तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन


गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि ३३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।

संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै अपनत्व महसूस हुने गरि तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै अझ संस्थाको मजबुतिको लागि एकता अपरिहार्यता रहेकाे तर्क अघि सारे । संस्थाले आयोजना गर्ने सामाजिक कार्य र तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा अधिवेशन अवधिसम्म टेवा पुर्याउने सहयोगी संघसंस्था र व्यक्तित्वहरुमा शाखा अध्यक्ष कर्ण गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।

विशेष अतिथिको रुपमा उपस्थित आयोजक संस्थाका संरक्षक गोपाल गुरुङ, केन्द्रीय सल्लाहकार बुद्धि गुरुङ, संस्थाका केन्द्रीय महासचिव सन्तोष गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङ, तमू धीं थेगु शाखाका अध्यक्ष गणेश गुरुङ, तमू धीं छेजुदो शाखाका अध्यक्ष निरु गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई लगायत अन्य व्यक्तित्वहरु उपस्थित थिए भने अतिथिहरुमा तमू धीं दक्षिण कोरियाका सञ्चार विभाग प्रमुख बोम्जन गुरुङ, सोही संस्थाका केन्द्रीय सदस्यद्धय रेशम गुरुङ र दुर्गा गुरुङ, एनसीसी बुसान अध्यक्ष संगीत अधिकारी, स्याङ्जा परिवार किम्हे बुसान शाखाका अध्यक्ष आशिष रानाभाट, ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले संस्थाप्रतिको आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत गोपाल गुरुङको संयोजकत्वमा परी गुरुङ र रुपा गुरुङ सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा गितासिंह गुरुङ (बिक्रम), उपाध्यक्षहरुमा मोहन गुरुङ, प्रवेश गुरुङ, सन्तोष गुरुङ र उपाध्यक्ष कमला घले चयन भएका छन् भने सचिव हेमन्त गुरुङ, सहसचिवहरुमा तेजु गुरुङ, आशा गुरुङ र रेशम गुरुङ साथै कोषाध्यक्ष जीवन गुरुङ, सहकोषाध्यक्ष उमामी गुरुङ चयन भएका छन् भने सदस्यहरुमा राधा गुरुङ, जीवन गुरुङ, पार्वती गुरुङ, विजय गुरुङ, चिम गुरुङ, जंग गुरुङ, सरिता गुरुङ, सुनिल गुरुङ, प्रिती गुरुङ, रबिन गुरुङ, अमर गुरुङ, सूर्य गुरुङ, कर्ण गुरुङ, जुना गुरुङ, प्रविण गुरुङ, याद गुरुङ, राजेश गुरुङ, अञ्जु गुरुङ, कबिन गुरुङ, सारा गुरुङ, किरण गुरुङ र ज्योती गुरुङ गरी तेश्रो कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा शाखा संस्थाका सचिव सन्तोष गुरुङ र बन्द सत्रमा केन्द्रीय महासचिव सन्तोष गुरुङको विशेष सहजीकरणसँगै संस्थाका संरक्षक गोपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थागत क्रियाकलापहरुमा विशेष सहयोग र योगदान पुर्याएबापत लेसन गुरुङ, बोम्जन गुरुङ र फिलिप गुरुङ सहित विघटन गरिएका दोश्रो कार्यसमितिलाई सोही समारोहका विच सम्मान कार्यक्रम समेत जोडिएको थियाे । अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर तेश्रो अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने संस्थाका केन्द्रीय समिति, थेगु शाखा, छेजुदो शाखाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...