Advertisement
SKIP THIS

कोरियास्थित पाँच संघसंस्थाद्धारा नेपाली तेक्वान्दो खेलाडीहरु सम्मानित


दक्षिण कोरियामा आयोजना हुन गईरहेको विश्व अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिपका लागी कोरिया आएका राष्ट्रिय तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन् । गत शनिबार दोङ्देमुन सउलस्थित एभरेष्ट करी वर्ल्ड रेष्टुरेण्टमा कोरियामा स्थापित पाँच संघसंस्था एनआरएनए, चितवन सम्पर्क समिति, तमू धीं, किराँत याक्थुङ चुम्लुङ र अर्घाखाँची सम्पर्क मञ्चद्धारा सामूहिक स्वागत तथा सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद प्रशिक्षक रोशन खानको नेतृत्वमा कोरिया प्रवेश गरेका १३औं साग खेलकुद २०१९ स्वर्ण पदक विजेताहरु पार्वती गुरुङ र कमल श्रेष्ठ, काँस्य पदक विजेता प्रेम बहादुर लिम्बु र राष्ट्रिय स्वर्ण पदक विजेता अब्बास अन्सारीको समूह कोरियाको गोयाङ शहरमा हुन गईरहेको विश्व अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएका हुन् ।

तमू धीं दक्षिण कोरियाका केन्द्रीय महासचिव सन्तोष गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रमुख आतिथ्यता एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दीपक पुनले गरेका थिए । विशेष अतिथिहरुमा तमू धीं द. कोरियाका निवर्तमान अध्यक्ष जीत गुरुङ, किराँत याक्थुङ चुम्लुङ द. कोरियाका संरक्षक शमशेर लिम्बु र अर्घाखाँची सम्पर्क मञ्च द. कोरियाका अध्यक्ष विश्व खनाल लगायतले सम्पूर्ण खेलाडीहरु राष्ट्रकै गौरवसँग जोडिएको बताउँदै खेल जीवनको सफलताको शुभकामना सहित आ-आफ्नो धारणा व्यक्त गरेका थिए । चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तानको सभाध्यक्ष रहेको सो स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन सोही संस्थाका वरिष्ठ उपाध्यक्ष सागर सापकोटाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...