Bomjan Gurung
कोरियाको किम्हेमा ख्यङ्साङ्नाम्दो कप फुटसल प्रतियोगिता आउँदो जून १९ तारिकमा हुने

कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आउँदो जून १९ तारिक ख्यङ्साङ्नाम्दो फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरोनाको संक्रमणमा नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेलको मनोरञ्जनसँगै कोरियामा रहेका नेपालीहरु विचको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले किम्हे सहरमा अवस्थित खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कर्ण गुरुङले बताए । प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । दुई सेमिफाईनलिष्ट टिमलाई ३/३ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदानफुर्सदमा
कोरियाको किम्हेमा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” हुने

कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाको आयोजनामा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” हुने भएको छ । आउँदो जून १२ तारिक किम्हे लुम्बिनी रेष्टुरेन्टको एक हलमा सो प्रतियोगिता हुन लागेको हो । कोरोना संक्रमणको नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष कमल अर्यालले बताए । आउँदो जून ०१ देखि दर्ता प्रक्रिया शुरु हुने र खेलाडीलाई प्रवेश शुल्क स्वरुप साठी हजार कोरियन वोन निर्धारण गरिएको प्रतियोगिताको संयोजक राजकुमार आले “प्रिन्स”ले जानकारी दिएका छन् । सो शुल्कसँगै एक सेटफुर्सदमा
नेपाल मगर संघ द. कोरियाको वार्षिक साधारण सभा मे १५ मा हुने

कोरिया स्थित नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको वार्षिक साधारण सभा यही मे महिनाको १५ तारिक हुने भएको छ । संघको दशौं कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले उक्त साधारण सभा सउल स्थित NRNA को सभा हल जोङ्गाकमा गर्ने भएको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथाफुर्सदमा
कोरियाको थेगुमा खुल्ला भलिबल प्रतियोगिता आउँदो जून १९ मा हुने

कोरियाको दक्षिणी भेग थेगु स्थितको स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले आउँदो जून १९ तारिक दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । “स्वस्थ जीवनको लागी खेल” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहरको कुजी खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष मित्र मगरले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्राप्त गर्नेछन् भने एक उत्कृष्ट खेलाडीले नगद आकर्षक ट्रफीफुर्सदमा
कोरियास्थित पाँच संघसंस्थाद्धारा नेपाली तेक्वान्दो खेलाडीहरु सम्मानित

दक्षिण कोरियामा आयोजना हुन गईरहेको विश्व अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिपका लागी कोरिया आएका राष्ट्रिय तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन् । गत शनिबार दोङ्देमुन सउलस्थित एभरेष्ट करी वर्ल्ड रेष्टुरेण्टमा कोरियामा स्थापित पाँच संघसंस्था एनआरएनए, चितवन सम्पर्क समिति, तमू धीं, किराँत याक्थुङ चुम्लुङ र अर्घाखाँची सम्पर्क मञ्चद्धारा सामूहिक स्वागत तथा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षक रोशन खानको नेतृत्वमा कोरिया प्रवेश गरेका १३औं साग खेलकुद २०१९ स्वर्ण पदक विजेताहरु पार्वती गुरुङ र कमल श्रेष्ठ, काँस्य पदक विजेता प्रेम बहादुर लिम्बु र राष्ट्रिय स्वर्ण पदक विजेता अब्बास अन्सारीको समूह कोरियाको गोयाङफुर्सदमा
कोरियाको थेगुमा प्रथम तमू धीं कप फुटसल प्रतियोगिता आउँदो मे १ तारिकमा हुने

कोरियाको दक्षिणी भेग थेगुस्थित तमू धीं थेगु शाखाले आउँदो मे १ तारिक प्रथम तमू धीं कप फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपालीहरुको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहर नजिकैको खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश गुरुङले बताए । प्रतियोगितामा विजेता टिमले २५ लाख कोरियन वोन सहित कप, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद ५०,००० वोन सहित प्रमाण पत्र प्राप्त गर्नेछन्फुर्सदमा
वन्जु मुन्माक मैत्री समाज द. कोरियाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा बिष्णु खत्री

दक्षिण कोरियामा सयभन्दा बढी संघसंस्था र संगठनका विच वन्जु मुन्माक मैत्री समाज नामक संस्थाको उदय भएको छ । कोरियाको उत्तरी भेग अन्तर्गतको ख्वङ्वन्दो, वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै विष्णु खत्रीको नेतृत्व रहने गरि गत आइतबार संस्थाको १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित यही १७ अप्रिलमा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको हो ।संस्थाले ख्वङ्वन्दो, वन्जु र मुन्माक क्षेत्रभित्र पायक पर्ने गरि सेल्टर स्थापना गर्ने र सोफुर्सदमा
रुप गुरुङले चुमे लुम्बिनी लिग पूल टुर्नामेन्टको उपाधी

कोरियामा रहेको ख्वाङ्ग्वेन पूल क्लब (GPC)ले आयोजना गरेको लुम्बिनी लिग पूल टुर्नामेन्टको उपाधी रुप गुरुङले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी पासाङ शेर्पालाई फाईनलमा ६-५ सेटको अग्रता लिदै पाखा लगाएका गुरुङले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् । सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न सफल पासाङ शेर्पाले दश लाख वोन सहित ट्रफी प्राप्त गरे भने तेश्रो स्थान हासिल गरेका शिव लिम्बुले पाँच लाख वोन सहित मेडलमा चित्त बुझाए । प्रतियोगिता भरी जिवन सिङ्जाली मगर उत्कृष्ट खेलाडी घोषित हुँदै आकर्षक ट्रफीफुर्सदमा
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

“समृद्ध स्याङ्जाको लागि विश्व अभियान” भन्ने विशाल अभियानका साथ स्थापित विश्वभरका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाली नयाँ वर्ष बि.सं.२०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टुकराज अर्यालको अध्यक्षता तथा प्रा. डा. दिलबहादुर क्षेत्रीको प्रमुख आतिथ्य एवं विभिन्न विशिष्ट व्यक्तित्व, समाजका संरक्षक, सल्लाहकार वर्तमान एवं पूर्व कार्यसमिति पदाधिकारीको उपस्थितिमा स्याङ्जा स्थित संस्थाको केन्द्रीय कार्यालय पुतलीबजारमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. दिलबहादुर क्षेत्त्रीद्धारा दिप प्रज्वलन र ब्यानर अनावरण गरी कार्यक्रम उद्घाटन गरेकाफुर्सदमा
छङ्ऊप नेपाली एकता समाजको नयाँ कार्यसमिति गठन, यही अप्रिल १७ मा फुटबल प्रतियोगिता गर्ने

कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने छङ्ऊप, थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै सन् २०२० मा स्थापना भएको “छङ्ऊप नेपाली एकता समाज” ले नयाँबर्ष २०७९ को उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । यही अप्रिल १७ मा नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम र Jeongeup Nepalese Football Club (JNFC) सँग सहकार्य गरी 9A साईड फुटबल प्रतियोगिता गर्ने भएको हो । संस्थापक अध्यक्ष रुबिन रेग्मी र्यापर रहेको संस्थाले आफ्नो विधान अनुसार दुई वर्षमा अधिवेशन गरी राम थापा मगर अध्यक्ष रहने गरी नयाँ कार्यसमितिफुर्सदमा