Bomjan Gurung
बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने

“प्रवासी भूमिमा बाग्लुडेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन यही आउँदो डिसेम्बर ८ मा सुवनको (경기 수원시 팔달구 매산로 6-2 पाँचौ तल्ला) कामना हलमा हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध बागलुङ्गे तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बागलुङ समाजको दशौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएकोफुर्सदमा
शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने

स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा आउँदो डिसेम्बर २९ मा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ख्यांगीदो ह्वासङ ओसानको (경기 화성시 발안로 1191-8 민턴랩 배드민턴 아카데미) मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । विगतमा थुप्रै अन्य सामाजिक, साँस्कृतिक र खेलकूद कार्यक्रमको आयोजना गरिएको भएपनि यसपटक स्याङ्जा परिवारले पहिलो पटक “प्रथम डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता” आयोजना गरेको र उक्त प्रतियोगिताबाट भएको मुनाफाबाट अक्षय कोष स्थापना गरी गृहजिल्ला स्याङ्जाको सामुदायिक विद्यालयबाट प्रत्येक वर्ष एसईई परीक्षामा सर्वोकृष्ट हुने दुईजना (छात्राछात्र) लाई सम्मानपूर्वक पुरस्कृत गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सुशिल गुरुङलेफुर्सदमा
कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक

नेपाली आधुनिक गीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले “तिम्रो मेरो सम्बन्ध” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको “टीम बुलेट” को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् । “जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनि तर कुनै कुनै सम्बन्ध यस्तो हुने रै’छ कि जसलाई बुझ्न र बुझाउन निकै गार्हो हुने भाव गीत मार्फत् प्रष्ट झल्किन्छफुर्सदमा
मुनेश थापा मगरद्धारा आरुपाटा स्थित विद्यालयलाई “शैक्षिक सामाग्री” सहयोग

स्याङ्जाको वालिङ नगरपालिका वडा नंं. ५ स्थित एक एक आधारभूत सामुदायिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी मुनेश थापा मगरले शैक्षिक सामाग्री सहयोग गरेका छन् । श्री कन्या आधारभूत विद्यालयमा अध्ययनरत करिब ३६ जना प्रत्येक विद्यार्थीहरुलाई विद्यालयमा आवश्यक पर्ने कापी, कलम लगायतका सामाग्री सहित १० मंसिरका दिन सोही विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक सुमिता गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सँगै विद्यार्थीको हौसला र पढाईप्रति जागरुकता जगाउन गरिएको सहयोगप्रति प्रशंसा गर्दै सहयोगी मुनेश थापा प्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गरिन् । विद्यालय व्यवस्थापनफुर्सदमा
दक्षिण कोरियामा “खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता” हुने

डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्ने भएको छ । कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको हो । संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने कवितालाई क्रमश: ३ लाख वन, २ लाख वन र १फुर्सदमा
दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक पहिचान, भाषा – भेषभूषा, संस्कार – सँस्कृति तथा परम्परालाई संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने भएको हो । संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेकोफुर्सदमा
स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो । ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त एलादी गाउँ र आसपासको क्षेत्रमा मेलाले गाउँको आर्थिक, सामाजिक पक्षमा मात्र नभई मौलिक तथा साँस्कृतिकफुर्सदमा
तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने

कोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, तमू जातिको संक्षिप्त परिचय, परम्परा, भेषभूषा तथा जीवनशैली, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासीफुर्सदमा
बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग

कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो कोषको पाँच लाख कोरियन वोन बिरामीको खातामा सिधा ट्रान्सफर गरिएको हो । सन् २०१३ मा GKS मार्फत बिद्यार्थी भिसामा दक्षिण कोरियामा आएकी रिया जटिल स्वास्थ्य समस्याका बाबजुद पनि केहि बर्ष आफ्नो र घरपरिवारको खर्चमा उपचार गराईरहेकी उनलाई पटक-पटकको शल्यक्रिया र औषधि उपचारको लामो प्रक्रियाले चरम आर्थिक अभावमा धकेलेपछि सहयोगकोफुर्सदमा
“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै

मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्री गाउँपालिका- ७ गोररखाको आयोजनामा काठमाण्डौमा हुन लागेको हो। यस भिडियोको गीतमा छाङ लामाको रचना , राजु थापाको संगीत,सन्दिप कार्कीको एरेन्जफुर्सदमा