा फेरी प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष विनोद सौदेनले बताएका छन्। प्रवासमा पनि आफ्नो संस्कार सँकृतिलाई जोगाउनफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरियाद्वारा भुमे पूजा तथा वनभोज कार्यक्रम गर्ने

दक्षिण कोरिया, २६ मे २०२५ – नेपाल मगर संघ दक्षिण कोरियाले आउँदो जुन १४ र १५, २०२५मा भुमे पूजा तथा वृहत वनभोज कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। संघका सम्पूर्ण शाखाहरूको सहभागिता र थेगु शाखाको मुख्य व्यवस्थापनमा हुने यो कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी मेलमिलाप र मगर समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्य राखेको जनाएको छ। मगर संघ थेगु शाखाकी अध्यक्ष दिक्षा मगरले कार्यक्रमको मुख्य उद्देश्य बारे जानकारीफुर्सदमा
कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो

किरात राई यायोक्खा दक्षिण कोरियाले आइतवार सुवनमा साकेला मनाएको छ। कोरियाको ऐतिहासिक स्थल ह्वासमूनको पार्कमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुजारी लोचन राईले आफ्नो परम्परा अनुसार पूजा अनुष्ठान गरेर साकेला नाच सुरु गरेका थिए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङले केलाङ समेत प्रस्तुत गरेको थियो। साकेला मनाउनको निम्ति कोरियाकोविभिन्न स्थानबाट नेपाली समुदाय उल्लेख्य रुपमा उपस्थित भएका थिए। साकेला नाचको साथमा राई समुदायकोफुर्सदमा
घेदुङ जेजु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बिमल तामाङ

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको तेस्रो अधिवेशन जेजुस्थित केसिटियु हलमा भव्य रूपमा सम्पन्न भएको छ । साथै शनिबार भएको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ नेतृत्वको अध्यक्षमा बिमल तामाङ निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा उपाध्यक्षमा गङ्गा ब्लोन चयन भएका छन् । महिला उपाध्यक्षको जिम्मेवारी रिचा ब्लोनले पाएकी छन् । महासचिवमा प्रतिक तामाङ चुनिएका छन् भने सचिव पदमा बिमान सिहं तामाङफुर्सदमा
कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक

नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जालफुर्सदमा
विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक मे १८ तारिख आइतवार साँझ ९:३० बजे जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा प्रकाशन गरिने संयोजक शुभराज बोम्जनले जानकारी गराएका छन्। प्रतियोगितामा प्रथम हुनेले ५ लाख वन द्वितिय हुनेले ३ लाख वन र तेस्रो हुनेले २ लाख वन प्राप्त गर्नेछन भने ३ जना सान्त्वना हुनेले १/१ लाख वन प्राप्त गर्नेछन्। केहि महिना अघिदेखिफुर्सदमा