Advertisement
SKIP THIS

किम्हेमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशन मार्च १९ मा हुने


गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो दोश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경상남도 김해시 가락로 37 번길 5) हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।

सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको शाखा अध्यक्ष कर्ण गुरुङले बताए । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै कोरियामा आफ्नो जातीय अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको तर्क सोही शाखाका सचिव सन्तोष गुरुङले स्पष्ट पारे ।

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा तेश्रो अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण संस्था सम्बद्ध शुभचिन्तक, ख्यङ्साङ् क्षेत्रका विभिन्न संघसंस्था साथै कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय सहभागिताका लागि आयोजक संस्थाले अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...